के नर्क वास्तवमा छ?

मानिसहरुलाई स्वर्गको वास्तविकतामाथि विश्वास गर्न सजिलो हुन्छ तर छुट्टिएका आत्माहरु बस्ने नर्कको वास्तविकतालाई भने ध्यान दिँदैनन् । नर्क संसारको निकै विवादित विषयहरु मध्ये हो जसको बारेमा मानिसहरु कुरा गर्न पनि चाहँदैनन् र गम्भीर रुपमा कुरा गर्दा सन्देहहरु पैदा हुन्छन् । नर्कलाई नकरात्मक रुपमा हेर्ने र व्यक्तिगत भन्दा अरु धारणाले हेर्न गाह्र्रो मान्नुको कारण आफ्नो प्रतिरक्षाकोलागि हो र यो फरक विचारधाराले गर्दा आउँछ ।

कोही मानिसहरु नर्ककोबारेमा कुरा गर्दा निर्दोषपनाको खेल खेल्छन् जसरी स्कुल्जले होगनका नायकहरुमा भन्छ “मलाई केही थाह छैन”जब उसको काम असली ज्ञान दिनु थियो । तर उसको कथनबाट उसले यथार्थलाई नस्वीकारेर ऊ आफ्नो कर्तव्यबाट भागेको जस्तो देखियो । यस्तो गरेर नत उसले परमेश्वरको आज्ञा मान्यो नत उसले परमेश्वरको माफी नै पायो ।

अर्को समूहको मानिसहरु जसलाई वास्तविकता थाह छ तिनीहरुले चाहीँ बाइबलीय इसाईसँग सम्बन्धित कुराहरुलाई आफूभन्दा टाढा राख्दछ । यो तिनीहरुकोलागि अपरिहार्य सत्यबाट भाग्ने अस्थायी तरिका हो । तपाईं आजका ती ठीटाहरुलाई हेर्न सक्नुहुन्छ जो टि.भीमा पापको बारेमा भनिराखेको धार्मिक कार्यक्रम आउँदा कसरी तड्पिएर च्यानल बदलिदिन्छन् । यो हेर्दा तिनीहरुले रिमोट चलाउन सबैभन्दा तेज को छ भनेर खेल खेलेको जस्तो लाग्छ ।

पाप र न्यायको कुरा गर्दा चेतावनी दिने संकेतहरु हुन्छन् जसले परमेश्वरप्रति हाम्रो चेतना जगाउन स्पष्ट सूचना दिन्छन् र सदाकोलागि हुने दन्डबारे हामीलाई सचेत गराइदिन्छन्  रोमी २:१४–१६, १ यहुन्ना ४:१८ ।

त्यो सूचनालाई हामीले त्यसको मापदण्ड नबुझी त्यसबाट भाग्नसक्छौँ अथवा रिसाएर त्यसलाई कोठाबाट बाहिर फाल्नसक्छौं तर यसले यो वास्तविकता त परिवर्तन गर्दैन कि अब जाग्ने समय भइसकेको छ ।

यो सूचनाले घन्टी बज्ने घडीजस्तै हाम्रो चेतनालाई हाम्रो आचरन र हाम्रो सदाको नियतीप्रति हामीलाई जगाउन खोज्छ । यो जागरणलाई हामीले अज्ञानता अथवा जिद्दीले गर्दा ध्यान दिँदैनौं अथवा दिन चाहन्नौं तर यो आवाज तबसम्म चूप लाग्दैन जबसम्म हामी जीवनको वास्तविकतातिर जाग्दैनौं । मानिसहरुलाई बाइबलले भनेको नर्कलाई नसकिने यातनाको डरलाग्दो ठाउँको रुपमा बुझ्न गाह्रो भएको कारण उनीहरु नर्कको आफ्नै वास्तविकता बनाउँछन् ।

धेरैले त नर्कको विचार नै आफ्नो मस्तिष्कबाट हटाइदिएका छन् । उनीहरु सोच्छन् कि नर्कमा शैतान र खराब आत्माहरु बस्छन् अनि हाम्रा समाजका हिटलरहरु बस्छन् । अझ कोही त नर्कलाई एक ठूलो महोत्सवको रुपमा पनि लिन्छन् । कसैले भने नर्कलाई कम गम्भीर रुपमा मृत्युपछिको शुद्ध गर्ने स्थान अथवा पूर्ण रुपमा विनाश गर्ने स्थानको रुपमा लिन्छन् ।

