के कुरान पवित्र छ ?

यदि हामी कुरानको पवित्रताको बारेमा विचार गर्न चाहन्छौं भने यसलाई अन्य कुनै साहित्यको अंश जस्तै विश्लेषण गरेर यसलाई प्रमाणित गर्नुपर्छ |

इस्लाम भित्र कुरानलाई एउटा यस्तो उच्च स्थान दिइएको छ कि यो आस्थालाई मान्ने धेरै मानिसहरूको बीचमा यो एउटा मूर्ती पूजाको वस्तु बनेको छ |

अझ यो बाहेक इस्लामले आफ्नो प्रेरणाको बारेमा यस्ता-यस्ता दावाहरू गरेका छन् जुन कुरालाई शास्त्रको शाब्दिक प्रमाणले प्रमाणित गर्न सक्दैन |

मैले मोर्मोनिस्म धर्मको अद्ध्ययन गर्ने बेलामा यसको इसलामका परम्पराहरूसंग केहि समानताहरू पाएँ | मोर्मोनहरू सुनमाथि लेखिएको एउटा स्वर्गीय शिलालेखमा विश्वास गर्छन् जसलाई एउटा स्वर्गीय दुतले दिएको हो र यी शिलालेखहरूलाई लिप्यांतरणको लागि सुरक्षित राखिएको छ |

अझ भन्ने हो भने जोसेफ स्मिथ एउटा साँचो विश्वास खोज्नतिर लागेका थिए र यही कारणले उहाँले कति धेरै तथाकथित साँचो विश्वाससंग सामना पनि गर्नु परेको थियो | यी सबै दिव्य रहस्योद्घाटनहरू भए पनि “मोर्मोन को किताब” कुरान जस्तै एउटा सम्पूर्ण शास्त्र अथवा कागजात भन्दा कम नै छ |

मुस्लिमहरू यो दावा गर्न सक्छन् कि कुरान सबैभन्दा सही तथा सुन्दर साहित्यको स्रोत हो जुन कुरा इस्लामको अनुसार आन्तरिक दैवी प्रेरणाको माध्यमबाट प्रमाणित हुन्छ |

मोर्मोनको किताब अहिलेसम्म लेखिएको किताबहरू मध्ये सबैभन्दा सही हो भनेर भन्ने बेलामा जोसेफ स्मिथको स्थिति पनि यहि नै रहेको थियो होला |

सहीमा भन्ने हो भने यो दुईवटै ग्रन्थ उनीहरूको दावा भन्दा त धेरै नै कम छन् किनकि दैविक स्थापनाको उनीहरूको दावामा कुनै सत्यता छैन| दावा मात्र गर्नु र वास्तवमा हुनु भनेका दुईवटा बेग्ला-बेग्लै कुराहरू हुन् र व्यक्तिले कि त यो कुरालाई प्रमाणित गर्नुपर्छ नत्र भने कम्तीमा एउटा प्रशंसनीय प्रमाण दिनुपर्छ जसले गर्दा उसको दावा प्रमाणित होस् |

सुरुवातबाट नै भन्ने हो भने कुरानको स्रोत नै एउटा एकल संस्थापकले सुरू गरेका थिए जसको आफ्नो चरित्र नै संदिग्ध छ |

यो सबै कुराको प्रकाश पाएको बेला देखि नै मुहम्मदले आफ्नो स्वयम् को विवेकमाथि शंका गर्दथे र उसलाई यो थाह थिएन कि ऊ एउटा पागल मान्छे थियो अथवा एउटा कवि थियो | ऊ आफु शैतानिक शक्तिहरूले भरिएको थियो कि भनेर आफूसंग नै प्रश्न गर्दथ्यो र यसको कारण चाहिं उसंग सम्बन्धित कति धेरै शैतानिक अभिव्यक्तिहरू थियो जस्तै मुखबाट फीज निस्किनु अथवा ऊँट जस्तो गर्जिनु | यस नवीको बारेमा एउटा अरू प्रश्न पनि छ कि अल्लाहले आफ्नो शिक्षित सत्य सुनाउनको लागि एउटा अनपढ मानिसलाई किन छान्नुहुन्छ, जुन सत्य उसको आफ्नो जीवनकालको बेला संकलित पनि गरिएको थिएन |

यो बारेमा मैंले यो लेखमा अझै धेरै चर्चा परिचर्चा गरेको छु |

के मुहम्मद एउटा झूठो भविष्यवक्ता हो?

