येशुसँग मेरो व्यक्तिगत गवाही

मेरो नाम रब् हो र म अमेरिकाको टेक्सस्मा बस्छु । म तपाईँलाई आफ्नो बारेमा केही बताउन चाहन्छु । म धेरैजसो परमेश्वरमा आफ्नो विश्वासबारे बताएर आफ्नो गवाहीको सुरुवात गर्छु जुन मेरोलागि निकै महत्वपूर्ण कुरा हो । बीस बर्ष अगाडी मेरो जीवनमा यस्तो समय थियो जब सबैकुरा खालिजस्तो लाग्थ्यो । जब मैले येशु प्रभुमाथि विश्वास गरेँ तब उहाँले मलाई भरिदिनुभयो । अहिले मसँग संसारले दिएकोभन्दा बढी प्रेम, आनन्द र शान्ति छ । येशु मेरो जीवन र उत्साह हुनुहुन्छ ।

यदि मैले यस्तो सत्य नपाएको भए मैले धेरै अगाडि हार मानिसकेको हुन्थेँ र अन्य विश्वासका क्षेत्रमा खोज्न थालिसकेको हुन्थेँ । तर मेरो जीवन येशुसँगको व्यक्तिगत सम्बन्धले परिवर्तन गर्यो जुन कुनै धर्म र दर्शनभन्दा धेरै माथि छ । यो कुरा सत्य र स्पर्शनीय हो । यो त्यो समयको कुरा हो जब म उहाँसँगको सम्बन्धमा निर्णय गर्ने अवस्थामा पुगें । यसले निकै थोरै समयमा मेरो व्यवहार र सोच परिवर्तन गर्यो र म सधैंकोलागि परिवर्तन भएझैँ लाग्यो । म फरक व्यक्ति बनिसकेको थिएँ, यो सबैजनाले देखिरहेका थिए र यसलाई कसैले इन्कार गर्न सक्नेथिएनन् । म फेरी जन्मेको थिएँ र मलाई थाह थियो कि यो मैले कुनै अर्को चर्च फेरेजस्तो हुनेछैन । म क्रिष्टमा नयाँ सिर्जना बनिसकेको थिएँ । मेरो जीवनका केही परिवर्तनहरु प्रगतिशील थिए भने केही तात्कालिक थिए । मैले परमेश्वरले मलाई यस्ता परिस्थितिहरुबाट उद्धार गरेको देखेको छु जुनबाट मैले आफै पार पाउन असम्भव थियो । येशुले मलाई चुरोटको नशा र व्यभिचार लगायत थुप्रै पापहरुबाट छुट्कारा पाउन मद्दत गर्नुभयो । विश्वास गरेर मेरी पत्नी मृगौलाको रोगबाट र मेरो छोरा सासप्रस्वासको रोगबाट निको भएको पनि मैले देखेको छु । मैले यदि यो लेखमा आफ्नो धारणामात्र लेखेको हुँ भने यो पढेर तपाईले आफ्नो समय खेर फाल्नुभयो । तपाईंलाई म माथि विश्वास नलाग्ला अथवा तपाईं मलाई गलत सोच्नुहोला । म केबल अनुरोध गर्दछु कि तपाईं परमेश्वरलाई आफूबारे खुलाउन र येशुको सत्य प्रकट गर्न भनेर प्रार्थना गर्नुहोस् । यो लेख पढ्नकालागि धन्यवाद दिँदै म परमेश्वरसँग प्रार्थना गर्दछु कि उहाँले यसमार्फत तपाईंलाई आशिष दिनुभएकोहोस् ।

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

jesusandjews.com/wordpress/my-personal-testimony-with-jesus/

Leave a Reply