Archive for December, 2011

के नर्क वास्तवमा छ?

Monday, December 19th, 2011

मानिसहरुलाई स्वर्गको वास्तविकतामाथि विश्वास गर्न सजिलो हुन्छ तर छुट्टिएका आत्माहरु बस्ने नर्कको वास्तविकतालाई भने ध्यान दिँदैनन् । नर्क संसारको निकै विवादित विषयहरु मध्ये हो जसको बारेमा मानिसहरु कुरा गर्न पनि चाहँदैनन् र गम्भीर रुपमा कुरा गर्दा सन्देहहरु पैदा हुन्छन् । नर्कलाई नकरात्मक रुपमा हेर्ने र व्यक्तिगत भन्दा अरु धारणाले हेर्न गाह्र्रो मान्नुको कारण आफ्नो प्रतिरक्षाकोलागि हो र यो फरक विचारधाराले गर्दा आउँछ ।

कोही मानिसहरु नर्ककोबारेमा कुरा गर्दा निर्दोषपनाको खेल खेल्छन् जसरी स्कुल्जले होगनका नायकहरुमा भन्छ “मलाई केही थाह छैन”जब उसको काम असली ज्ञान दिनु थियो । तर उसको कथनबाट उसले यथार्थलाई नस्वीकारेर ऊ आफ्नो कर्तव्यबाट भागेको जस्तो देखियो । यस्तो गरेर नत उसले परमेश्वरको आज्ञा मान्यो नत उसले परमेश्वरको माफी नै पायो ।

अर्को समूहको मानिसहरु जसलाई वास्तविकता थाह छ तिनीहरुले चाहीँ बाइबलीय इसाईसँग सम्बन्धित कुराहरुलाई आफूभन्दा टाढा राख्दछ । यो तिनीहरुकोलागि अपरिहार्य सत्यबाट भाग्ने अस्थायी तरिका हो । तपाईं आजका ती ठीटाहरुलाई हेर्न सक्नुहुन्छ जो टि.भीमा पापको बारेमा भनिराखेको धार्मिक कार्यक्रम आउँदा कसरी तड्पिएर च्यानल बदलिदिन्छन् । यो हेर्दा तिनीहरुले रिमोट चलाउन सबैभन्दा तेज को छ भनेर खेल खेलेको जस्तो लाग्छ ।

पाप र न्यायको कुरा गर्दा चेतावनी दिने संकेतहरु हुन्छन् जसले परमेश्वरप्रति हाम्रो चेतना जगाउन स्पष्ट सूचना दिन्छन् र सदाकोलागि हुने दन्डबारे हामीलाई सचेत गराइदिन्छन्  रोमी २:१४–१६, १ यहुन्ना ४:१८ ।

त्यो सूचनालाई हामीले त्यसको मापदण्ड नबुझी त्यसबाट भाग्नसक्छौँ अथवा रिसाएर त्यसलाई कोठाबाट बाहिर फाल्नसक्छौं तर यसले यो वास्तविकता त परिवर्तन गर्दैन कि अब जाग्ने समय भइसकेको छ ।

यो सूचनाले घन्टी बज्ने घडीजस्तै हाम्रो चेतनालाई हाम्रो आचरन र हाम्रो सदाको नियतीप्रति हामीलाई जगाउन खोज्छ । यो जागरणलाई हामीले अज्ञानता अथवा जिद्दीले गर्दा ध्यान दिँदैनौं अथवा दिन चाहन्नौं तर यो आवाज तबसम्म चूप लाग्दैन जबसम्म हामी जीवनको वास्तविकतातिर जाग्दैनौं । मानिसहरुलाई बाइबलले भनेको नर्कलाई नसकिने यातनाको डरलाग्दो ठाउँको रुपमा बुझ्न गाह्रो भएको कारण उनीहरु नर्कको आफ्नै वास्तविकता बनाउँछन् ।

धेरैले त नर्कको विचार नै आफ्नो मस्तिष्कबाट हटाइदिएका छन् । उनीहरु सोच्छन् कि नर्कमा शैतान र खराब आत्माहरु बस्छन् अनि हाम्रा समाजका हिटलरहरु बस्छन् । अझ कोही त नर्कलाई एक ठूलो महोत्सवको रुपमा पनि लिन्छन् । कसैले भने नर्कलाई कम गम्भीर रुपमा मृत्युपछिको शुद्ध गर्ने स्थान अथवा पूर्ण रुपमा विनाश गर्ने स्थानको रुपमा लिन्छन् ।

मैले हाल मात्र हेरेको एक कार्यक्रममा स्वर्ग र नर्कको बारेमा बताइएको थियो जुन मृत्यु नजिक पुगेका मानिसहरुको गवाही र धार्मिक तथा सांसारिक अनुसन्धानकर्ताको खोजमा आधारित छ । उनीहरु यो कुरामा सहमत भए कि उनीहरुले अनुसन्धान गरिरहेका मानिसहरुको कुरा सत्य थियो र मृत्यु उनीहरुको यो अनुभव कुनै मस्तिष्कको भ्रम थिएन ।

एक शोधकर्ताले त मनोवैज्ञानिक हस्तक्षेप पनि स्वीकार गरेनन् किनभने मृत्युको बेला नर्कको बारेमा सोच्नु उहाँलाई अर्थपूर्ण लागेन । अहिलेको चिकित्सा क्षेत्रमा वैज्ञानिक विकासका कारण मरेर व्युँतिने मानिसको संख्या बढ्दो छ । अमेरिकामा मात्र यो संख्या १.२ देखि १.५ करोड छ ।

एक जना शोधकर्ताका अनुसार यस्तो अनुभवपछि मानिस धार्मिक रुपमा परिवर्तन हुन्छन् र कुनै भ्रमले मात्र त यो सम्भव हुँदैन । एक अर्का शोधकर्ता जसले ३०० भन्दा बढि यस्ता घटनाको अध्ययन गरेका छन् उनका अनुसार मानिसहरुको गवाहीमा स्वर्ग र नर्कको वयानमा धेरै फरक भने देखा परेन र त्यो बाइबलको वचनसँग पनि मेल खान गयो ।

सांसारिक उत्सव हेलोविन नजिकै आइरहेको बेलामा धेरैले नर्कलाई पनि बिदाजस्तै नै लिन्छन् । यो शैतानिक उत्सव मनाउँदा यसको आत्मिक वास्तविकतालाई मानिसले ध्यान नै दिँदैनन् । उनीहरुको लागि यो एक हानी नहुने खेल मात्र हुनसक्छ तर हाम्रो नजरबाट लुकेको शैतानिक पक्ष पनि यसमा हुनसक्छ जसले हामीलाई यो सोच्न बाध्य बनाउँछ कि नर्क र शैतान सिनेमा र प्रवचन दिने मानिसको कल्पना हो ।

नर्क पनि व्यापारिक बन्न पुग्छ र यसले हामीलाई डराउन छोडेर ह्यारी पोर्टरजस्तोलाई हाम्रो इच्छाको पात्र बनाइदिन्छ । जे भएपनि कोही मानिसहरु छन् जो नर्कको बारेमा जान्न चाहन्छन् र यसैकारण स्वर्गमा ९० मिनट र नर्कमा २३ मिनटजस्ता किताबहरु पनि प्रकाशित भएका छन् ।

म व्यक्तिगत रुपमा केही नजिकका मित्रहरुलाई चिन्छु जो मृत्युको धेरै नजिक पुगेका छन् जसमा उनीहरुले स्वर्गको अनुभव गरे । एक जना महिला त यति चकित भइन् कि उनलाई स्वर्गबाट फर्किने मन नै थिएन र म सम्झिन्छु उनले मलाई भन्थिन कि कसरी उनको पतिले उनी फर्कन नचाहेको कुरा बुझिरहेका थिएनन् । यो कार्यक्रम अन्तर्गत अरु मानिसहरुको गवाही पनि यो गवाहीसँग मेल खान्छ ।

अर्को एकजना पास्टरको पत्नी छिन् जो स्वर्ग गएर येशु प्रभुलाई भेटेर फर्केकी थिइन् । यी थुप्रै घटनाहरुमा मानिसहरुको वयानलाई पूरानो र नयाँ करारका अन्त सम्बन्धी हरफहरुसँग पनि जोडिएको छ । यो कुराको अर्को प्रमाण यो पनि हो कि यी मृत्यु नजिक पुगेका मानिसहरुलाई उनीहरु बेहोस भएको बेलामा त्यस् कोठामा के भइरहेछ त्यसको पनि जानकारी रहन्छ । उनीहरु यो पनि भन्न सक्छन् कि त्यो कोठाभन्दा बाहिर के भइरहेको छ किनभने तिनीहरुको आत्माले तिनीहरुको शरीर छोडिरहेको हुन्छ । उनीहरुले यस्तो कुराहरु पनि अनुभव गरिरहेका हुन्छन् जुन तिनीहरुको बुद्धि विचारले भ्याउँदैन । अब सांसारिक शोधकर्ताहरु मानिसको बुद्धिले नै नभ्याउने कुराको बारेमा कुनै निश्चित निष्कर्षमा पुग्न सकेनन् । मलाई लाग्छ कि यसले अझै पनि अलौकिक कुराहरुकोबारेमा कुरा गर्ने ठाउँ भने अवश्य छोड्छ ।

