परमेश्वरसँग व्यक्तिगत सम्बन्ध कसरी बनाउने

बाइबलले हामीलाई सिकाउँछ कि परमेश्वरले मानिस लगायत सम्पूर्ण संसारको सृष्टि गर्नुभयो । परमेश्वर पूर्ण र दोषरहित भए पनि मानिस चाहीँ दोषी छ । परमेश्वरले मानिसलाई एक स्वतन्त्र जीवको रुपमा सिर्जना गर्नुभयो र उसलाई सही र गलतबट आफै छान्ने स्वतनत्रता पनि दिनुभयो । परमेश्वरको पवित्र वचन बाइबल मानिसको निम्ति एक ज्योति हो जसले हामीलाई सिकाउँछ कि हामी सबैले पाप गरेका छौँ र परमेश्वरको महिमाबाट टाढा भएका छौँ ।

इदि मैले परमेश्वरका आज्ञाहरु ( जुन सहि जीवनकालागि आधार हुन् ) मध्ये केही भनेँ भने त्यसलाई पूर्ण रुपमा पालन गर्ने कोही पनि छैनन् । पाप भनेको परमेश्वरका आज्ञाहरु नमान्नु नै हो । परमेश्वरको नामलाई दुरुपयोग गर्नु र अरु प्रभुलाई पूज्नु पनि पाप हो । यी सबै कारणले नै मानिस आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई प्रेम गर्नबाट चुक्दछ । परमेश्वरको आज्ञा नमान्नु भनेको आमाबुबाको अनादर गर्नु , हत्या गर्नु अथवा घृणा गर्नु , परस्त्रीगमन अथवा आँखाको लालसा गर्नु , चोर्नु , छिमेकीको गलत गवाही दिनु हो । गलत अभिलाषा र प्रेरणाले गरिएका कामहरु सबै पाप हुन् ।

यी आज्ञाहरुको उल्लंघन गरेकाले नै हामी अनन्तकालागि परमेश्वरबाट छुट्यौँ । हामी हरायौँ र उहाँबाट छुट्यौँ किनभने पवित्र परमेश्वर पापसँग मिल्न सक्नुहुन्न । पापले परमेश्वरको क्रोध यहाँमात्र नभएर अनन्तमा पनि ल्याउँछ । बाइबलले त्यसलाई कहिल्यै आगो ननिभ्ने भयानक दुःखको ठाउँ भनेर बताउँछ ।

अहिले अवस्था आशाविहीन जस्तो लाग्छ तर खुशीको कुरा के हो भने परमेश्वरले आफ्नो पुत्र पठाइसक्नुभएको छ जो पापरहित हुनुहुन्छ । उहाँको काम परमेश्वर र मानिसकोबीच मध्यस्तकर्ता बन्नु थियो । यो गर्न उहाँले आफ्नो भौतिक शरीर परमेश्वरको न्याय पूरा गर्न र हाम्रो पापको ऋण चुकाउनलाई दिनुभयो ।

उहाँ मानिसकोलागि केबल मर्नु मात्र भएन , मरेकाहरुबाट ब्यूँतिनु पनि भयो । अहिले उहाँ आफूमाथि विश्वास गर्नेहरुलाई भेट्न कुरिरहनुभएको छ । त्यसैले हाम्रो मृत्युपछि पनि हामी उहाँसँग हुनेछौँ र बाइबलले यस्लाई नै अनन्त जीवन भन्दछ ।

यो सबै तब मात्रै सम्भव हुन्छ जब हामीले आफ्नो सम्पूर्ण हृदयले येशु प्रभुलाई आफ्नो मुक्तिदाता मान्छौँ र हाम्रो पाप मेटाएर परमेश्वरसँग शान्तिमा ल्याउने उद्धारकका रुपमा चिन्छौँ । हामीले उहाँलाई आफ्नो प्रभुको रुपमा स्वीकारेर उहाँका आज्ञाहरु पालन गर्नुपर्छ ।

हामीले यी कुराहरु स्वीकार गरेपछि उहाँले स्वर्गको एक टुक्रा पवित्र आत्माको रुपमा हाम्रो निम्ति पठाइदिनुहुन्छ जो हामीसँग रहेर हामीलाई परमेश्वरकालागि बाँच्न सिकाउनुहुन्छ ।

विश्वास गरेपछि पानीको बप्तिष्मा लिनुपर्छ जसलाई पानीको चिहानको रुपमा लिइन्छ । यसले नयाँ जन्मको संकेत गर्दछ जसमा परमेश्वरको काम सुरु हुन्छ र भित्रैबाट परिवर्तन भएर मानिस नयाँ बन्दछ । यो एक आत्मिक सत्य हो जुन परमेश्वरलाई स्वीकारेपछि हामीलाई थाह हुन्छ ।

यो परिवर्तन साधारण देखिएपनि महत्वपूर्ण र अर्थपूर्ण छ । येशुले तपाईँलाई यो भनेर बोलाउँदैहुनुहुन्छ “ म कहाँ आऊ । जो थकित औ कष्टले दविएकाहरु हो, म तिमीहरुलाई आत्माको निम्ति विश्राम दिनेछु । मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक । म विनयी र विनम्र हृदयको छु । अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौ । हो , मेरो काम कुरो ग्रहण गर्नु सजिलो छ । तिमीहरुलाई दिइने भार हल्का छ । ”

प्रिय मित्र यदि आज तपाईँ उहाँको आवाज सुन्दैहुनुहुन्छ भने कृपया आफ्नो हृदय कठोर नबनाउनुहोस् तर आफ्नो जीवन यस् आत्माका गोठालोलाई समर्पण गर्नुहोस् । उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र यस्तो शान्ति दिनुहुन्छ जुन बुझिनसक्नु छ , उहाँको आनन्दको वयान गर्ने कुनै शब्द छैन । यसले यो भन्दैन कि तपाईँले जीवनमा कुनै अप्ठ्याराहरु भोग्नुपर्दैन तर उहाँले भन्नुभएको छ कि उहाँले हामीलाई कहिल्यै पनि त्याग्नुहुन्न ।

अन्तमा, म तपाईँलाईँ उत्साह दिन चाहन्छु कि तपाईँ परमेश्वरसँग प्रार्थना गनुहोस् कि उहाँले आफूलाई तपाईँसामु प्रकट गर्नुभएको होस् । यदि तपाईँले इमान्दारीसाथ यो कार्य गर्नुभयो भने तपाईँ निराश हुनुहुन्न किनभने परमेश्वर भलो हुनुहुन्छ भनेर बुझ्नकालागि उहाँ आफैले तपाईँलाई उत्साह दिनुहुन्छ ।

 

 

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

jesusandjews.com/wordpress/

Leave a Reply