मैले हाल मात्र हेरेको एक कार्यक्रममा स्वर्ग र नर्कको बारेमा बताइएको थियो जुन मृत्यु नजिक पुगेका मानिसहरुको गवाही र धार्मिक तथा सांसारिक अनुसन्धानकर्ताको खोजमा आधारित छ । उनीहरु यो कुरामा सहमत भए कि उनीहरुले अनुसन्धान गरिरहेका मानिसहरुको कुरा सत्य थियो र मृत्यु उनीहरुको यो अनुभव कुनै मस्तिष्कको भ्रम थिएन ।

एक शोधकर्ताले त मनोवैज्ञानिक हस्तक्षेप पनि स्वीकार गरेनन् किनभने मृत्युको बेला नर्कको बारेमा सोच्नु उहाँलाई अर्थपूर्ण लागेन । अहिलेको चिकित्सा क्षेत्रमा वैज्ञानिक विकासका कारण मरेर व्युँतिने मानिसको संख्या बढ्दो छ । अमेरिकामा मात्र यो संख्या १.२ देखि १.५ करोड छ ।

एक जना शोधकर्ताका अनुसार यस्तो अनुभवपछि मानिस धार्मिक रुपमा परिवर्तन हुन्छन् र कुनै भ्रमले मात्र त यो सम्भव हुँदैन । एक अर्का शोधकर्ता जसले ३०० भन्दा बढि यस्ता घटनाको अध्ययन गरेका छन् उनका अनुसार मानिसहरुको गवाहीमा स्वर्ग र नर्कको वयानमा धेरै फरक भने देखा परेन र त्यो बाइबलको वचनसँग पनि मेल खान गयो ।

सांसारिक उत्सव हेलोविन नजिकै आइरहेको बेलामा धेरैले नर्कलाई पनि बिदाजस्तै नै लिन्छन् । यो शैतानिक उत्सव मनाउँदा यसको आत्मिक वास्तविकतालाई मानिसले ध्यान नै दिँदैनन् । उनीहरुको लागि यो एक हानी नहुने खेल मात्र हुनसक्छ तर हाम्रो नजरबाट लुकेको शैतानिक पक्ष पनि यसमा हुनसक्छ जसले हामीलाई यो सोच्न बाध्य बनाउँछ कि नर्क र शैतान सिनेमा र प्रवचन दिने मानिसको कल्पना हो ।

नर्क पनि व्यापारिक बन्न पुग्छ र यसले हामीलाई डराउन छोडेर ह्यारी पोर्टरजस्तोलाई हाम्रो इच्छाको पात्र बनाइदिन्छ । जे भएपनि कोही मानिसहरु छन् जो नर्कको बारेमा जान्न चाहन्छन् र यसैकारण स्वर्गमा ९० मिनट र नर्कमा २३ मिनटजस्ता किताबहरु पनि प्रकाशित भएका छन् ।

म व्यक्तिगत रुपमा केही नजिकका मित्रहरुलाई चिन्छु जो मृत्युको धेरै नजिक पुगेका छन् जसमा उनीहरुले स्वर्गको अनुभव गरे । एक जना महिला त यति चकित भइन् कि उनलाई स्वर्गबाट फर्किने मन नै थिएन र म सम्झिन्छु उनले मलाई भन्थिन कि कसरी उनको पतिले उनी फर्कन नचाहेको कुरा बुझिरहेका थिएनन् । यो कार्यक्रम अन्तर्गत अरु मानिसहरुको गवाही पनि यो गवाहीसँग मेल खान्छ ।

अर्को एकजना पास्टरको पत्नी छिन् जो स्वर्ग गएर येशु प्रभुलाई भेटेर फर्केकी थिइन् । यी थुप्रै घटनाहरुमा मानिसहरुको वयानलाई पूरानो र नयाँ करारका अन्त सम्बन्धी हरफहरुसँग पनि जोडिएको छ । यो कुराको अर्को प्रमाण यो पनि हो कि यी मृत्यु नजिक पुगेका मानिसहरुलाई उनीहरु बेहोस भएको बेलामा त्यस् कोठामा के भइरहेछ त्यसको पनि जानकारी रहन्छ । उनीहरु यो पनि भन्न सक्छन् कि त्यो कोठाभन्दा बाहिर के भइरहेको छ किनभने तिनीहरुको आत्माले तिनीहरुको शरीर छोडिरहेको हुन्छ । उनीहरुले यस्तो कुराहरु पनि अनुभव गरिरहेका हुन्छन् जुन तिनीहरुको बुद्धि विचारले भ्याउँदैन । अब सांसारिक शोधकर्ताहरु मानिसको बुद्धिले नै नभ्याउने कुराको बारेमा कुनै निश्चित निष्कर्षमा पुग्न सकेनन् । मलाई लाग्छ कि यसले अझै पनि अलौकिक कुराहरुकोबारेमा कुरा गर्ने ठाउँ भने अवश्य छोड्छ ।