कुरानको बारेमा अर्को एउटा कुरा यसमा लेखिएको कुराहरूको मौलिकताको बारेमा हो किनभने यसले आफ्नो साहित्य अरू स्रोतहरूबाट लिएको छ | यी स्रोतहरू बाइबल तथा अन्य विधर्मी पाठहरू हुन् जस्तै जुदेव इसाईको मनगढ़ंत साहित्य जुन विश्वास भन्दा बाहिर थिए भनेर उनीहरूको मान्यता थियो किनकि यिनीहरूमा दैविक प्रेरणा थिएन | यी लेखहरूलाई यहूदी र इसाई संस्कृतिभन्दा बाहिर गरिएको थियो र यिनीहरूलाई कहिल्यै पनि गम्भीर रूपमा लिईएन |

यी लेखहरू भन्दा बाहेक यसमा फारसी पारसीक मौखिक परम्पराहरूका प्रभाव थियो जसलाई पनि कुरानको लेखहरूमा सामेल गरिएको थियो |

त्यसो भए अल्लाहले आफ्नो स्वर्गीय संदेश कसरी सांसारिक दुत र मानव परम्पराहरूबाट उधारो लिन सक्छन ?

मानिसले आफ्नो कल्पना अथवा आविष्कारबाट कस्तो पूर्णता अथवा चमत्कार पाउने आशा गर्न सक्छ जसलाई समाजले अस्वीकार गरिदियो किनभने त्यो साहित्य त पूर्ण थिएन ?

यदि इस्लाम सर्वोच्च धर्म हो भने यसको आफ्नै स्रोत सामग्रीको उत्पत्ति किन भएन र यसले अन्य धार्मिक आन्दोलनको इतिहास र संस्कृतिबाट बचेका कुराहरू किन उधारो लियो जुन इस्लामको आफ्नै समयका थिए ? यो कस्तो मौलिकता हो ?

एउटा अर्को प्रश्न पनि उठ्छ कि मानिएको पवित्र पाठ हड्डी, लट्ठी, छाला, पात, तथा चट्टान जस्ता कमजोड र अल्पविकसित कुराहरू माथि किन निर्भर छ |

कुरानलाई स्मृति र भाषण जस्ता अविश्वसनीय  गवाही द्वारा एकजुट गरिएको थियो र यसको शुद्धता र यथातथ्यतालाई बचाएर यसलाई खस्नबाट बचाउनको लागि यो पूरै याद हुनु आवश्यक छ |

त्यसोभए यो पुस्तकलाई “सबै पुस्तकहरूको आमा”को रूपमा वर्णित गर्ने पर्याप्त प्रमाण छ अथवा यो वास्तवमा मात्र एउटा प्राचिन साहित्यको अन्य कुनै भाग भन्दा अलग छैन |

यो कुरा त कहिल्यै प्रमाणित भएन कि कुरान मुहम्मदको जीवनको बेला अथवा उसको मृत्यु पछि तुरुन्तै एकजुट गरिएको थियो, बरू प्रमाणबाट के थाह हुन्छ भने यस नवीको मृत्युको १५० देखि २०० वर्ष सम्म यसको विकास गरियो र आठौँ अथवा नवौं सताब्दीमा यसलाई बाहिर ल्याइएको थियो |

विध्वानहरूको यो निस्कर्ष छ कि कुरानका कुराहरू कुनै एक मानिसद्वारा नभएर बरू सय अथवा दुई सय वर्षको अवधिमा मानिसहरूको एउटा समूहद्वारा एकजुट गरिएको थियो |

कुरानको सबै भन्दा पुरानो प्रति इस्वी संवत ७९० मा मेल लिपिमा लेखिएको थियो जुन मुहम्मदको मृत्युको लगभग १५० वर्ष पछिको कुरा हो |

यहाँसम्म कि कुरानको सबैभन्दा पुरानो पाण्डुलिपिले नै उसलाई मुहम्मदको समय भन्दा लगभग सय वर्षले अलग गरिरहेको छ |

यसबाहेक उथमानका प्रतिहरू पनि अब अस्तित्वमा छैनन् जसको बारेमा इस्लामी विध्वानहरूले अन्यथा दावा गर्छन् तर वास्तविकता भने यो हो कि जुन कुफिक लिपि यी विवादास्पद ग्रन्थहरूमा प्रयोग गरिएको छ त्यो त्यस समयमा प्रयोगमा थिएन र उथमानको मृत्युको १५० वर्षसम्म पनि देखिएको थिएन |