अब मृत्यु पछिको जीवनका बारेमा कुरा गर्दा बाइबलले नर्कको बारेमा के भन्छ भनेर हेरौं । पूरानो करारमा भनेअनुसार नर्कलाई हिबु्र शब्द ‘शिओल’बाट लिइएको हो । यो शब्दलाई व्यापक रुपमा हेर्दा चाहिँ यसले खाल्डो , लाश गाड्ने ठाउँ अथवा शारिरिक दुर्गति हुने ठाउँलाई जनाउँछ । यसले मृतकहरुको पर्खाइ अथवा छायाँरुपि अस्तित्वलाई जनाउँछ ।

अझ सुक्ष्म रुपमा भन्दा मेरो इच्छा चाहिँ मृत्युको भौतिक कुराहरुबारेमा बताउनु होइन किनभने यो हामी राम्ररी बुझ्छौँ तर आत्मिक कुराहरु बताउनु हो जुन यी अनुसन्धानका आधारमा मृत्यु नजिक पुगेकाहरुको लागि असाध्यै नै वास्तविक छ । पूरानो करारले हामीलाई नयाँ करार जति भन्दैन । नयाँ करारले चाहिँ अझ धेरै वर्णन गरेर यी कुराहरुको परिभाषा दिन्छ । मृत्युपछिको जीवनका कुराहरुको सुरुवात भने दानियलले दानियल १२:२ मा गरेका छन्ः “पृथ्वीको धूलोमा सुत्ने धुइरोहरु जाग्नेछन् , कोही अनन्त जीवनका निम्ति, अरुचाहिँ शर्म र अनन्त घृणको निम्ति ।“

यसले मृत्युपछिको जीवनबारेमा मात्र बताउँदैन तर भौतिकरुपमा ब्युँतिनेबारेमा पनि बताउँछ जुन यो लेखको प्रायोजनभन्दा बाहिरको कुरा हो । यसमा यहुदी र क्रिस्टियनहरुले पनि विश्वास गर्थे जसको प्रमाण पूरानो इज्रायलमा मरिसकेकाहरुको हड्डी भएको अस्थिपात्रले जनाउँछ । यो ब्युँताइ भने मुक्तिको अन्तिम कार्य हुनेछ जसमा येशुले भाग लिइसक्नुभएका छन् जुन मरेकाहरुबाटको पहिलो फल हुनुहुन्छ । आश्चर्यजनक रुपमा यी ब्युँतिएका शरिरहरु मानव इतिहासको समापन हुनेछ र यो क्रिस्टियनहरुकोलागि मुक्तिको अन्तिम कार्य हुनेछ । जे भएपनि दानियलको कुरा गर्ने हो भने यहाँ अनन्त जीवन बनाम अनन्त तिरस्कारको कुरो छ । अनन्तकोलागि रहने परमानन्दको घरलाई कल्पना गर्नु त सजीलो छ तर नियमहरु अनन्त र चिरस्थायी दूवै पर्याय शब्दकोलागि लागु हुन्छ नभए त धर्मशास्त्रमा लेखिएको कुरा त आफैमा नमिल्ने हुन्छ ।

पूरानो करारको हिसाबले सिओलचाहिँ पापी र धर्मी दूवैको बस्ने ठाउँको रुपमा लिइन्छ जसलाई एक दरारले छुट्याइएको हुन्छ । एकलाई अब्राहमको वक्षस्थल भनिन्छ जहाँ धर्मीहरु बस्छन् भने अर्को चाहिँ यातनाको ठाउँ हो । यी अनन्तका ठाउँहरुको राम्रो प्रदर्शन भने येशुको सुसमाचारमा गरिएको छ जसकोबारेमा हामी भविष्यमा अझै धेरै कुरा गर्छौं ।

हामीले पूरानो र नयाँ करारबाट अझ धेरै कुराहरु थाह पाउँछौँ जसले हामीलाई मृत्युपछिको जीवनकाबारेमा बताउँछ जस्तै येशुद्वारा मती २२:३२ मा प्र्रस्थान ३:६ लाई अंकित गर्दै भनिएको छ कि म नै अब्राहम, इसाहक र याकुबको परमेश्वर हुँ अनि उहाँले यो निष्कर्ष पनि निकाल्नुभयो कि उहाँ नै मरेकाहरुको नभएर जीवितहरुको परमेश्वर हुनुहुन्छ जसले यो जनाउँछ कि जीवनको दुई पाटो जीवन र मृत्युका बीचमा लगातारको अस्तित्व हुन्छ ।

त्यसैगरी पूरानो करारमा परमेश्वरले मानिसहरुलाई मृत्युको समयमा तिनीहरुको पितासामु उभ्याएको पनि लेखिएको छ । १सामुएल २८:११–१५मा सामुएल साउललाई सम्बोधन गर्न धर्तीबाट उठेर आएको पनि भनिएको छ । “जीवनको किताब”भनेर पनि उल्लेख गरिएको छ जसमा अनन्त जीवनमा प्रवेश गर्नेहरुको नाम हुन्छ र जसको नाम त्यहाँबाट हटाइएको हुन्छ त्यो चाहिँ अनन्तको पिडामा प्रवेश गर्छ । यस्ता उल्लेखहरु हामी पूरानो र नयाँ करारमा भजनसंग्रह ६९:२८, प्रस्थान ३२:३३,  फिलिपी ४:३, प्रकाश ३:५, १३:८, १७:८, २०:१२–१५, २१:२७ मा पनि पाउन सक्छौँ ।

नयाँ करारले हामीलाई नर्क र स्वर्गबारे अझै विस्तृत जानकारी दिन्छ जस्तै येशुले यी ठाउँहरुको बारे ”धनी मानिस र लाजारस”को कथामा लुका १६:१९–२१मा भन्नुभएको छ । धनी मानिस र लाजारस दुइटा विपरीत वातावरणमा छन् र उनीहरुकोबीचमा एक खाडल छ जसलाई पार गर्न सकिन्न । एउटा ठाउँ अर्काेभन्दा कसरी फरक भयो भन्दा धनी मानिस चाहिँ पिडा, प्यास र यातनामा बस्थ्यो भने लाजारस भने पूरै आराममा बस्थयो । नर्कको बारेमा भन्दा येशु र उनका चेलाहरु अर्को शब्द’हेडस्’अथवा’जेना’भनेर पनि भनेका छन् जस्तै मती ३:१२मा ननिभ्ने आगोको वर्णन, मती ८:११ले यसलाई बाहिरको अन्धकार अनि रुवाई र दाह्रा किट्ने ठाउँको रुपमा पनि वर्णन गरेको छ । मती १३:४२को अनुसार डरलाग्दो भट्टी, मती १८:८को अनुसार अनन्तको आगो, २ थेसेलोनिकि १:९ ले सधैँ बल्ने आगो, प्रकाश १४:१०-११ले सदा सदाकालागि हुने यातना, प्रकाश १९:२०ले आगोको ताल अनि प्रकाश २०:१०ले उनीहरुलाई सदाकालागि दिन रात यातना दिइन्छ भनेर भनिएको छ ।

सफा गर्ने बारेमा भने यहुदी र क्रिस्टियन धर्मशास्त्रमा केही भनिएको छैन । बाइबलले’पूनर्जन्म’कोबारेमा पनि केही बताउँदैन किनभने शास्त्रले भन्छ कि मानिसको मृत्यु हुन्छ र उसले न्यायको अगाडि उभिनुपर्ने हुन्छ जसरी हिब्रु ९:२७मा भनिएको छ । न त बाइबलले आत्माको निद्राकोबारेमा केही भन्छ जुन मानिस मृत्यु पछिको पुनर्उत्थानसँग झुक्किन्छ जस्तै २कोरन्थी५:८ले भन्छ कि शरीरबाट टाढा हुनु भनेको परमेश्वरको नजिक हुनु हो ।

यो मृत्युनजिक पुगेका मानिसहरु खालि अवस्थामा नबसेर सिधै कि त स्वर्ग कि त नर्क पुगेको अनुभव बताउँछन् र उनीहरुको अनुसार उनीहरुले आत्मिक शरीर पनि प्राप्त गरे । यस्ता अनुभव भएका मानिसहरुले पूनर्जन्मका बारेमा भने केही बताउँदैनन् । मलाई लाग्छ कि बाइबलमा भनिएका नर्कका बारेमा कुराहरु हामीलाई स्वीकार्न गाह्रो हुनुको कारण भने परमेश्वरप्रतिको हाम्रो धारणा नै गलत दिशामा निर्देसित छ । हामी भन्छौँ कि यदि परमेश्वर भलो हुनुहुन्छ भने उहाँले मानिसलाई अनन्तको लागि यातनामा कसरी छोड्न सक्नुहुन्छ तर यो कुरा भने मलाई कुनै राम्रो तर्क हो जस्तो भने लाग्दैन । त्यसैगरि मानिसले आफ्नो पापी जीवन भएतापनि आफूले गरेको पुण्यले नभइ परमेश्वरको दया र प्रेमले गर्दा अनन्त जीवन पाइन्छ भनेर विश्वास गर्न पनि गाह्रो मान्छन् ।