अब मृत्यु पछिको जीवनका बारेमा कुरा गर्दा बाइबलले नर्कको बारेमा के भन्छ भनेर हेरौं । पूरानो करारमा भनेअनुसार नर्कलाई हिबु्र शब्द ‘शिओल’बाट लिइएको हो । यो शब्दलाई व्यापक रुपमा हेर्दा चाहिँ यसले खाल्डो , लाश गाड्ने ठाउँ अथवा शारिरिक दुर्गति हुने ठाउँलाई जनाउँछ । यसले मृतकहरुको पर्खाइ अथवा छायाँरुपि अस्तित्वलाई जनाउँछ ।

अझ सुक्ष्म रुपमा भन्दा मेरो इच्छा चाहिँ मृत्युको भौतिक कुराहरुबारेमा बताउनु होइन किनभने यो हामी राम्ररी बुझ्छौँ तर आत्मिक कुराहरु बताउनु हो जुन यी अनुसन्धानका आधारमा मृत्यु नजिक पुगेकाहरुको लागि असाध्यै नै वास्तविक छ । पूरानो करारले हामीलाई नयाँ करार जति भन्दैन । नयाँ करारले चाहिँ अझ धेरै वर्णन गरेर यी कुराहरुको परिभाषा दिन्छ । मृत्युपछिको जीवनका कुराहरुको सुरुवात भने दानियलले दानियल १२:२ मा गरेका छन्ः “पृथ्वीको धूलोमा सुत्ने धुइरोहरु जाग्नेछन् , कोही अनन्त जीवनका निम्ति, अरुचाहिँ शर्म र अनन्त घृणको निम्ति ।“

यसले मृत्युपछिको जीवनबारेमा मात्र बताउँदैन तर भौतिकरुपमा ब्युँतिनेबारेमा पनि बताउँछ जुन यो लेखको प्रायोजनभन्दा बाहिरको कुरा हो । यसमा यहुदी र क्रिस्टियनहरुले पनि विश्वास गर्थे जसको प्रमाण पूरानो इज्रायलमा मरिसकेकाहरुको हड्डी भएको अस्थिपात्रले जनाउँछ । यो ब्युँताइ भने मुक्तिको अन्तिम कार्य हुनेछ जसमा येशुले भाग लिइसक्नुभएका छन् जुन मरेकाहरुबाटको पहिलो फल हुनुहुन्छ । आश्चर्यजनक रुपमा यी ब्युँतिएका शरिरहरु मानव इतिहासको समापन हुनेछ र यो क्रिस्टियनहरुकोलागि मुक्तिको अन्तिम कार्य हुनेछ । जे भएपनि दानियलको कुरा गर्ने हो भने यहाँ अनन्त जीवन बनाम अनन्त तिरस्कारको कुरो छ । अनन्तकोलागि रहने परमानन्दको घरलाई कल्पना गर्नु त सजीलो छ तर नियमहरु अनन्त र चिरस्थायी दूवै पर्याय शब्दकोलागि लागु हुन्छ नभए त धर्मशास्त्रमा लेखिएको कुरा त आफैमा नमिल्ने हुन्छ ।

पूरानो करारको हिसाबले सिओलचाहिँ पापी र धर्मी दूवैको बस्ने ठाउँको रुपमा लिइन्छ जसलाई एक दरारले छुट्याइएको हुन्छ । एकलाई अब्राहमको वक्षस्थल भनिन्छ जहाँ धर्मीहरु बस्छन् भने अर्को चाहिँ यातनाको ठाउँ हो । यी अनन्तका ठाउँहरुको राम्रो प्रदर्शन भने येशुको सुसमाचारमा गरिएको छ जसकोबारेमा हामी भविष्यमा अझै धेरै कुरा गर्छौं ।