अझ यो पनि मानिन्छ कि अरबी भाषा अल्लाहको स्वार्गीय भाषा हो र कुरानको पनि सुरुवात अल्लाहसंग नै भएको थियो, यदि यो सबै सही हो भने किन कुरानले आफ्नो कुराहरू भन्नको लागि अकादियन, अश्शूरि, फ़ारसी, सिरिएक, हिब्रू, ग्रीक जस्ता विदेशी भाषाहरूको उपयोग गरेको छ |

यदी कुरान यति धेरै प्रमाणिक छ भने त्यसको एउटा मूल पाठ अहिले सम्म पनि उपलब्ध किन छैन जबकि इस्लामको सुरुवात देखि नै रहेका सबै दस्तावेज एकदमै सुरक्षित छ? निश्चित रूपमा अल्लाहले आफ्नो सम्प्रभुतामा आफ्नै पवित्र पाठको संरक्षण निश्चित रूपमा गर्न सक्नुहुन्थ्यो |

कुरानको इतिहासको सम्बन्धमा यो मानिएको छ कि यसको संरचना जैद इब्न थाबित अन्तर्गत भएको थियो जो मुहम्मदको लागि एउटा निजी सचिव थिए | अबु बकरको निर्देशन अनुसार जैद मुहम्मदका कुराहरू लिएर एउटा दस्तावेज तयार गरेका थिए |

यसको नतीजा हेर्ने हो भने उथमानको शासनकालको क्रममा त्यहाँको तेस्रो खलिफाले जानेर अनि बुझेर यो प्रयास गरे कि कुरानलाई मानकीकरण गरिओस् र पूरै मुस्लिम समूदायमाथि यो दस्तावेज लागु गरिओस र यसको लागि जैदका त्यही दस्तावेजहरूको अन्य प्रतिहरू पनि बनाइयो र सबै प्रतिस्पर्धी दस्तावेजहरूलाई नस्ट गर्ने प्रयास पनि गरियो |

अब यो पाठलाई कसले मानक भन्न सक्छ किनकि यसमा एउटा मानिसलाई अन्तिम अधिकार दिइएको थियो जसको बनाम ती सबै विश्वासीहरूको समुदाय थियो जसमा कति धेरै मुहम्मदका व्यक्तिगत साथीहरू पनि थिए |

अब हामीसंग यो पहिले देखि नै भएको पाठको प्रति माथि प्रतिहरू छन् | हामीलाई यो कसरी थाह हुन्छ कि हामीसंग भएको दस्तावेजले वास्तवमा कुरानको प्रतिनिधित्व गर्छ अथवा गर्दैन र के मुहम्मदले पनि यो दस्तावेजको सम्पूर्ण सामग्रीलाई मान्यता दिन्थे होला ?

यो बाहेक धेरै प्रमाणहरूलाई नष्ट गरिनुका कारण अमिश्रित पाठलाई पुनर्निर्माण गर्ने एउटा कुनै सटीक तरिका पनि त छैन |

ज़ैद, अब्दुल्ला इब्न मसूद, अबू मूसा, र उबय्यका अहिले भएका पाठहरूको बीचमा पनि मतभेद छ | तिनीहरूमा विचलन र विलोपन पनि थिए तैपनि यी पाठका सृस्टिकर्ता मुहम्मदका सम्बन्धमा एक विश्वसनीय व्यक्ति थिए |

अब्दुल्लाह मसुदलाई मुहम्मदद्वारा कुरान पाठको एउटा शिक्षकको रूपमा नियुक्त गरिएको थियो र उब्यय नवीका एउटा सचिव पनि थिए |

मेरो प्रश्न यो मात्र हो कि नवीका चेलाहरूको बीचमा नै कसको पांडूलिपि सही अथवा अधिक आधिकारिक थियो ?