नर्कको बसाइको उद्देश्य सुरुमा मानिस भने अवश्य थिएन तर शैतान र उसका खसिसकेका दूतहरु थिए तर मती २५:४१ अनुसार अब त्यो ठाउँ परमेश्वरका सबै शत्रुहरुको निम्ति हो । परमेश्वरले यदि स्वर्गदूतलाई त छोड्नुभएन भने हामी त उनीहरुभन्दा तल नै राखेर बनाइएका छौं र हामीले यदि परमेश्वरको विरुद्धमा गन–गन ग¥यौं भने हाम्रो पनि के अवस्था हुन्छ भनेर हामी सोच्न सक्छौं । यदि हाम्रो जीवनको उद्देश्य परमेश्वरबाट टाढा बस्ने हो भने के हाम्रो इच्छा यो जीवनपछिको जीवनमा पनि त्यही हुनुपर्ने होइन र ? परमेश्वरले आफ्नो प्रभाव तपाईंको जीवनमा पछि किन देखाउनुहुन्छ यदि तपाईंलाई उहाँको आवश्यकता आज र अहिले छैन ? यो मृत्युनजिकको अनुभवको एक महत्वपूर्ण विषय – वस्तु यो हो कि तपाईं त्यसरी नै मर्नुहुन्छ जसरी तपाईं बाँच्नुहुन्छ र म यो भन्छु कि मृत्युपछिको जीवनबारेमा यसले धेरै कुरा बताउँछ ।

शैतानको क्षेत्र र काम गराई परमेश्वरको नियमभन्दा विपरीत छ । प्रभु ज्योति हुनुहुन्छ भने नर्क अन्धकार हो, नर्क दुःखले भरिएको छ भने स्वर्गमा दुःख र उदासीता छैन । प्रभु प्रेम हुनुहुन्छ भने नर्क वैर भावनाले भरिएको छ । स्वर्गमा शान्ति छ भने नर्क अशान्ति, पीडा र यातनाले भरिएको छ । मलाई यो कुरा मजाक जस्तो लाग्यो कि हामी प्रभुलाई हाम्रो सृष्टिकर्ता भनेर स्वीकार्न त चाहन्नौं तर स्वर्गको फाइदा चाहीँ उठाउन चाहन्छौँ रोमन १:२१ । के संसारले प्रभुलाई यस्तो ब्रहमाण्डीय बे–याजस्तो सोच्न मिल्छ ? हाम्रो आनन्दको लागि उहाँलाई प्रयोग गर्ने तर एक सम्बन्धको जिम्मेबारी भने लिन नखोज्ने , अझ हामी यस्तो सोच्छौँ कि प्रभु नै हामीसँग सम्वन्ध गाँस्न अगाडि बढ्नुपर्छ ।

यदि कुनै मानिसको सोच यस् संसारमा परमेश्वरविना बाँच्नु हो जुन परमेश्वरको स्वर्गीय नियमको विरोधी कुरा हो भने आफ्नो जीवनबाट स्वर्गीय उद्देश्य आउनसक्छ भनेर मानिसले कसरी सोच्न सक्छ किनभने उसले त प्रभुलाई आफ्नो सारा जीवन टाढामात्र राखेको छ । हामी आफ्नो ठाउँ र गल्तीको दोष प्रभुलाई किन दिने जबकी हामीसँग एक विकल्प छ जुन सजिलै प्राप्त गर्न सकिन्थ्यो । मती ११:२८–३०मा प्रभु येशुले भन्नुभयो “ मकहाँ आओ । जो थकित औ कष्तटले दविएकाहरु हो, म तिमीहरुलाई आत्माको निम्ति विश्राम दिनेछु । मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक । म विनयी र विनम्र हृदयको छु । अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौ । हो, मेरो कामकुरो ग्रहण गर्नु सजिलो छ । तिमीहरुलाई दिइने भार हलुका छ ।”

त्यसोभए नर्कको स्वाद चाख्ने मानिसहरु कस्ता छन् त? के तिनीहरु समाजका बदनाम भएका मानिस मार्नेहरु, बलत्कारीहरु हुन् ? तर येशु प्रभुले त मती ७:१३,१४मा त धेरै मानिसलाई भन्दैहुनुन्छ “साँघुरो फाटकबाट भित्र पस, जसले स्वर्गतिर पु¥याउँछ । नर्कमा जाने बाटो एकदमै सजिलो छ । अनि फाटक पनि फराकिलो छ । धेरै मानिसहरु यहीबाट पस्दछन् । जीवनको बाटोमा लाने फाटक सानो छ । अनि बाटो अति कठिन छ । केबल अल्प मानिसहरुले मात्र त्यो बाटो भेट्टाउँछन् । ”

प्रकास २१:८ले नर्कलाई कायर, अविश्वासी, चरित्रहीन, हत्या गर्नेहरु, व्यभिचारीहरु, जादु गर्नेहरु, मुर्ती पुज्नेहरु, झुटो बोल्नेहरुका लागि छुट्याएको छ जसको भागमा बलिरहेको आगो छ । १कोरन्थी६:९–१०ले नर्कमा बस्नेहरु भनेर अर्को सूची पनि बनाएको छ  “दुस्टहरु परमेश्वरको राज्यको उत्तराधिकारी बन्दैनन् भन्ने के तिमीहरुलाई थाहा छैन? धोकामा नपर : यौनबारे चरित्रहीनहरु वा मूर्तिपूजकहरु वा व्यभिचारीहरु वा वेश्यवृति गर्ने पुरुषहरु, समलिंगीहरुवा पुरुषगामीहरु, वा चोरहरु वा लोभीहरु वा मतवालाहरु वा निन्दकहरु वा लुटाहाहरु परमेश्वरको राज्यको हकदार हुन सक्दैनन ।”

हामीले धेरै कुराको उल्लंघन गरे पनि पाप र न्यायको यो नराम्रो परिस्थिति जसले हामीलाई सजिलै नर्कमा पु¥याउन सक्थ्यो अहिले एक सुन्दर उद्धारको योजनाको रुपमा परिवर्तन भएको छ जसले यी चरित्रहीन कुराहरुको सबै प्रभावलाई हटाइदिएको छ । यी मानिसहरु अहिले अचम्म तरिकाले प्रभुको माफीले गर्दा परिवर्तन भएका छन् र उनीहरुको जीवनशैली नै फरक भइसकेको छ ।

यदि तपाईंलाई लाग्छ कि तपाईंले जीवन पूरै ठीक तरिकाले जिउँदैहुनुहुन्छ भने हामीले रोमी ६:२३मा हेर्न आवश्यक हुन्छ । पापलाई वर्गीकरण गरिएको छैन त्यसैले पाप जीवनको समीकरणमा सार्वजनिक हुन्छ र कोही पनि ठीक छैन भन्नु एकदमै सर्वव्यापी र सबै सम्मिलित वक्तव्य हो । हामीले विभिन्न कुराहरु उल्लंघन गर्छौं र हाम्रो पापको परिणामलाई सहज रुपमा लिन्छौं । अरुको पाप भने हामीलाई पहाडजस्तै लाग्छ र त्यो हाम्रा साना गल्तीहरुको अगाडि निकै ठूलो देखिन्छ तर हाम्रो गल्तीहरुको सानो थुप्रो अर्को कुनै मानिसकालागि ठूलो हुनसक्छ जसको जीवन नगन्य संयोगहरुले भरिएको हुन्छ । सानो होस् या ठूलो होस् पाप भनेको पाप हो । थोरै पैसा चोर्नु र धेरै पैसा चोर्नुले तपाईलाई चोर नै बनाउँछ । एउटा झूट बोले पनि अनि धेरै झूट बोले पनि तपाईं चोर नै हो । हामी अरुसँग आफूलाई दाँजेर आफ्नो दोषमात्र मेटाउन खोज्छौं ।

अन्तमा तपाईंले परमेश्वरसामु आफ्ना राम्रा कामहरु देखाउन खोजे पनि ब्रहमाण्डको न्यायकर्ता उहाँ नै हुनुहुन्छ जसले मानिसको सोच र हृदय थाह पाउनुहुन्छ । तपाईंले आफ्नो राम्रो कामले कहिले पनि परमेश्वरलाई रिझउन सक्नुहुन्न र तपाईका राम्रा कामहरुलाई इसाहक ६४:६मा रजःस्रावका लुगासँग तुलना गरिएको छ । परमेश्वरको स्वर्गीय अस्तित्वलाई दुषित गर्नबाट हाम्रा राम्रा कामहरुले हामीलाई बचाउन सक्दैन । प्रभुकालागि पापको दुई क्षेत्रहरु छन् : एउटा पुनः निर्माण नभएको पृथ्वी र अर्को नर्क अनि आफ्नो पापबाट सफा नभएसम्म तपाईंलाई स्वर्गमा आफ्नो फोहोर लुगा झुण्ड्याउने अधिकार कहिल्यै पाउनुहुन्न ।

मैले अनादर गरेर भन्न  खोजेको होइन तर येशु नर्ककालागि मर्नुभएको चाहिँ होइन । उहाँको उद्देश्य मानिसको रुपमा हाम्रोलागि मरेर हाम्रा सबै पाप र त्यसको परिणाम आफूमाथि लिनु थियो । यदि हामी आफ्नै कर्मले गर्दा स्वर्गमा पुग्नसक्ने भएको भए त प्रभु त फिजुलमै मर्नुभयो गलाती २:२१ । हाम्रो गल्तीलाई अझै गहिरो रुपमा हेर्ने हो भने हामीले प्रभुको आदेशमात्र नमानेको होइन तर उहाँको हाम्रो उद्धारको योजनालाई पनि नस्वीकारेर अझै ठूलो गल्ती गरेका हौँ । हामीले गरेका ठूला गल्तीहरु मध्ये एक यो पनि हो कि हामीले आफ्नो पापको बलिदानको रुपमा येशुको महान र पवित्र बलिदान जसले परमेश्वरका सबै माग र अपेक्षालाई पुरा गर्छ र योभन्दा थोरै उहाँको आँखामा अस्वीकार्य हुन्छ, त्यसलाई नस्वीकारेर आफ्ना कामहरुको “तीतो” भेट दिन चाहन्छौं ।