हामीले पूरानो र नयाँ करारबाट अझ धेरै कुराहरु थाह पाउँछौँ जसले हामीलाई मृत्युपछिको जीवनकाबारेमा बताउँछ जस्तै येशुद्वारा मती २२:३२ मा प्र्रस्थान ३:६ लाई अंकित गर्दै भनिएको छ कि म नै अब्राहम, इसाहक र याकुबको परमेश्वर हुँ अनि उहाँले यो निष्कर्ष पनि निकाल्नुभयो कि उहाँ नै मरेकाहरुको नभएर जीवितहरुको परमेश्वर हुनुहुन्छ जसले यो जनाउँछ कि जीवनको दुई पाटो जीवन र मृत्युका बीचमा लगातारको अस्तित्व हुन्छ ।

त्यसैगरी पूरानो करारमा परमेश्वरले मानिसहरुलाई मृत्युको समयमा तिनीहरुको पितासामु उभ्याएको पनि लेखिएको छ । १सामुएल २८:११–१५मा सामुएल साउललाई सम्बोधन गर्न धर्तीबाट उठेर आएको पनि भनिएको छ । “जीवनको किताब”भनेर पनि उल्लेख गरिएको छ जसमा अनन्त जीवनमा प्रवेश गर्नेहरुको नाम हुन्छ र जसको नाम त्यहाँबाट हटाइएको हुन्छ त्यो चाहिँ अनन्तको पिडामा प्रवेश गर्छ । यस्ता उल्लेखहरु हामी पूरानो र नयाँ करारमा भजनसंग्रह ६९:२८, प्रस्थान ३२:३३,  फिलिपी ४:३, प्रकाश ३:५, १३:८, १७:८, २०:१२–१५, २१:२७ मा पनि पाउन सक्छौँ ।

नयाँ करारले हामीलाई नर्क र स्वर्गबारे अझै विस्तृत जानकारी दिन्छ जस्तै येशुले यी ठाउँहरुको बारे ”धनी मानिस र लाजारस”को कथामा लुका १६:१९–२१मा भन्नुभएको छ । धनी मानिस र लाजारस दुइटा विपरीत वातावरणमा छन् र उनीहरुकोबीचमा एक खाडल छ जसलाई पार गर्न सकिन्न । एउटा ठाउँ अर्काेभन्दा कसरी फरक भयो भन्दा धनी मानिस चाहिँ पिडा, प्यास र यातनामा बस्थ्यो भने लाजारस भने पूरै आराममा बस्थयो । नर्कको बारेमा भन्दा येशु र उनका चेलाहरु अर्को शब्द’हेडस्’अथवा’जेना’भनेर पनि भनेका छन् जस्तै मती ३:१२मा ननिभ्ने आगोको वर्णन, मती ८:११ले यसलाई बाहिरको अन्धकार अनि रुवाई र दाह्रा किट्ने ठाउँको रुपमा पनि वर्णन गरेको छ । मती १३:४२को अनुसार डरलाग्दो भट्टी, मती १८:८को अनुसार अनन्तको आगो, २ थेसेलोनिकि १:९ ले सधैँ बल्ने आगो, प्रकाश १४:१०-११ले सदा सदाकालागि हुने यातना, प्रकाश १९:२०ले आगोको ताल अनि प्रकाश २०:१०ले उनीहरुलाई सदाकालागि दिन रात यातना दिइन्छ भनेर भनिएको छ ।

सफा गर्ने बारेमा भने यहुदी र क्रिस्टियन धर्मशास्त्रमा केही भनिएको छैन । बाइबलले’पूनर्जन्म’कोबारेमा पनि केही बताउँदैन किनभने शास्त्रले भन्छ कि मानिसको मृत्यु हुन्छ र उसले न्यायको अगाडि उभिनुपर्ने हुन्छ जसरी हिब्रु ९:२७मा भनिएको छ । न त बाइबलले आत्माको निद्राकोबारेमा केही भन्छ जुन मानिस मृत्यु पछिको पुनर्उत्थानसँग झुक्किन्छ जस्तै २कोरन्थी५:८ले भन्छ कि शरीरबाट टाढा हुनु भनेको परमेश्वरको नजिक हुनु हो ।