शुद्धताको अन्तिम प्राधिकारी बन्नको लागि उथ्मान को थिए जबकि अन्य प्रमाणिक ग्रन्थहरू पनि छन् जसलाई अन्य समुदायद्वारा मान्यता प्राप्त थियो |

यो बाहेक पाठ संकलित गर्ने समयमा जैदले “ढुंगाले हान्नु” संग सम्बन्धित केहि कुराहरू त्यहाँ राख्न बिर्सिए |

यी सबै पाठहरूलाई एकजुट गर्नको लागि गरिएको संघर्ष पछि अल हज्जत द्वारा यसको समिक्षा र संशोधन गरियो जो त्यहाँका गवर्नर अथवा कुफा पनि थिए |

उसले सुरुमा ११ वटा ग्रन्थमा संशोधन गर्यो र अन्तमा आफ्नो परिवर्तनलाई  कम गरेर ७ मा मात्र सिमित गरिदियो |

यो कार्य पछि हफ्साह पाठ जुन मूल दस्तावेज थियो र जसबाट अन्तिम पाठ लिइएको थियो, त्यसलाई मिर्वानले नष्ट गरिदिए जो मदीनाका गवर्नर थिए |

यस बाहेक कुरानमा अभिनिषेधका धेरै घटनाहरू छन् जुन आन्तरिक विरोधाभासको लागि राखिएको थियो र यसलाई सुधारको रूपमा व्याख्या गरिएको छ |

म त यही नै सोचिरहेको छु कि पहिले देखि नै पूर्ण कुरालाई तपाईं कसरि सुधार गर्न सक्नुहुन्छ किनकि यस रहस्योद्घाटनलाई अगाडी आउन केवल २० वर्ष मात्र लाग्यो र यसलाई आफ्नो सांस्कृतिक मानकहरूको विकासको आवस्यकता पनि परेन |

अभिनिषेधको संख्या ५ देखि ५०० को बीचमा छ | धेरै मानिसले यो भन्छन कि यो २२५ को नजिक छ | हामीलाई यहाँबाट यो थाह हुन्छ कि अभिनिषेधको विज्ञान वास्तवमा एउटा अयथार्थ विज्ञान हो, किनभने कसैले पनि वास्तवमा यो जान्दैन कि त्यहाँ कतिवटा छन्द निराकृत छन् |

अझ, आन्तरिक विरोधाभास भन्दा यसमा वैज्ञानिक तथा व्याकरणक त्रुटीहरू पनि छन् |

यी भिन्नताहरू बाहेक हदीथहरूको बढ्दो संख्या पनि छ जुन अचानक ९औं सताब्दीमा देखिए जुन यो घटनाभन्दा २५० वर्षपछिको कुरा हो |

मौलिक रूपमा ६००००० वटा हदिथका भनाईहरू त्यो समयमा प्रचलनमा थियो जसमध्ये ७००० भन्दा अलि बढि मात्र बच्यो र बाँकी ९९ प्रतिशतलाई गलत भनेर हटाइयो |

त्यसो भए यदि ९९%लाई गलत भनियो भने बाँकी १% माथि हामीले कसरी भरोसा गर्न सक्छौं जसलाई अल बुखारीले मंजूरी दिएका थिए ?

मुस्लिम परम्परा कथा भन्नेहरूले गर्दा अथवा कुस्सासको मौखिक संचरणले गर्दा पनि विकसित भएको हो जसलाई आठौँ सताब्दी पछि एकजुट गरिएको थियो | यी कथाहरूलाई साधारण लोकगीतहरूबाट लिइएको थियो र यस प्रकारले इस्लाममा एउटा ठुलो विरूपण आयो |

यसबाहेक यदि तपाईंले कहिल्यै टेलिफोनको खेल खेल्नुभएको छ अथवा एकले अर्को लाई कुनै एउटा कुरा सुनाउंदै एउटा ठुलो समूहमा सुनाउनुभएको छ भने धेरैजसो अन्त्यमा सुन्ने मानिसले सुरुवातमा भन्दा एकदमै अलग्ग कथा सुन्ने गर्छन् |

अब सय अथवा दुई सय वर्षमा यदि यो कुरा फैलिएको हो भने तपाईंलाई के लाग्छ यसको अन्तिम परिणाम के होला ?

कुरानलाई अल्लाहको खाका मान्नु अथवा यो भन्नु कि यसको कुनै साहित्यिक बराबरी छैन र यो सबैभन्दा ठुलो चमत्कार हो भन्नु धेरै नै विषयहरूमा निराधार छन् |

कुरानले उत्तरको तुलनामा अति नै धेरै प्रश्नहरू छोड्छ |

के कुरान साहित्यको एउटा शानदार टुकडा हो अथवा यो आफ्नो प्रसिद्धिको दावाहरू भन्दा कम नै छ ?