याद राख्नुस् कि बगैंचामा गरिएको अनज्ञाको एक कार्यले मानव जातिमाथि दुष्टताको बाढी नै ल्यायो र मानिसमाथि शाप ल्यायो । अब आदमको गल्तीको अगाडि तपाईंका गल्तीहरु ठूला छन् कि साना छन् तपाईं आफैले फैसला गर्नुहोस् । अब फेरि नर्कको कुरा गर्ने हो भने धेरैजना बाइबलले भनेका कुराहरुलाई अलंकारका रुपमा लिन्छन् र यसलार्ई गाह्रो कुरा भनेर स्वीकार्न चाहँदैनन् ।

येशुले नर्कको बारेमा यस्तो नाटकीय रुपमा गरेका छन् कि अत्युक्ति प्रयोग गरेर त्यसको वास्तविकताबारे भन्न खोज्नुभएको छ जसबाट कुनै पनि हालतमा बच्नुपर्छ मती ५:२७–३० । बाइबलका यी हरफहरुलाई धेरैले शाब्दिक रुपमा लिन्छन् होला र यसले देखाउँछ कि आत्मिक रुपको यो बसाइ शरीरका भागहरु गुमाउनुभन्दा पनि कठोर र गम्भीर छ । यो कुरामा वास्तविकता नभएकोभए येशुले भन्नुहुन्थेन होला । मैले यो पनि थाह पाएँ कि “नर्क”ले आज्ञाकारिता र समर्पण प्रति प्रेरणा दिनुभन्दा पनि “प्रेम”तर्फ प्रेरित गर्नुपर्छ । मानिसमा प्रभुप्रति पवित्र डर त हुनैपर्छ तर सन्तुलित प्रेम र आदरको भाव पनि हुनुपर्छ । यसको एक राम्रो उदाहरण के दिन सकिन्छ भने परमेश्वर एक स्वर्गीय पिताजस्तै हुनुहुन्छ जसले आफ्ना सन्तानहरुको भलाईकालागि आफ्नो ज्यान पनि दिनुभयो र सन्तानहरु सुधार्नुपर्ने बाटोबाट हिँडेका छन् भने त्यो उनीहरुकै भलोकोलागि हो र प्रभुले आफै यी कार्यहरु गर्नुहुन्छ । यी सबै कुराभन्दा पनि माथि प्रभुको प्रेमिलो हात छ जसले तपाईंलाई बचाउन र सुरक्षा दिन चाहन्छ । सबै कुराहरु र प्रभुको हातले सँगै मिलेर काम गर्छन् र सन्तानलाई तालिम दिन्छन् । यदि सही तरिकाले गरियो भने प्रभुको हातलाई सन्तानले शत्रुको रुपमा नदेखेर उनीहरुलाई नै उद्धार गर्नकालागि रोकिनलाई चेतावनीका रुपमा लिनुपर्छ । आफ्नो अभिभावकलाई पूरै माया गर्ने र बुझ्ने सन्तानले यस्तो सम्बन्धलाई बुझ्छ र पिताको हात उठ्दा त्यो उसलाई माया गर्ने हात हो र ती हातहरुले आफ्नो भार देखाइरहेको छ ।

हामीलाई लाग्छ कि कुनै अभिभावकले एउटा आइरहेको गाडी अगाडि आफ्नो सन्तान दौडेर गइरहेको देख्दा केही नबोली र नगरी बस्यो भने यो एक अपराध हो । तर के तपाईं परमेश्वरलाई तिरस्कार गर्नसक्नुहुन्छ जसले तपाईंको ध्यान पाउन र अनन्तको आत्मालाई बचाउन निवेदन गर्दैहुनुहुन्छ । के तपाईंलाई यो डर अथवा तपाईंको जीवनसँग हेरफेर गरिएजस्तो लाग्छ जब उहाँले कराएर  “रोक”अगाडि खतरा छ भनेर भन्नुहुन्छ ।

एउटा बच्चाले आफ्नो पिताको आवाजमा रहेको चिन्ता र आवश्यकताबारे बुझ्छ तर प्रभुले हामीलाई नर्कको बारेमा बताउँदा हामी उहाँको हामीलाई पश्चाताप गर्ने बोलावटलाई कसरी लिन्छौँ । प्रभुले बोलाउँदै हुनुहुन्छ, अझ वास्तवमा भन्ने हो भने कराउँदै हुनुहुन्छ । के तपाईं उहाँलाई सुन्नुहुन्छ र उहाँमाथि विश्वास गर्न चाहनुहुन्छ किनभने उहाँ एक प्रेमिलो प्रभु हुनुहुन्छ ?

लेखहरुको अन्त्यमा एक ठाउँमा परमेश्वरसँग कसरी सम्वन्ध राख्नेबारे एक लेख छ जसले तपाईंलाई कसरी बच्ने र उहाँलाई आफ्नो जीवन कसरी समर्पण गर्ने भनेर मूल–भूत रुपमा बताउँछ । यो एक साधारण तरिका हो तर प्रायोजनमा भने यो अति नै गहन र जीवन परिवर्तन गर्ने छ । मलाई विश्वास गर्नुहोस् मैले यो २० वर्ष अगाडि गरेँ र म फेरि त्यो शैतानको जीवन बाँच्न कहिल्यै फर्किनेछैन । तपाईं आफ्नो मृत्युपछि कस्तो जीवन चाहनुहुन्छ ? तपाईं मृत्युपछि जीवन रोज्नुहुन्छ कि जीवनपछि मृत्यु ? किनभने पापको ज्याला मृत्यु हो तर परमेश्वरको उपहार प्रभु येशुमा अनन्त जीवन हो , रोमी ६:२३ ।

 

’नर्कमा गएका र फर्किएका’बारेमा चलदृश्य

जततउस्ररतचगतजलभत।यचनरायचगmरष्लमभह।उजउरुतयउष्अ.ढठ।ण्

youtu.be/vQ8TEGMj-jc

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

jesusandjews.com/wordpress/2009/10/29/is-hell-real/

हिन्दु ईश्वरहरु

Monday, December 19th, 2011

हिन्दु धर्मभित्र मानिसहरुका विभिन्न विचारहरु हुन सक्छन् । कोही ईश्वरमाथि विश्वास गर्दैनन् भने कोही ३३ करोड ईश्वर हुन्छन् भनेर विश्वास राख्छन् । यी विभिन्न ईश्वरबारे विचारहरुमा अझ धेरै आयामहरु पनि हुन्छन् जसमा एकसत्तावाद, सर्वेश्वरवाद, जीववाद आदि छन् ।

धेरै ईश्वरहरु भएको विश्वासलाई विश्लेषण गर्दा त्यहाँ थुप्रै विरोधी विचारहरु हुन्छन् जसले विवेकपूर्ण तर्कलाई स्वीकार नै गर्दैनन् ।

यी धेरैजसो देवताहरु छुट्टा छुट्टै जातिहरुको विश्वास र ऐतिहासिक कुराहरुमा आधारित भएकाले पक्का रुपमा मान्न सकिन्न । यिनीहरुको अस्तित्व विश्वास अथवा अन्धविश्वासको दन्त्यकथामा आधारित छन् ।

आफ्नो जीवन कुनै यस्तो कुरामा आधारित बनाउनु जसको बारेमा जानकारी पाउन पनि गाह्रो छ र जो न्यायसंगत छैन, यो मानव विवेककोलागि एक धोका हो । यसले हिन्दु विश्वासलाई चेतनाहीन विचारहरुको आत्मिक संस्कृतिको संस्थाजस्तै बनाइदिन्छ ।

धर्म र दर्शनभन्दा बाहिर रहेर सोच्दा मलाई यो लाग्दैन कि यस्तो असन्तुष्टपूर्ण विश्वास राख्ने मानिस आफ्नै हरेक दिनको जीवनमा यो विश्वासमा आधारित रहेर बाँच्न सक्छ । आखिरमा तपाईं कुनै हिन्दु इन्जीनियर, जसले हिन्दु विश्वासका आधारमा गणितिय समिकरण गर्छ उसलाई आफ्नो घर बनाउन दिनुहुन्छ । वास्तवमा यसले तपाईंलाई बस्न नसकिने अज्ञानताको हुरीले भत्किनलागेको ढाँचा दिन्छ ।

अन्तमा म आशा गर्दछु कि मैले आफ्नो प्रत्यक्ष र स्पष्ट लेखले तपाईंलाई निराश बनाइनँ । मलाई थाह छ कि धेरैले यी विश्वासहरु कुनै पवित्रता र समर्पणबिना नै राख्छन् । 

म यो पनि बुझ्दछु कि कुनै संस्कृतिप्रतिको प्रण एक बलियो गाँठोजस्तो हो जसले विभिन्न मानिसहरुलाई बाँधेर राख्दछ । तैपनि म तपाईंलाई आफ्नो समाजको साँस्कृतिक बन्धन, जसले तपाईंको ज्ञानलाई सिमांकन गर्दछ, त्यसबाट बाहिर निस्केर सोच्न प्रोत्साहन दिन्छु ।

तथापि म तपाईंलाई संसारको एक अर्को दर्शन येशु, उनको व्यक्तित्व र उनको कामकोबारे खोज गर्न प्रोत्साहन गर्दछु जसमाथि विश्वास गर्न केही प्रमाणहरु पनि छन् ।

carm.org/answers-for-seekers

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

god(s) of hinduism?