यो मृत्युनजिक पुगेका मानिसहरु खालि अवस्थामा नबसेर सिधै कि त स्वर्ग कि त नर्क पुगेको अनुभव बताउँछन् र उनीहरुको अनुसार उनीहरुले आत्मिक शरीर पनि प्राप्त गरे । यस्ता अनुभव भएका मानिसहरुले पूनर्जन्मका बारेमा भने केही बताउँदैनन् । मलाई लाग्छ कि बाइबलमा भनिएका नर्कका बारेमा कुराहरु हामीलाई स्वीकार्न गाह्रो हुनुको कारण भने परमेश्वरप्रतिको हाम्रो धारणा नै गलत दिशामा निर्देसित छ । हामी भन्छौँ कि यदि परमेश्वर भलो हुनुहुन्छ भने उहाँले मानिसलाई अनन्तको लागि यातनामा कसरी छोड्न सक्नुहुन्छ तर यो कुरा भने मलाई कुनै राम्रो तर्क हो जस्तो भने लाग्दैन । त्यसैगरि मानिसले आफ्नो पापी जीवन भएतापनि आफूले गरेको पुण्यले नभइ परमेश्वरको दया र प्रेमले गर्दा अनन्त जीवन पाइन्छ भनेर विश्वास गर्न पनि गाह्रो मान्छन् ।

नर्कको बसाइको उद्देश्य सुरुमा मानिस भने अवश्य थिएन तर शैतान र उसका खसिसकेका दूतहरु थिए तर मती २५:४१ अनुसार अब त्यो ठाउँ परमेश्वरका सबै शत्रुहरुको निम्ति हो । परमेश्वरले यदि स्वर्गदूतलाई त छोड्नुभएन भने हामी त उनीहरुभन्दा तल नै राखेर बनाइएका छौं र हामीले यदि परमेश्वरको विरुद्धमा गन–गन ग¥यौं भने हाम्रो पनि के अवस्था हुन्छ भनेर हामी सोच्न सक्छौं । यदि हाम्रो जीवनको उद्देश्य परमेश्वरबाट टाढा बस्ने हो भने के हाम्रो इच्छा यो जीवनपछिको जीवनमा पनि त्यही हुनुपर्ने होइन र ? परमेश्वरले आफ्नो प्रभाव तपाईंको जीवनमा पछि किन देखाउनुहुन्छ यदि तपाईंलाई उहाँको आवश्यकता आज र अहिले छैन ? यो मृत्युनजिकको अनुभवको एक महत्वपूर्ण विषय – वस्तु यो हो कि तपाईं त्यसरी नै मर्नुहुन्छ जसरी तपाईं बाँच्नुहुन्छ र म यो भन्छु कि मृत्युपछिको जीवनबारेमा यसले धेरै कुरा बताउँछ ।

शैतानको क्षेत्र र काम गराई परमेश्वरको नियमभन्दा विपरीत छ । प्रभु ज्योति हुनुहुन्छ भने नर्क अन्धकार हो, नर्क दुःखले भरिएको छ भने स्वर्गमा दुःख र उदासीता छैन । प्रभु प्रेम हुनुहुन्छ भने नर्क वैर भावनाले भरिएको छ । स्वर्गमा शान्ति छ भने नर्क अशान्ति, पीडा र यातनाले भरिएको छ । मलाई यो कुरा मजाक जस्तो लाग्यो कि हामी प्रभुलाई हाम्रो सृष्टिकर्ता भनेर स्वीकार्न त चाहन्नौं तर स्वर्गको फाइदा चाहीँ उठाउन चाहन्छौँ रोमन १:२१ । के संसारले प्रभुलाई यस्तो ब्रहमाण्डीय बे–याजस्तो सोच्न मिल्छ ? हाम्रो आनन्दको लागि उहाँलाई प्रयोग गर्ने तर एक सम्बन्धको जिम्मेबारी भने लिन नखोज्ने , अझ हामी यस्तो सोच्छौँ कि प्रभु नै हामीसँग सम्वन्ध गाँस्न अगाडि बढ्नुपर्छ ।

