के काबा पवित्र छ?

 यो त सत्य कुरा हो कि इस्लामले अल्लाहलै साँचो परमेश्वर को रूपमा अपनाएको छ, तर अहिले पनि आफ्नो बहुदेववादी अतीतलाई उनीहरूले आफूबाट अलग गर्न सकेका छैनन्|   

काबा मक्कामा स्थित घनजस्तो एउटा भवन हो जुन इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र थलो हो तर इस्लाम को आगमन भन्दा अगाडी यसलाई एक मन्दिरको रूपमा प्रयोग गरिएको थियो|

यो संरचनाको आधारशीला एउटा कालो उल्का हो जुन स्वर्गबाट खसेको थियो भनेर भनिएको छ र यो पनि भनिएको छ कि यो मानव पापको अँध्यारोसंग सम्बन्धित छ| आज मुसलमानहरूले हजको बेला यसलाई पूजा गर्छन अथवा पूजाको एक अधिनियमको रूपमा यस ढुंगाको चुम्बन गर्छन|

पूरानो इस्लामिक संस्कृतिमा प्राचिन अरबहरू वस्तुकामुक थिए जो यस कालो ढुंगालाई आफ्नो प्रथा अथवा कर्मकान्डको एक भागको रूपमा मूल्यवान मान्दथे|

अरबहरू ढुंगाका उपासक थिए जसमा उनीहरूको आदिवासी समूहहरूको काबाको आफ्नै अभयारण थियो जसले आफ्नै कालो ढुंगाको पूजा गर्दथे|

काबासंग जोडिएको अनुष्ठान मन्दिरको परिक्रमा हो| यो बुतपरस्त अभ्यासको सुरुवात कसरी भयो भन्ने बारेमा एउटा सिद्धान्त छ कि आदिवासी समूहहरूले काबाको परिक्रमा गर्दथे र यो कुरा चन्द्रमा, सूर्य र ताराहरूको पूजासंग सम्बन्धित छ| यो अभ्यासको क्रममा यस ढुंगामा देवता अथवा आत्माको निवास मानिएको थियो र यसलाई चुम्बन पनि गरिन्थ्यो| उनीहरू यो सोच्दथे कि यस ढुंगालाई छुनाले अथवा चुम्बनले आशिर्वाद पाइन्छ|

काबाको कालो ढुंगाको बारेमा यो बाहेक चन्द्रमा भगवानको पूजासंगको सम्बन्ध पनि थियो|

अरब संस्कृतिको उनीहरूको प्राचीन बुतपरस्त अरब समाजको बारेमा भन्नुपर्दा अतीतसंग जोडिएको अरू कुराहरू पनि छन् जस्तै मीना माथि ढुंगा “भाग” सफा र मारवा जसलाई केवल काफिरको दुइटा मूर्तीको बीचमा चलाउनको प्रयोग गरिएको थियो र यो कानूनको एउटा नवीकरण हो, र अन्तमा “स्तूती गर” जुन आफ्नो मृत पूर्वजहरूको प्रसंशा गर्नको लागि प्रयोग गरिन्थ्यो र अब यो कार्यले अल्लाहलाई झन् प्रसंशाको साथ् पुन: निर्देशित गरेको छ|

अरब संस्कृति आफ्नो बुत्परस्त अतीतबाट अलग हुन पाएको छैन तर उनीहरू आफ्नो एकेश्वरवादको नया व्यानर मुनि सबै कुरा भएको दावा गरेका छन्| इस्लाम धर्ममा अरब संस्कृतिलाई मिसाउने यो अभ्यास आफ्नो धार्मिक घटकको लागि शुद्धता नभएर झन् एउटा मिलावट जस्तो लागिरहेको छ र काबा एउटा प्रमुख स्तम्भको रूपमा रहनुले यो थाह पाइन्छ कि उसको धार्मिक संरचनामा केहि गलतीहरू छन्|

त्यसो भए एउटा साँचो श्रद्धाको रूपमा आफ्नो पहिचान बनाउने कुरामा इस्लाम कति टाढा पुगेको छ? यो त स्पस्ट छ कि यसको संरचना जुदेव इसाई विश्वासबाट उद्धार लिइएको छ र यसले आफ्नो बुत्परस्त अतीतले आफूलाई भरेको छ?

के यो वास्तबमा साँचो श्रद्धा हो अथवा अन्य विभिन्न धार्मिक दुनियाबाट लिइएको स्थानीय धर्मको अभ्यासबाट एकजुट गरिएको विचारहरूको समूह हो?

के तपाईं इस्लामलाई आफ्नो पूरै हृदयाबाट स्वीकार गरेर यसलाई अपनाउनकोलागि तैयार हुनुहुन्छ जो आफ्नो नराम्रो इतिहासबाट अलगिन पाएको छैन? के इस्लामले मूर्ति पूजालाई एउटा नया रुप दिएर यो स्वर्गदुत द्वारा दिइएको एउटा नया धर्मको रूपमा स्थापित छैन? इस्लामको कपडाको पछाडी देवताहरूको एउटा टोटेम पोलको विरुद्धमा अध्यक्ष मूर्ति लुकेको छ|

यो लेख लेख्ने क्रममा मैले बेग्ला-बेग्लै यससंग सम्बन्धित धेरैवटा संसाधनहरूलाई जम्मा गरें र डाटा संकलन गरेर एउटा इमान्दार र निस्पक्ष मूल्यांकन गर्ने प्रयास गरेको छु|

म चाहन्छु कि तपाईं यस लेख को सामग्रीलाई केवल मानहानीको साधनको रूपमा खारिज नगर्नुहोस्| म तपाइंलाई यो बारेमा आफ्नो स्वयम्को अनुसन्धान गरेर एउटा खुला मन राखेर सोच्नको लागि प्रोत्साहित गर्दछु|

यो लेखको माध्यमले मैले इस्लामी विश्वासको लागि एउटा चुनौती पेश गरेको छु, र मैंले अनावश्यक बदनामी तथा मुसलमानहरू र जसलाई तिनीहरूले पवित्र मान्छन उनीहरू माथि झूठो आरोप लगाउने प्रयास गरेको भने होइन| म जान्दछु कि मेरा धेरै मुसलमान साथीहरूले परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले मान्छन् र म यो कुराको पूर्ण रूपमा सम्मान गर्दछु| तैपनि म उनीहरूलाई तथ्यात्मक जानकारी दिएर उनीहरूलाई निष्ठाको बारेमा निर्णय बनाउनमा मदत गर्ने प्रयास गर्न चाहेको छु|

अन्त्यमा, यदि तपाईं एक मुस्लिम हुनुहुन्छ भने म तपाईंलाई प्रोत्साहित गर्दछु कि प्रार्थनाको माध्यमबाट तपाइंले इस्लामी विश्वास र अभ्यासको बारेमा रहेको सत्यको बारेमा परमेश्वरसंग सोध्नुहोस|

 

 

परमेश्वरसंग कसरी एउटा सम्बन्ध बनाउने?

 

अन्य संबंधित लिंक

मुस्लिम र इस्लामी संसाधनहरू

येशु र इस्लाम

jesusandjews.com/wordpress/2009/07/19/is-the-kaba-sacred/

 

Leave a Reply