सबै बाटाहरुले ईश्वरकहाँ पुर्याउँछ

Monday, December 19th, 2011

धेरै मानिसहरुले सतही अवलोकन मात्र गरेर यो निष्कर्ष निकाल्न सक्छन् तर सौन्दर्यता सतही मात्र भएपनि धर्म चाहिँ हुँदैन । हरेक धर्मको सतह मुनि विचार र सिद्धान्तको यस्तो दलदल हुन्छ जसले तपाईंलाई डुबाइदिन्छ ।

कुनै संस्कृतिमा ईश्वरबारे धारणा हुनु र केही कारकहरु एउटै हुनेवित्तिकै त्यो सही हो भनेर भन्नपनि त सकिन्न । संसारका धेरै धारणाहरु एक अर्काका परस्पर विरोधी छन् । यदि तपाईंले तुलनात्मक धर्म तथा संस्कृतिकोबारेमा अध्ययन गर्नुभएको छ यो निष्कर्ष थाह पाइसक्नुपर्ने हो ।

उदाहरणकालागि, सैतानको अनुसरण गर्नेहरु इसाइको विरोधी हुन्छन् र यिनीहरुबीच कुनै मेल छैन ।

धेरैले यो धारणा विभिन्न धर्मका मानिसहरुको बीचमा रहेको तनाव हटाउनकालागि पनि राखेका हुन्छन् ताकि तिनीहरुकाबीचमा रहेको दुरी मेट्न सकियोस् र धार्मिक सहिष्णुता भएको समाज सिर्जना हुन सकेको होस् ।

कोहीले भने यो विश्वास आफ्नो विश्वासलाई उचित ठहराउनकालागि पनि राखेका हुन्छन् । कसैले भने अरुबाट सुनेको कुरालाई धेरै ध्यान नदिई त्यसलाई स्वीकारेका हुन्छन् ।

“सबै बाटाहरुले ईश्वरकहाँ पुर्याउँछ” यो भनाइले आफ्नै खण्डन गर्छ । कुनै पनि काम गर्नकालागि थुप्रै तरिकाहरु हुन्छन् भनेर हामी सबै जान्दछौं । तर यदि ती तरिकाहरु नै एकअर्काका प्रत्यक्ष विरोधी छन् र छुट्टै दिशामा जान्छन् भने त तिनीहरुलाई एकै ठाउँमा ल्याउन राम्ररी मार्गनिर्देशन गर्नुपर्छ । यसो गर्दागर्दै पनि तिनीहरु भेट नभइकन जीवनमा आ–आफ्नो बाटोमा नै अगाडि बढिरहन्छन् ।

व्यवहारिक कुरा गर्ने हो भने मूलभूत हिन्दुहरुले पनि यो विचारमाथि विश्वास गर्दैनन् नत्र उनीहरुले अरु सिद्धान्तको विरोध गर्नेथिएनन् र पूर्वका गुरुहरुले पश्चिमका विचारकहरुलाई यी विचारहरु मनाउन प्रयास गर्ने थिएनन् ।

विचारहरुमा भिन्नताहरु हुनु कसै–कसैको लागि समस्या नहुन पनि सक्छ तर हाम्रो सोचले भने यो कुरा मान्दैन । मेरो अर्को लेख “हिन्दुका ईश्वरहरु”मा पनि मैले भनेको छु कि यो विचारले ती धर्म र दर्शनकालागि काम गर्छ जसको कुनै नियमहरु छैन तर वास्तवमा मानिसहरुले आफ्नो हरेक दिनको जीवनमा यस्तो तर्क गर्दैनन् ।

विपरीत विचारहरुलाई अपनाउने संस्कृतिको मानसिकता बुझ्न निकै गाह्रो हुन्छ किनभने त्यसले विज्ञान र दर्शनको विवेकी तर्कको पूरक बन्नु साटो तर्कलाई ध्यान नै दिँदैन ।

उदाहरणकोलागि तपाईं धार्मिक विश्वासको चट्टानबाट गुरुत्वाकर्षणको शक्तिले (जुन सत्य हो) नलडिकन हाम फाल्न सक्नुहुन्न ।

तपाईं विश्वासले बसको अगाडि उभिएर त्यसलाई भ्रम मानेर त्यो बसको गतिमा रहेको शक्ति जुन सत्य हो त्यसलाई अस्वीकार गर्न सक्नुहुन्न ।

हामी विली कोयोटको जस्तो संसारमा बाँच्दैनौँ जसको हजारवटा जीवन भएजस्तो लाग्थ्यो र जो अति नै गाह्रो परिस्थिथिबाट पनि मृत्युलाई झुक्याएर विना हानि फर्केर आउँथ्यो ।

www.youtube.com/watch?v=j4JbWb5xVEU&feature=fvw

यो एउटा राम्रो प्रदर्शन होला तर हामीलाई राम्ररी थाह छ कि वास्तविक जीवनको नाटकमा अभिनय गर्दा यस्तो सम्भव हुँदैन ।

दार्शनिक रुपमा कुरा गर्ने हो भने जसरी विवाह भएको अविवाहित हुँदैन त्यसरी नै शैतानिक क्रिस्टियन अथवा क्रिस्टियन शैतानिक पनि हुँदैनन् ।

अन्तमा बाइबलीय रुपमा भन्ने हो भने दुई बाटाहरु हुन्छन् जो एक अर्काका परस्पर विरोधी छन् । पहिलो जुन फराकिलो (धेरै) छ जसले विनाशमा पुर्याउँछ र अर्को जुन साँघुरो छ (एउट मात्रै) जसले जीवनमा पुर्याउँछ । येशुले भन्नुभयो कि बाटो, सत्य र जीवन उहाँ नै हुनुहुन्छ । उहाँद्वारा बाहेक कोहीपनि पिताकहाँ पुग्न सक्दैन ।

हामीलाई हिँड्नकोलागि खुट्टा दिइएजस्तै यात्राकोलागि बाटो पनि दिइएको छ । मेरो चुनौती तपाईंलाई के हो भने तपाईं फराकिलो बाटो लिनुहुन्छ जुन अरु सबै बाटाहरु मिलेर बनेको छ अथवा साँघुरो बाटो हिंड्न र खोज गर्न साहस गर्नुहुन्छ जसले तपाईंलाई सत्यमा पु¥याउँछ ।

 

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

All Paths Lead to God

मेरो व्यक्तिगत टिप्पणी

Monday, December 19th, 2011

मैले जब यी लेखहरु लेख्न थालें तब मेरा पाठकहरुका लागि मेरो व्यवहार र प्रेरणाका बारेमा बताउन एउटा व्यक्तिगत टिप्पणी लेख्न आवश्यक लाग्यो ।

मैले यो गरें किनभने इन्टरनेटबाट भएको संचार अधुरो रहन्छ, यसबाट व्यक्तिलाई चिन्न सकिन्न र लेख लेख्ने व्यक्तिको विचार पूर्ण रुपमा बुझ्न पाठक असमर्थ हुन्छ ।

त्यसैले मैले सुरुवातमा विभिन्न विश्वास भएका मानिसहरुकालागि छुट्टै लेख्न थालें । तर जब मेरा लेखहरु बढ्दै गए मैले भन्नुपर्ने सामान्य कुराहरु अव्यवस्थित रुपमा लेख्नुभन्दा एउटै ठाउँमा लेखेको छु ।

कहिलेकाहीं विश्वासका बारेमा कुरा गर्दा धेरै गाह्रो हुन्छ किनभने संसारबारेमा हाम्रो धारणा हाम्रो व्यक्तित्वको यति महत्वपूर्ण अंश हो कि व्यक्ति र उसको मुल्य मान्यताको भिन्नता नै हामीलाई थाह हुँदैन ।

एउटा व्यक्तिको विश्वासलाई एक हदसम्म मात्र फरक पार्न सकिन्छ तर उसको आफ्नो इच्छालाई उसबाट अलग गर्न सकिन्न । मानिसको व्याख्या र विश्लेषण उसको धारणात्मक संसारमा रहेर नै गरिन्छ र यो भन्दा कमले उसलाई बिना अर्थको मानिस बनाउँछ ।

 मैले यो भन्नुको कारण धेरैपटक मानिसको धार्मिक विचारकाबारेमा कुरा गर्दा उसलाई व्यक्तिगत रुपमा आक्रमण गरेको जस्तो बुझ्छन् ।

तर मेरो अभिप्राय भने यो होइन । मेरो आशा प्रेम र सद्भावका साथ मानिसको मन र मस्तिष्कसम्म पुग्नु हो । मेरो इच्छा अनावश्यक बहसमा लागेर मानिसमा अनावश्यक निर्णयको भाव र क्रोध निम्त्याउनु  होइन जुन यस्तो प्रकारको बहसले ल्याउँछ ।

मलाई लाग्छ कि इन्टरनेटमा तपाईंले यस्ता कुराहरु भएका थुप्रै मंचहरु पाउनुहुन्छ र यी लेसमा अल्मलिन आवश्यक पनि हुँदैन ।