यदि कुनै मानिसको सोच यस् संसारमा परमेश्वरविना बाँच्नु हो जुन परमेश्वरको स्वर्गीय नियमको विरोधी कुरा हो भने आफ्नो जीवनबाट स्वर्गीय उद्देश्य आउनसक्छ भनेर मानिसले कसरी सोच्न सक्छ किनभने उसले त प्रभुलाई आफ्नो सारा जीवन टाढामात्र राखेको छ । हामी आफ्नो ठाउँ र गल्तीको दोष प्रभुलाई किन दिने जबकी हामीसँग एक विकल्प छ जुन सजिलै प्राप्त गर्न सकिन्थ्यो । मती ११:२८–३०मा प्रभु येशुले भन्नुभयो “ मकहाँ आओ । जो थकित औ कष्तटले दविएकाहरु हो, म तिमीहरुलाई आत्माको निम्ति विश्राम दिनेछु । मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक । म विनयी र विनम्र हृदयको छु । अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौ । हो, मेरो कामकुरो ग्रहण गर्नु सजिलो छ । तिमीहरुलाई दिइने भार हलुका छ ।”

त्यसोभए नर्कको स्वाद चाख्ने मानिसहरु कस्ता छन् त? के तिनीहरु समाजका बदनाम भएका मानिस मार्नेहरु, बलत्कारीहरु हुन् ? तर येशु प्रभुले त मती ७:१३,१४मा त धेरै मानिसलाई भन्दैहुनुन्छ “साँघुरो फाटकबाट भित्र पस, जसले स्वर्गतिर पु¥याउँछ । नर्कमा जाने बाटो एकदमै सजिलो छ । अनि फाटक पनि फराकिलो छ । धेरै मानिसहरु यहीबाट पस्दछन् । जीवनको बाटोमा लाने फाटक सानो छ । अनि बाटो अति कठिन छ । केबल अल्प मानिसहरुले मात्र त्यो बाटो भेट्टाउँछन् । ”

प्रकास २१:८ले नर्कलाई कायर, अविश्वासी, चरित्रहीन, हत्या गर्नेहरु, व्यभिचारीहरु, जादु गर्नेहरु, मुर्ती पुज्नेहरु, झुटो बोल्नेहरुका लागि छुट्याएको छ जसको भागमा बलिरहेको आगो छ । १कोरन्थी६:९–१०ले नर्कमा बस्नेहरु भनेर अर्को सूची पनि बनाएको छ  “दुस्टहरु परमेश्वरको राज्यको उत्तराधिकारी बन्दैनन् भन्ने के तिमीहरुलाई थाहा छैन? धोकामा नपर : यौनबारे चरित्रहीनहरु वा मूर्तिपूजकहरु वा व्यभिचारीहरु वा वेश्यवृति गर्ने पुरुषहरु, समलिंगीहरुवा पुरुषगामीहरु, वा चोरहरु वा लोभीहरु वा मतवालाहरु वा निन्दकहरु वा लुटाहाहरु परमेश्वरको राज्यको हकदार हुन सक्दैनन ।”

हामीले धेरै कुराको उल्लंघन गरे पनि पाप र न्यायको यो नराम्रो परिस्थिति जसले हामीलाई सजिलै नर्कमा पु¥याउन सक्थ्यो अहिले एक सुन्दर उद्धारको योजनाको रुपमा परिवर्तन भएको छ जसले यी चरित्रहीन कुराहरुको सबै प्रभावलाई हटाइदिएको छ । यी मानिसहरु अहिले अचम्म तरिकाले प्रभुको माफीले गर्दा परिवर्तन भएका छन् र उनीहरुको जीवनशैली नै फरक भइसकेको छ ।

यदि तपाईंलाई लाग्छ कि तपाईंले जीवन पूरै ठीक तरिकाले जिउँदैहुनुहुन्छ भने हामीले रोमी ६:२३मा हेर्न आवश्यक हुन्छ । पापलाई वर्गीकरण गरिएको छैन त्यसैले पाप जीवनको समीकरणमा सार्वजनिक हुन्छ र कोही पनि ठीक छैन भन्नु एकदमै सर्वव्यापी र सबै सम्मिलित वक्तव्य हो । हामीले विभिन्न कुराहरु उल्लंघन गर्छौं र हाम्रो पापको परिणामलाई सहज रुपमा लिन्छौं । अरुको पाप भने हामीलाई पहाडजस्तै लाग्छ र त्यो हाम्रा साना गल्तीहरुको अगाडि निकै ठूलो देखिन्छ तर हाम्रो गल्तीहरुको सानो थुप्रो अर्को कुनै मानिसकालागि ठूलो हुनसक्छ जसको जीवन नगन्य संयोगहरुले भरिएको हुन्छ । सानो होस् या ठूलो होस् पाप भनेको पाप हो । थोरै पैसा चोर्नु र धेरै पैसा चोर्नुले तपाईलाई चोर नै बनाउँछ । एउटा झूट बोले पनि अनि धेरै झूट बोले पनि तपाईं चोर नै हो । हामी अरुसँग आफूलाई दाँजेर आफ्नो दोषमात्र मेटाउन खोज्छौं ।

