सबै बाटाहरुले ईश्वरकहाँ पुर्याउँछ

धेरै मानिसहरुले सतही अवलोकन मात्र गरेर यो निष्कर्ष निकाल्न सक्छन् तर सौन्दर्यता सतही मात्र भएपनि धर्म चाहिँ हुँदैन । हरेक धर्मको सतह मुनि विचार र सिद्धान्तको यस्तो दलदल हुन्छ जसले तपाईंलाई डुबाइदिन्छ ।

कुनै संस्कृतिमा ईश्वरबारे धारणा हुनु र केही कारकहरु एउटै हुनेवित्तिकै त्यो सही हो भनेर भन्नपनि त सकिन्न । संसारका धेरै धारणाहरु एक अर्काका परस्पर विरोधी छन् । यदि तपाईंले तुलनात्मक धर्म तथा संस्कृतिकोबारेमा अध्ययन गर्नुभएको छ यो निष्कर्ष थाह पाइसक्नुपर्ने हो ।

उदाहरणकालागि, सैतानको अनुसरण गर्नेहरु इसाइको विरोधी हुन्छन् र यिनीहरुबीच कुनै मेल छैन ।

धेरैले यो धारणा विभिन्न धर्मका मानिसहरुको बीचमा रहेको तनाव हटाउनकालागि पनि राखेका हुन्छन् ताकि तिनीहरुकाबीचमा रहेको दुरी मेट्न सकियोस् र धार्मिक सहिष्णुता भएको समाज सिर्जना हुन सकेको होस् ।

कोहीले भने यो विश्वास आफ्नो विश्वासलाई उचित ठहराउनकालागि पनि राखेका हुन्छन् । कसैले भने अरुबाट सुनेको कुरालाई धेरै ध्यान नदिई त्यसलाई स्वीकारेका हुन्छन् ।

“सबै बाटाहरुले ईश्वरकहाँ पुर्याउँछ” यो भनाइले आफ्नै खण्डन गर्छ । कुनै पनि काम गर्नकालागि थुप्रै तरिकाहरु हुन्छन् भनेर हामी सबै जान्दछौं । तर यदि ती तरिकाहरु नै एकअर्काका प्रत्यक्ष विरोधी छन् र छुट्टै दिशामा जान्छन् भने त तिनीहरुलाई एकै ठाउँमा ल्याउन राम्ररी मार्गनिर्देशन गर्नुपर्छ । यसो गर्दागर्दै पनि तिनीहरु भेट नभइकन जीवनमा आ–आफ्नो बाटोमा नै अगाडि बढिरहन्छन् ।

व्यवहारिक कुरा गर्ने हो भने मूलभूत हिन्दुहरुले पनि यो विचारमाथि विश्वास गर्दैनन् नत्र उनीहरुले अरु सिद्धान्तको विरोध गर्नेथिएनन् र पूर्वका गुरुहरुले पश्चिमका विचारकहरुलाई यी विचारहरु मनाउन प्रयास गर्ने थिएनन् ।

विचारहरुमा भिन्नताहरु हुनु कसै–कसैको लागि समस्या नहुन पनि सक्छ तर हाम्रो सोचले भने यो कुरा मान्दैन । मेरो अर्को लेख “हिन्दुका ईश्वरहरु”मा पनि मैले भनेको छु कि यो विचारले ती धर्म र दर्शनकालागि काम गर्छ जसको कुनै नियमहरु छैन तर वास्तवमा मानिसहरुले आफ्नो हरेक दिनको जीवनमा यस्तो तर्क गर्दैनन् ।

विपरीत विचारहरुलाई अपनाउने संस्कृतिको मानसिकता बुझ्न निकै गाह्रो हुन्छ किनभने त्यसले विज्ञान र दर्शनको विवेकी तर्कको पूरक बन्नु साटो तर्कलाई ध्यान नै दिँदैन ।

उदाहरणकोलागि तपाईं धार्मिक विश्वासको चट्टानबाट गुरुत्वाकर्षणको शक्तिले (जुन सत्य हो) नलडिकन हाम फाल्न सक्नुहुन्न ।

तपाईं विश्वासले बसको अगाडि उभिएर त्यसलाई भ्रम मानेर त्यो बसको गतिमा रहेको शक्ति जुन सत्य हो त्यसलाई अस्वीकार गर्न सक्नुहुन्न ।

हामी विली कोयोटको जस्तो संसारमा बाँच्दैनौँ जसको हजारवटा जीवन भएजस्तो लाग्थ्यो र जो अति नै गाह्रो परिस्थिथिबाट पनि मृत्युलाई झुक्याएर विना हानि फर्केर आउँथ्यो ।

www.youtube.com/watch?v=j4JbWb5xVEU&feature=fvw

यो एउटा राम्रो प्रदर्शन होला तर हामीलाई राम्ररी थाह छ कि वास्तविक जीवनको नाटकमा अभिनय गर्दा यस्तो सम्भव हुँदैन ।

दार्शनिक रुपमा कुरा गर्ने हो भने जसरी विवाह भएको अविवाहित हुँदैन त्यसरी नै शैतानिक क्रिस्टियन अथवा क्रिस्टियन शैतानिक पनि हुँदैनन् ।

अन्तमा बाइबलीय रुपमा भन्ने हो भने दुई बाटाहरु हुन्छन् जो एक अर्काका परस्पर विरोधी छन् । पहिलो जुन फराकिलो (धेरै) छ जसले विनाशमा पुर्याउँछ र अर्को जुन साँघुरो छ (एउट मात्रै) जसले जीवनमा पुर्याउँछ । येशुले भन्नुभयो कि बाटो, सत्य र जीवन उहाँ नै हुनुहुन्छ । उहाँद्वारा बाहेक कोहीपनि पिताकहाँ पुग्न सक्दैन ।

हामीलाई हिँड्नकोलागि खुट्टा दिइएजस्तै यात्राकोलागि बाटो पनि दिइएको छ । मेरो चुनौती तपाईंलाई के हो भने तपाईं फराकिलो बाटो लिनुहुन्छ जुन अरु सबै बाटाहरु मिलेर बनेको छ अथवा साँघुरो बाटो हिंड्न र खोज गर्न साहस गर्नुहुन्छ जसले तपाईंलाई सत्यमा पु¥याउँछ ।

 

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

All Paths Lead to God

Leave a Reply