म यो स्वीकार्छु कि यी लेखहरु लेख्दा मैले सीधा रुपमा लेख्न खोजें र कहिलेकाहीं म भावुक पनि हुन्छु तर म सबैले यो बुझुन् भन्ने चाहन्छु कि म कुनै पनि प्रकारले पाठकप्रति क्रोध र घृणाले प्रेरित छुइन । मेरो लडाइ ती सिद्धान्तहरुसँग हो जसले यी गलत प्रथाहरुलाई अंगालेका छन् । मलाई थाह छ कि सिद्धान्तहरु मानिस भएका कारणले नै हुन्छन् तर मेरो प्रेम मानिसहरुप्रति छ अनि म देखावटी संस्था र सिद्धान्तहरुको विरोध गर्छु ।

यी लेखहरुमार्फत यदि मैले तपाईंमा विवेक जागरण नगरि रिस उठाएँ भने मैले तपाईंलाई आफ्नो सन्देश दिन सफल भइनं । मेरा विचारहरु कुनै समुदायप्रति आक्रामक जस्तो देखिएपनि मेरो उद्देश्य भने यो अवश्य होइन । मैले गरेका सम्पूर्ण कुराहरु यदि घृणा, हिंसा र पक्षपातको रुपमा बुझ्नुभयो भने मेरा सम्पूर्ण प्रयासहरु असफल भएका छन् र मैले हामी दूबैको समय बरबाद गरेको छु  ।

मलाई यो पनि थाह छ कि यो लेख पढ्ने सबैलाई यसले फइदा पुर्याउने छैन तर मेरो आशा र प्रार्थना छ कि कुनै प्रकारले कसैको जीवनमा यसले फइदा पुर्याएको होस् ।

हरेक मानिसमा कुनै प्रकारको छलको भावना हुन्छ र म यो पनि भन्दिन म अरुभन्दा फरक छु । कोही पनि मानिससँग जीवनका प्रश्नहरुको हरेक उत्तर हुँदैन । यी नाकारात्मक पक्षहरुले मलाई सत्यको खोजी गर्ने, सत्यको पक्षमा बोल्ने र सत्यको बाटोमा हिंड्नबाट भने रोक्न सक्दैन । मेरो तपाईंसँग यो अनुरोध छ कि यी लेखहरुमार्फत यो बाटोमा मसँग हिँड्नुहोस् ।

“सत्य” शब्दलाई उन्मुक्त रुपमा प्रयोग गर्न पनि धेरैकालागि असहनीय हुनसक्छ विशेषगरि जब हामी राजनीतिक रुपले सही समाजमा बस्छौँ जहाँ तुलनात्मक विचारहरुको निकै नै कदर गरिन्छ ।

हाम्रो समाजको काम गराई र मानवको अस्तित्व यही सत्यमाथि निर्भर छन् । कानून र व्यवस्था अनि विज्ञानमा यसको प्रयोग देख्न हामीलाई धेरै कठिनाइ हुँदैन तर धार्मिक विश्वासमा यसलाई प्रयोग गर्न भने हामीलाई अप्ठ्यारो लाग्छ ।

हामीले आफ्नो जीवनलाई यसरी बाँड्यौँ र सत्यलाई एउटै धरातलमा रहेर सोचेनौँ भने हामीले आफैँलाई झुक्याएको हुन्छौँ र झुटो रुपमा बाँचिरहेका हुन्छौँ । तर मानव समाज र संस्कृतिको महानता ज्ञानको खोजीले गर्दा नै सम्भव भएको हो । ज्ञान पाएर त्यसको खुला प्रयोगले नै उन्नति सम्भव हुन्छ र यसले नै हामीलाई विवेक पनि दिन्छ ।

यी लेखहरु पढ्नअगाडि विवेकशील बन्नुहोस् र संस्कृतिको सीमाभन्दा बाहिर आएर सोच्नुहोस् किनभने यसले जीवनप्रतिको तपाईंको धारणालाई प्रभाव पार्दछ र जीवनमा विभिन्न मर्यादाहरु खडा गर्दछ जसमा चेतना नभइकन नै हामी विश्वास गर्दछौं ।

जीवनको बारेमा पहिलेदेखि रहेको धारणाकाबारेमा फेरि सोच्नु पनि धेरै गाह्रो र डरलाग्दो काम हो । यसमा हामीले गल्ती गर्छौं कि भन्ने डर हामीमा सधैं रहिरहन्छ र यो गल्तीले हामीलाई नराम्रो परिस्थितिमा ल्याउँछ भन्ने पनि हामीलाई थाहा हुन्छ । तर जीवनको बारेमा सूक्ष्म रुपले नसोच्नाले हामी स्वेच्छिक अज्ञानतनमा परेर छलिने सम्भावना पनि उतिकै नै रहन्छ ।

हाम्रो समाज, परिवार र सरकारकोलाई पनि हामी आँखा चिम्लेर विश्वास गर्छौं । यसमा त्रुटीहरु हुनसक्छन् र आवाज उठाउन सकिन्छ भनेर हामी ध्यान पनि दिँदैनौँ । सामाजिक प्रतिष्ठाको बारेमा हामीलाई चिन्ता हुन्छ र साधारण सामाजिक मापदण्डमा नै हामीले जीवन बाँच्न सिकेका हुन्छौँ ।

यो हामीले पहिले विश्वास गरेर अनि त्यो विश्वासलाई बचाउन नै आफ्नो जीवन केन्द्रित गरेजस्तो हो । मेरा सबै लेखहरुको प्रमुख अभिप्राय मानिसहरुलाई भनिराख्नु आवश्यक पनि छैन कि परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ । यहुन्ना ३:१६ ले भन्दछ “ परमेश्वरले संसारलाई यति साह्रो माया गर्नुभयो कि आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् र त्यसले अनन्त जीवन पाओस् । ”

यो कटु सत्य कुरा हो कि हरेक संस्कृति, भाषा र जातिका मानिसहरु छन् जसले उहाँमाथि विश्वास गर्छन् । यो विश्वास कुनै डरमा परेर अथवा बाध्य भएर होइन तर परमेश्वरको प्रेमले गर्दा उनीहरुमा आएको हो जसले गर्दा उनीहरुको जीवन परिवर्तन भएको छ ।

परमेश्वरको प्रेम यो कुरामा पनि देखिन्छ कि उहाँले प्रभु येशुलाई हामीले व्यक्तिगत रुपमा चिन्न सकौं भनेर व्यवस्था पनि गरिदिनुभएको छ । उहाँको कामले उहाँलाई एक प्रभावकारी मानिस अथवा एक भविष्यवक्ता मात्र नभएर मसिहाको रुपमा चिनाउँदछ जसले मानिसलाई नशा, व्यभिचार, चोरी गर्ने प्रविति र अरु थुप्रै सामाजिक कुरितिबाट मुक्ति दिनुहुन्छ । उहाँले मेरो लगायत गन्नै नसकिने लाखौं जीवन परिवर्तन गर्नुभएको छ र मैले उहाँको जीवित शक्तिलाई आफ्ना लेखहरुमा अस्वीकार गर्नु भनेको तपाईंप्रति बैरी र बेइमान भावना राख्नु हो । प्रभु येशुले मानिसहरुलाई परमेश्वरको नजिक ल्याउन उनीहरुको अगाडि सर्तहरु राख्नुहुन्न , न त मानिसको योग्यता हेरेर श्रेय विभाजन गरेर उनीहरुबाट चुन्नुहुन्छ हामीले केबल प्रभु येशु जो धार्मिक हुनुहुन्छ, उहाँमाथि विश्वास गनुपर्छ र उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार्नुपर्छ ।

येशुले भन्नुभयो “हे सबै मिहिनेत गर्ने र बोझले दबिएकाहरु मकहाँ आओ, म तिमीहरुको आत्मालाई विश्राम दिनेछु किनभने मेरो जुवा र बोझ हलुका छ ।”

उहाँले हामीलाई अनन्त शान्ति दिने वाचा गर्नुभएको छ जसको कारण हामीले कमाएको धर्म होइन र त्यो धर्म हामी कहिले पूरा गर्न पनि सक्दैनौं तर उहाँले क्रुशमा बगाएको रगत हो । उहाँले परमेश्वरको सजाय आफूले भोग्नुभयो र हाम्रो पाप आफूमाथि लिएर त्यसको ऋण तिरिदिनुभयो र परमेश्वरसँगको हाम्रो सम्बन्ध अनुकूल बनाइदिनुभयो ।

अन्तमा म तपाईंहरुलाई अनुरोध गर्दछु कि यी लेखहरु पढ्दा कृपया खुला सोच राखिदिनुहोला र परमेश्वरलाई इमान्दारी र गम्भीरताका साथ खोजीदिनुहोस् । मैले यो क्रममा कुनै कुराहरु मेरो स्तरभन्दा बढी भन्नगएछु भने मलाई माफ गरिदिनुहोला । मैले कसैलाई चोट पुग्ने कुनै पनि कुरा गर्दिन र मेरो उद्देश्य समाजकोलागि कष्ट हुने कुरा नगरेर फाइदा हुने कुरा गर्नु हो ।