अन्तमा तपाईंले परमेश्वरसामु आफ्ना राम्रा कामहरु देखाउन खोजे पनि ब्रहमाण्डको न्यायकर्ता उहाँ नै हुनुहुन्छ जसले मानिसको सोच र हृदय थाह पाउनुहुन्छ । तपाईंले आफ्नो राम्रो कामले कहिले पनि परमेश्वरलाई रिझउन सक्नुहुन्न र तपाईका राम्रा कामहरुलाई इसाहक ६४:६मा रजःस्रावका लुगासँग तुलना गरिएको छ । परमेश्वरको स्वर्गीय अस्तित्वलाई दुषित गर्नबाट हाम्रा राम्रा कामहरुले हामीलाई बचाउन सक्दैन । प्रभुकालागि पापको दुई क्षेत्रहरु छन् : एउटा पुनः निर्माण नभएको पृथ्वी र अर्को नर्क अनि आफ्नो पापबाट सफा नभएसम्म तपाईंलाई स्वर्गमा आफ्नो फोहोर लुगा झुण्ड्याउने अधिकार कहिल्यै पाउनुहुन्न ।

मैले अनादर गरेर भन्न  खोजेको होइन तर येशु नर्ककालागि मर्नुभएको चाहिँ होइन । उहाँको उद्देश्य मानिसको रुपमा हाम्रोलागि मरेर हाम्रा सबै पाप र त्यसको परिणाम आफूमाथि लिनु थियो । यदि हामी आफ्नै कर्मले गर्दा स्वर्गमा पुग्नसक्ने भएको भए त प्रभु त फिजुलमै मर्नुभयो गलाती २:२१ । हाम्रो गल्तीलाई अझै गहिरो रुपमा हेर्ने हो भने हामीले प्रभुको आदेशमात्र नमानेको होइन तर उहाँको हाम्रो उद्धारको योजनालाई पनि नस्वीकारेर अझै ठूलो गल्ती गरेका हौँ । हामीले गरेका ठूला गल्तीहरु मध्ये एक यो पनि हो कि हामीले आफ्नो पापको बलिदानको रुपमा येशुको महान र पवित्र बलिदान जसले परमेश्वरका सबै माग र अपेक्षालाई पुरा गर्छ र योभन्दा थोरै उहाँको आँखामा अस्वीकार्य हुन्छ, त्यसलाई नस्वीकारेर आफ्ना कामहरुको “तीतो” भेट दिन चाहन्छौं ।

याद राख्नुस् कि बगैंचामा गरिएको अनज्ञाको एक कार्यले मानव जातिमाथि दुष्टताको बाढी नै ल्यायो र मानिसमाथि शाप ल्यायो । अब आदमको गल्तीको अगाडि तपाईंका गल्तीहरु ठूला छन् कि साना छन् तपाईं आफैले फैसला गर्नुहोस् । अब फेरि नर्कको कुरा गर्ने हो भने धेरैजना बाइबलले भनेका कुराहरुलाई अलंकारका रुपमा लिन्छन् र यसलार्ई गाह्रो कुरा भनेर स्वीकार्न चाहँदैनन् ।