के यो साहित्यको अन्य कुनै टुकडासंग बराबरी नै गर्न नसक्ने गरि सुन्दर छ ? यो कुरा त हेर्नेहरूकै लागि छोडिएको एउटा विचार हो जसरी अरू धेरै वटा शास्त्रीय साहित्यलाई पनि छोडिएको छ, जसबाट कुरानले आफ्नो आधार लिएको छ र अरूहरूको विचारको आधारमा साहित्यिक क्षेत्रभन्दा पनि बाहिर जान्छ |

एउटा किताब जसलाई अरू कुनै पुस्तकको अगाडी दोस्रो नमानिनु पर्ने हो भनिएको छ, त्यसलाई धेरै नै ठाउँहरूमा असम्बद्ध र गलत तरीकाले सम्पादित गरिएको छ र कुरान यस्ता मानिसहरूको आलोचना र जांचमा पास हुनको लागि सक्षम पाइएको छैन जो यसको प्रामाणिकतालाई आफ्नो उद्देश्य बनाएर हेर्नको लायक छन् |

विश्वासको समुदाय भित्रका मानिसहरूका लागि त आज्ञाकारी बनेर मूर्ख रूपले यसको सबै कुराहरू मान्नु आवश्यक छ जसले यसको पूजा गर्ने मानिसहरूलाई यसको वास्तविक लेखको बारेमा गम्भीरतासंग सोच्ने मौका दिंदैन |

यसको लेखमाथि प्रश्न उठाउनु भनेको अल्लाह र उनको नवी माथि प्रश्न उठाउनु हो जुन मुस्लिम सोच भन्दा धेरै नै बाहिरको कुरा हो र यसलाई विश्वासघात र अवज्ञाको रुपमा हेरिन्छ जसको परिणामस्वरूप अनन्तका नतीजाको साथमा अरू गम्भीर परिणाम पनि हुन्छ |

तपाईं यो भन्न सक्नुहुन्छ कि कुरान इस्लामको संक्रमणकालको यो सबै चरणहरूबाट बच्यो र यो सबै प्रमाण भएर पनि कुरान एउटा दिव्य रहस्योद्घाटन हो भनेर विश्वास गर्नु मेरो लागि एउटा चमत्कार नै हुनेछ |

अन्त्यमा म कुरानको बारेमा अरू कुनै पनि टिप्पणी गर्न चाहन्न | म केवल एउटा कुरा मात्र भन्न चाहन्छु कि मलाई आशा छ कि मैले आफ्नो सीधा कुरालाई बढाएर र कुराहरू आफ्नो तर्फबाट थपेर भनेको छैन र मैले आफ्नो मुस्लिम साथीहरूप्रति अनादर देखाएको छैन |

यो गर्नु निकै नै कठिन छ किनकि जब कुनै धर्म मानिसको मानसिकता र विश्वासमा गहिरो रूपमा गडिएको छ भने यसलाई मानसिकताको नै एउटा चुनौतीको रूपमा लिइन्छ र धेरैजसोले यसलाई खतरा अथवा शत्रुताको रूपमा नै लिन्छन् |

तपाइंले जुन पाठलाई पवित्र मान्नुहुन्छ त्यसको दिशामा तपाइंको शंका नबढाएर मैले यदि तपाइंको रिसलाई मात्र बढाएको छु भने म चाहन्छु कि मलाई कृपया माफ गरिदिनुहोस्|

मेरो इच्छा कसैको अपमान गर्नु होइन तर सत्यको रक्षा गर्नु हो र सत्यको बाटोमा हिंड्नु हो र त्यो बाटोमा हिंड्नु हो जहाँ सत्यले हामीलाई अन्तत: डोर्याएर लान्छ|

अन्तमा मा यो विषयमा अझ धेरै जानकारीको लागि स्मिथ द्वारा लेखिएको लेखहरू पढ्ने सल्लाह दिन्छु जसको बारेमा मैले माथि पनि भनेको छु|

 

 

परमेश्वरसंग कसरी एउटा सम्बन्ध बनाउने?

 

अन्य संबंधित लिंक

मुस्लिम र इस्लामी संसाधनहरू

येशु र इस्लाम

jesusandjews.com/wordpress/2009/11/09/is-the-quran-sacred/

Leave a Reply