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

A note to all

येशुसँग मेरो व्यक्तिगत गवाही

Monday, December 19th, 2011

मेरो नाम रब् हो र म अमेरिकाको टेक्सस्मा बस्छु । म तपाईँलाई आफ्नो बारेमा केही बताउन चाहन्छु । म धेरैजसो परमेश्वरमा आफ्नो विश्वासबारे बताएर आफ्नो गवाहीको सुरुवात गर्छु जुन मेरोलागि निकै महत्वपूर्ण कुरा हो । बीस बर्ष अगाडी मेरो जीवनमा यस्तो समय थियो जब सबैकुरा खालिजस्तो लाग्थ्यो । जब मैले येशु प्रभुमाथि विश्वास गरेँ तब उहाँले मलाई भरिदिनुभयो । अहिले मसँग संसारले दिएकोभन्दा बढी प्रेम, आनन्द र शान्ति छ । येशु मेरो जीवन र उत्साह हुनुहुन्छ ।

यदि मैले यस्तो सत्य नपाएको भए मैले धेरै अगाडि हार मानिसकेको हुन्थेँ र अन्य विश्वासका क्षेत्रमा खोज्न थालिसकेको हुन्थेँ । तर मेरो जीवन येशुसँगको व्यक्तिगत सम्बन्धले परिवर्तन गर्यो जुन कुनै धर्म र दर्शनभन्दा धेरै माथि छ । यो कुरा सत्य र स्पर्शनीय हो । यो त्यो समयको कुरा हो जब म उहाँसँगको सम्बन्धमा निर्णय गर्ने अवस्थामा पुगें । यसले निकै थोरै समयमा मेरो व्यवहार र सोच परिवर्तन गर्यो र म सधैंकोलागि परिवर्तन भएझैँ लाग्यो । म फरक व्यक्ति बनिसकेको थिएँ, यो सबैजनाले देखिरहेका थिए र यसलाई कसैले इन्कार गर्न सक्नेथिएनन् । म फेरी जन्मेको थिएँ र मलाई थाह थियो कि यो मैले कुनै अर्को चर्च फेरेजस्तो हुनेछैन । म क्रिष्टमा नयाँ सिर्जना बनिसकेको थिएँ । मेरो जीवनका केही परिवर्तनहरु प्रगतिशील थिए भने केही तात्कालिक थिए । मैले परमेश्वरले मलाई यस्ता परिस्थितिहरुबाट उद्धार गरेको देखेको छु जुनबाट मैले आफै पार पाउन असम्भव थियो । येशुले मलाई चुरोटको नशा र व्यभिचार लगायत थुप्रै पापहरुबाट छुट्कारा पाउन मद्दत गर्नुभयो । विश्वास गरेर मेरी पत्नी मृगौलाको रोगबाट र मेरो छोरा सासप्रस्वासको रोगबाट निको भएको पनि मैले देखेको छु । मैले यदि यो लेखमा आफ्नो धारणामात्र लेखेको हुँ भने यो पढेर तपाईले आफ्नो समय खेर फाल्नुभयो । तपाईंलाई म माथि विश्वास नलाग्ला अथवा तपाईं मलाई गलत सोच्नुहोला । म केबल अनुरोध गर्दछु कि तपाईं परमेश्वरलाई आफूबारे खुलाउन र येशुको सत्य प्रकट गर्न भनेर प्रार्थना गर्नुहोस् । यो लेख पढ्नकालागि धन्यवाद दिँदै म परमेश्वरसँग प्रार्थना गर्दछु कि उहाँले यसमार्फत तपाईंलाई आशिष दिनुभएकोहोस् ।

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

My testimony with Jesus

परमेश्वरसँग व्यक्तिगत सम्बन्ध कसरी बनाउने

Monday, December 19th, 2011

बाइबलले हामीलाई सिकाउँछ कि परमेश्वरले मानिस लगायत सम्पूर्ण संसारको सृष्टि गर्नुभयो । परमेश्वर पूर्ण र दोषरहित भए पनि मानिस चाहीँ दोषी छ । परमेश्वरले मानिसलाई एक स्वतन्त्र जीवको रुपमा सिर्जना गर्नुभयो र उसलाई सही र गलतबट आफै छान्ने स्वतनत्रता पनि दिनुभयो । परमेश्वरको पवित्र वचन बाइबल मानिसको निम्ति एक ज्योति हो जसले हामीलाई सिकाउँछ कि हामी सबैले पाप गरेका छौँ र परमेश्वरको महिमाबाट टाढा भएका छौँ ।

इदि मैले परमेश्वरका आज्ञाहरु ( जुन सहि जीवनकालागि आधार हुन् ) मध्ये केही भनेँ भने त्यसलाई पूर्ण रुपमा पालन गर्ने कोही पनि छैनन् । पाप भनेको परमेश्वरका आज्ञाहरु नमान्नु नै हो । परमेश्वरको नामलाई दुरुपयोग गर्नु र अरु प्रभुलाई पूज्नु पनि पाप हो । यी सबै कारणले नै मानिस आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई प्रेम गर्नबाट चुक्दछ । परमेश्वरको आज्ञा नमान्नु भनेको आमाबुबाको अनादर गर्नु , हत्या गर्नु अथवा घृणा गर्नु , परस्त्रीगमन अथवा आँखाको लालसा गर्नु , चोर्नु , छिमेकीको गलत गवाही दिनु हो । गलत अभिलाषा र प्रेरणाले गरिएका कामहरु सबै पाप हुन् ।

यी आज्ञाहरुको उल्लंघन गरेकाले नै हामी अनन्तकालागि परमेश्वरबाट छुट्यौँ । हामी हरायौँ र उहाँबाट छुट्यौँ किनभने पवित्र परमेश्वर पापसँग मिल्न सक्नुहुन्न । पापले परमेश्वरको क्रोध यहाँमात्र नभएर अनन्तमा पनि ल्याउँछ । बाइबलले त्यसलाई कहिल्यै आगो ननिभ्ने भयानक दुःखको ठाउँ भनेर बताउँछ ।

अहिले अवस्था आशाविहीन जस्तो लाग्छ तर खुशीको कुरा के हो भने परमेश्वरले आफ्नो पुत्र पठाइसक्नुभएको छ जो पापरहित हुनुहुन्छ । उहाँको काम परमेश्वर र मानिसकोबीच मध्यस्तकर्ता बन्नु थियो । यो गर्न उहाँले आफ्नो भौतिक शरीर परमेश्वरको न्याय पूरा गर्न र हाम्रो पापको ऋण चुकाउनलाई दिनुभयो ।

उहाँ मानिसकोलागि केबल मर्नु मात्र भएन , मरेकाहरुबाट ब्यूँतिनु पनि भयो । अहिले उहाँ आफूमाथि विश्वास गर्नेहरुलाई भेट्न कुरिरहनुभएको छ । त्यसैले हाम्रो मृत्युपछि पनि हामी उहाँसँग हुनेछौँ र बाइबलले यस्लाई नै अनन्त जीवन भन्दछ ।

यो सबै तब मात्रै सम्भव हुन्छ जब हामीले आफ्नो सम्पूर्ण हृदयले येशु प्रभुलाई आफ्नो मुक्तिदाता मान्छौँ र हाम्रो पाप मेटाएर परमेश्वरसँग शान्तिमा ल्याउने उद्धारकका रुपमा चिन्छौँ । हामीले उहाँलाई आफ्नो प्रभुको रुपमा स्वीकारेर उहाँका आज्ञाहरु पालन गर्नुपर्छ ।

हामीले यी कुराहरु स्वीकार गरेपछि उहाँले स्वर्गको एक टुक्रा पवित्र आत्माको रुपमा हाम्रो निम्ति पठाइदिनुहुन्छ जो हामीसँग रहेर हामीलाई परमेश्वरकालागि बाँच्न सिकाउनुहुन्छ ।

विश्वास गरेपछि पानीको बप्तिष्मा लिनुपर्छ जसलाई पानीको चिहानको रुपमा लिइन्छ । यसले नयाँ जन्मको संकेत गर्दछ जसमा परमेश्वरको काम सुरु हुन्छ र भित्रैबाट परिवर्तन भएर मानिस नयाँ बन्दछ । यो एक आत्मिक सत्य हो जुन परमेश्वरलाई स्वीकारेपछि हामीलाई थाह हुन्छ ।

यो परिवर्तन साधारण देखिएपनि महत्वपूर्ण र अर्थपूर्ण छ । येशुले तपाईँलाई यो भनेर बोलाउँदैहुनुहुन्छ “ म कहाँ आऊ । जो थकित औ कष्टले दविएकाहरु हो, म तिमीहरुलाई आत्माको निम्ति विश्राम दिनेछु । मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक । म विनयी र विनम्र हृदयको छु । अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौ । हो , मेरो काम कुरो ग्रहण गर्नु सजिलो छ । तिमीहरुलाई दिइने भार हल्का छ । ”

प्रिय मित्र यदि आज तपाईँ उहाँको आवाज सुन्दैहुनुहुन्छ भने कृपया आफ्नो हृदय कठोर नबनाउनुहोस् तर आफ्नो जीवन यस् आत्माका गोठालोलाई समर्पण गर्नुहोस् । उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र यस्तो शान्ति दिनुहुन्छ जुन बुझिनसक्नु छ , उहाँको आनन्दको वयान गर्ने कुनै शब्द छैन । यसले यो भन्दैन कि तपाईँले जीवनमा कुनै अप्ठ्याराहरु भोग्नुपर्दैन तर उहाँले भन्नुभएको छ कि उहाँले हामीलाई कहिल्यै पनि त्याग्नुहुन्न ।