येशुले नर्कको बारेमा यस्तो नाटकीय रुपमा गरेका छन् कि अत्युक्ति प्रयोग गरेर त्यसको वास्तविकताबारे भन्न खोज्नुभएको छ जसबाट कुनै पनि हालतमा बच्नुपर्छ मती ५:२७–३० । बाइबलका यी हरफहरुलाई धेरैले शाब्दिक रुपमा लिन्छन् होला र यसले देखाउँछ कि आत्मिक रुपको यो बसाइ शरीरका भागहरु गुमाउनुभन्दा पनि कठोर र गम्भीर छ । यो कुरामा वास्तविकता नभएकोभए येशुले भन्नुहुन्थेन होला । मैले यो पनि थाह पाएँ कि “नर्क”ले आज्ञाकारिता र समर्पण प्रति प्रेरणा दिनुभन्दा पनि “प्रेम”तर्फ प्रेरित गर्नुपर्छ । मानिसमा प्रभुप्रति पवित्र डर त हुनैपर्छ तर सन्तुलित प्रेम र आदरको भाव पनि हुनुपर्छ । यसको एक राम्रो उदाहरण के दिन सकिन्छ भने परमेश्वर एक स्वर्गीय पिताजस्तै हुनुहुन्छ जसले आफ्ना सन्तानहरुको भलाईकालागि आफ्नो ज्यान पनि दिनुभयो र सन्तानहरु सुधार्नुपर्ने बाटोबाट हिँडेका छन् भने त्यो उनीहरुकै भलोकोलागि हो र प्रभुले आफै यी कार्यहरु गर्नुहुन्छ । यी सबै कुराभन्दा पनि माथि प्रभुको प्रेमिलो हात छ जसले तपाईंलाई बचाउन र सुरक्षा दिन चाहन्छ । सबै कुराहरु र प्रभुको हातले सँगै मिलेर काम गर्छन् र सन्तानलाई तालिम दिन्छन् । यदि सही तरिकाले गरियो भने प्रभुको हातलाई सन्तानले शत्रुको रुपमा नदेखेर उनीहरुलाई नै उद्धार गर्नकालागि रोकिनलाई चेतावनीका रुपमा लिनुपर्छ । आफ्नो अभिभावकलाई पूरै माया गर्ने र बुझ्ने सन्तानले यस्तो सम्बन्धलाई बुझ्छ र पिताको हात उठ्दा त्यो उसलाई माया गर्ने हात हो र ती हातहरुले आफ्नो भार देखाइरहेको छ ।

हामीलाई लाग्छ कि कुनै अभिभावकले एउटा आइरहेको गाडी अगाडि आफ्नो सन्तान दौडेर गइरहेको देख्दा केही नबोली र नगरी बस्यो भने यो एक अपराध हो । तर के तपाईं परमेश्वरलाई तिरस्कार गर्नसक्नुहुन्छ जसले तपाईंको ध्यान पाउन र अनन्तको आत्मालाई बचाउन निवेदन गर्दैहुनुहुन्छ । के तपाईंलाई यो डर अथवा तपाईंको जीवनसँग हेरफेर गरिएजस्तो लाग्छ जब उहाँले कराएर  “रोक”अगाडि खतरा छ भनेर भन्नुहुन्छ ।

एउटा बच्चाले आफ्नो पिताको आवाजमा रहेको चिन्ता र आवश्यकताबारे बुझ्छ तर प्रभुले हामीलाई नर्कको बारेमा बताउँदा हामी उहाँको हामीलाई पश्चाताप गर्ने बोलावटलाई कसरी लिन्छौँ । प्रभुले बोलाउँदै हुनुहुन्छ, अझ वास्तवमा भन्ने हो भने कराउँदै हुनुहुन्छ । के तपाईं उहाँलाई सुन्नुहुन्छ र उहाँमाथि विश्वास गर्न चाहनुहुन्छ किनभने उहाँ एक प्रेमिलो प्रभु हुनुहुन्छ ?

लेखहरुको अन्त्यमा एक ठाउँमा परमेश्वरसँग कसरी सम्वन्ध राख्नेबारे एक लेख छ जसले तपाईंलाई कसरी बच्ने र उहाँलाई आफ्नो जीवन कसरी समर्पण गर्ने भनेर मूल–भूत रुपमा बताउँछ । यो एक साधारण तरिका हो तर प्रायोजनमा भने यो अति नै गहन र जीवन परिवर्तन गर्ने छ । मलाई विश्वास गर्नुहोस् मैले यो २० वर्ष अगाडि गरेँ र म फेरि त्यो शैतानको जीवन बाँच्न कहिल्यै फर्किनेछैन । तपाईं आफ्नो मृत्युपछि कस्तो जीवन चाहनुहुन्छ ? तपाईं मृत्युपछि जीवन रोज्नुहुन्छ कि जीवनपछि मृत्यु ? किनभने पापको ज्याला मृत्यु हो तर परमेश्वरको उपहार प्रभु येशुमा अनन्त जीवन हो , रोमी ६:२३ ।

 

’नर्कमा गएका र फर्किएका’बारेमा चलदृश्य

जततउस्ररतचगतजलभत।यचनरायचगmरष्लमभह।उजउरुतयउष्अ.ढठ।ण्

youtu.be/vQ8TEGMj-jc

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

jesusandjews.com/wordpress/2009/10/29/is-hell-real/

Leave a Reply