अन्तमा, म तपाईँलाईँ उत्साह दिन चाहन्छु कि तपाईँ परमेश्वरसँग प्रार्थना गनुहोस् कि उहाँले आफूलाई तपाईँसामु प्रकट गर्नुभएको होस् । यदि तपाईँले इमान्दारीसाथ यो कार्य गर्नुभयो भने तपाईँ निराश हुनुहुन्न किनभने परमेश्वर भलो हुनुहुन्छ भनेर बुझ्नकालागि उहाँ आफैले तपाईँलाई उत्साह दिनुहुन्छ ।

 

 

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

How to have a relationship with God

Christian Translation

Friday, December 16th, 2011

Christian Translation

Lingayatism

Sunday, December 4th, 2011

Lingayatism or Virasaivism is a shaivite hindu sect which is considered reform in it practices due to its unorthodox approach towards traditional hinduism by rejecting various beliefs/practices in removing some of the unpleasantries of the hindu religion in advocating such matters as equality and social reforms. This is a favorable approach towards establishing a humanitarian platform which I applaud but do the beliefs that correspond with this movement necessitate a spiritual reality by repackaging this upgraded model of Hinduism? Furthermore Veerashaivism would not exist without the cornerstone and bedrock of traditional Hinduism and if the original foundation is weak and broken then any other structure which builds upon this philosophy crumbles as well. If it possible to change preexistent and ancient Hindu philosophies then it is also possible to  question anything that associates itself with Hinduism after all which one is right if either.

Anyway Basava is credited with starting this sect even though it is believed that he just revived another movement. He is said to have brought about these modifications of equality but yet there remains some controversy to his character. Even though he rejected his position as a Brahmin he was also elected to the prestigious office of royal treasurer by the influence of his uncle who was prime minister and as a result of this prominent position there came allegations of inequality in that he was depleting treasury funds in order to further the Lingayat cause which would include supporting its guilds and some of its impoverished members which was seen as favoritism among the Jains and Buddhists who protested his actions which in turn caused him to flee the kingdom.

Also Basaveshwara made an illogical statement that divine experience can be achieved by everyone regardless of belief, tradition, religion or whatever. I think the problem with any movement that advocates equality by making claims of inclusiveness in eradicating all bias is fickle in the sense that members disassociate others who act and believe differently from the mainstream of that particular groups way of thinking and even though others may be tolerated there is still the denial of intimacy or fellowship of those who are outside of that circle. Even people who adopt a view that all paths or streams lead to God may at first appear to be making a statement of absolute inclusiveness but where does that leave someone else who has an incompatible world view of exclusivism. To have freedom of equality and complete acceptance within a movement is one thing but to have a universalist view towards everyone is dishonest when attempting to advance or convert someone else to a particularized practice or belief which is unique to that faith thus setting themselves apart from others who are adherents to another religion,faith, or creed. Brotherhood within the movement is one thing while unconditional acceptance is another. I don’t think the Lingayats can really claim to offer equality on every basis otherwise there would be no need for them to obtain a distinguishable name as a classification for their organization which identifies themselves as being defined under a descriptive title. For instance they wouldn’t claim themselves as being Catholic nor would they allow Catholicism to be integrated within their movement in a syncretistic or pluralistic fashion as a valid expression of their faith. With a name comes a particular personality and a associated identity which makes it unique.

Another thing by which this group differentiates itself is by the exclusivity of a monotheistic faith in elevating Lord Shiva as the one and only Supreme God from among the pantheon of other hindu deities. I am not for sure how they have effectively eliminated the other competitors in favor of selecting their divine mascot and yet to worship Shiva above Vishnu would be an affront to other religious movements within the culture of Hinduism.

Conclusively I am not saying that particularism is wrong its just that we need to recognize that this movement  embraces an antithetical ideology to their statement of belief in displaying this illusory image of complete equality which is unfounded as being oxymoronic to their separatists or sectarian views. Just the nature of its origins alone as splitting themselves from the Brahmic institution of hinduism shows a break in its distinction as not including every person as holding to a valid expression of belief, tradition and religion.

Additionally even with the concept of ganāchāra comes the notion of elitism which is a defense towards maintaining their community along with its tenets.

Moreover I am not for certain how their conceptual ideas may vary from mainstream hinduism on karma and reincarnation because the traditionalist view would see the maltreatment and oppression of others which would include a persons social standing as a necessary means to the ends without any consideration of inequality regarding their karmic debt. I have previously written a post about karma and reincarnation which may be helpful at

jesusandjews.com/wordpress/2010/02/16/hinduism-and-reincarnation/

Amazingly Basavanna  preached that the devotion of people to God was a direct relationship and did not need the intervention of the priestly class. However there is a conflict here in that they have eliminated the hierarchal Brahmin priesthood while ironically adopting their own hereditary caste system in elevating the Jangamas who are the Lingyat priests or gurus. Also it is questionable in how that Basavanna who was a Brahmin effectively rejected and renounced his role as a part of the priestly caste when he asserted to head up this movement. Granted this movement needed a ring leader towards establishing its presence but why didn’t he get a lower caste member or a Dalit to herald his cause as a means of practicing what he preached.

Furthermore it is through the rite of Ahangrahopasana that the Lingayats get their name by donning and worshipping the Linga which is a personification of Shiva. Yet for the Ishtalinga to be a representation of the exalted and supreme majesty of Shiva in displaying his deity as a dung and ash covered stone when in every other respect Shiva is highly exalted is unthinkable. To bring Siva down to such a base representation as compared to the earthily filth of a trash heap is really untenable. Alongside of this they have rejected the worship of images nevertheless this is what is being done to this piece of iconic jewelry.

Another discrepancy is that they have repudiated ritual and yet they still practice such rites as the initiation of male children knows as Diksa and paying homage to the linga twice a day as being apart of the Panchāchāras. Some other rituals which are incorporated in their regular observances are the eight shields or Ashtāvarana  with such actions as: Padodaka(Karunodhaka) in drinking the water from bathing the Linga, Prasada (Karuna Prasada) by presenting a sacred offering,Vibhuti the smearing of holy ash on oneself, Rudraksha the wearing of a string of holy beads and lastly the Mantra of “Namah Shivaya” as a means of giving adoration to Siva. Therefore ritual is not denied but rather it is affirmed based on their religious activities.

Anyway I know it is easy for me to criticize other belief systems but then again it is just as easy for others to justify their unfounded beliefs as well. I have pointed out some of the inconsistencies along with the shortcomings and weaknesses of this movement only in respect to challenge their standing in regards to achieving any kind of ultimate truth. Granted there are problems in each and every religious movement when scrutinized hard enough but perhaps this criticism has only affirmed what you may have already come to wonder or doubt about in your heart regarding its truth claims. At the same time maybe you are tired of trying to ascend the ladder of Shatsthala or perhaps you have fallen off wandering whether or not you will ever achieve shoonya which has left you feeling hopeless regarding the shame and guilt you carry.

The good news is that you don’t have to ascend the ladder on your own strength as Jesus descended in coming down so as to carry us and lift us up into the loving arms of God. You may not find the hope of aikya as a practicing Lingayat but there is a confidence that you can have in the person and work of Jesus who came to deliver us from the heavy yoke of religious duty by liberating those who trust in Him by freely giving them the gift of eternal life without all the insecurity that comes from having to earn or merit a sense of acceptance with God. He can truly deliver and set you free by uniting us with God as He removes the cares and burdens of our souls by shouldering the weight of our moral debt. You may have thought that Jesus is just some foreign form of western religious expression and yet Christianity originated as an eastern religion of which Israel is considered a part of Asia. The reason why Christianity is associated with western world is because God used Jesus to unite the east and the west and to remove all ethnical and societal boundaries by embracing every tribe,tongue and nation in unifying the world under the banner of Christ’s redeeming and saving work which is expounded in the gospel of John.

John 3:16,17

16 “For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life. 17 For God did not send his Son into the world to condemn the world, but to save the world through him.

Maybe you are discerning a change or a prompting to seek for truth elsewhere and I would just ask that you would consider other possibilities such as with Jesus. In conclusion I hope that you forgive me if I offended you over the content of this post as my intention is not to slander but to uncover any perceived falsehoods of which need to be exposed for the sake of the worshipper.

In closing I would like to provide some resources in Kannada and Hindi which may be beneficial towards any research you may give this matter. Finally I ask that you honestly and simply ask and seek God in prayer so as to reveal Jesus  in such as way so as to believe.

Matthew 7:7-8

7 “Ask and it will be given to you; seek and you will find; knock and the door will be opened to you. 8 For everyone who asks receives; he who seeks finds; and to him who knocks, the door will be opened.

Mt 11:28-30

28 “Come to me, all you who are weary and burdened, and I will give you rest. 29 Take my yoke upon you and learn from me, for I am gentle and humble in heart, and you will find rest for your souls. 30 For my yoke is easy and my burden is light.”

 

 

How to know God

Lingayatism Resources

 

 

 

Encyclopaedia Britannica,Inc., copyright 1993, Vol.1, pg.931, Basava

Encyclopedia of Religion Second Edition, copyright 2005 Thomson Gale a part of The Thomson Corporation, Lindsay Jones Editor in Chief, Vol.7, pg.4430, Jan Gonda

Encyclopedia of Religion Second Edition, copyright 2005 Thomson Gale a part of The Thomson Corporation, Lindsay Jones Editor in Chief, Vol.12, pgs.8043-8044, Andre Padoux