इस्लाममा ईमानदारी

सत्य एउटा यस्तो गुण हो जससंग अभिनिषेध र तक्किया ‘कवर अप’ जस्ता अवधारणाको प्रयोग गरेर इस्लामिक व्यवहारमा सम्झौता गरिएको छ |

तक्किया एउटा यस्तो विचार हो जसको प्रयोगले गर्दा इस्लामको राम्रो नामलाई बचाएर राख्नको लागि झूठ बोल्न र अरूहरूलाई धोखा दिने अनुमति दिइन्छ |

यसले आवस्यकता अनुसार यदि कुनै प्रकारको खतरा अथवा चोटको आभास भएमा कुनै पनि धार्मिक विश्वास र आवश्यकतालाई इन्कार गर्ने अनुमति पनि दिन्छ जसमा आफ्नो विश्वासलाई सम्पूर्ण तरिकाले इन्कार गर्नु पनि छ र यो कुरा सूरा १६:१०६ द्वारा मन्जूर गरिएको छ |

यसबाहेक यसमा कसम खानु पनि सामिल छ जसलाई मुस्लिम विवादकर्ताहरूको बीचमा उनीहरूको विश्वासलाई बचाउनको लागि कुरानको कुनै भागलाई लुकाउन अथवा गलत भन्ने आवश्यकता परेमा एक माध्यमको रूपमा पनि प्रयोग गरिएको छ र यसलाई त्यो समयमा पनि प्रयोग गर्न सकिन्छ जब आफ्नो विश्वासको रक्षा गर्ने आवश्यकता होस् र इस्लामलाई अगाडी बढाउने कुरा होस् |

अझ, मलाई त यो लाग्छ कि यही भ्रामक व्यवहारको कारणले नै मेरा धेरै मुस्लिम साथीहरूले आधारभूत इसाई सिद्धान्तलाई गलत सम्झिन्छन् |

यो बाहेक यसमा अभिनिषेधको सिद्धान्त पनि छ जुन पुरानो करारलाई नया करारसंग बदल्ने एउटा सजिलो तरिका हो र तैपनि यदि कुरानलाई अनन्त शब्दहरूको परिपूर्ण कार्बन कपि भनिन्छ भने यसलाई संसोधित किन गरिन्छ किनभने साँच्ची भन्ने हो भने यसको प्रत्येक शब्द श्रुतिलेख हुनुपर्ने हो | अझ यी निराकृत छन्दहरू धेरैजसो यस प्रकारले अद्ध्रित गरिएको छ जसले गर्दा कुराहरू अस्पष्ट र अनिश्चित लाग्छन् र यो पनि तक्कियाको एउटा अंश हो | त्यसै कारणले एक व्यक्तिले उसको लाभको लागि सजिलैसंग दुईवटै पक्षको उपयोग गर्न सक्छन् |

त्यसो भए यदि यी प्रथाहरूलाई नीयोजित गरिन्छ भने एउटा इमान्दार मुस्लिम उपासक कसरी यो कुरालाई लिएर आश्वस्त हुन सक्छ कि उसलाई जे भनिन्छ त्यो साँचो कुरा हो ? यो बाहेक उनीहरू यो कुरा माथि पनि कसरी विश्वास गर्न सक्दछन् कि इसाई धर्म वास्तवमा झूठो हो ? यदि कुरानका कुराहरूलाई बाङ्गो बनाएर गलत रूपले प्रयोग गर्न सकिन्छ भने यो कुरा इसाई र यहुदीहरूलाई बाइबललाई गलात ढंगले चलाएको भनेर लगाएको आरोप अथवा ‘तहरीफ’भन्दा कसरी फरक छ | विडम्बना यो हो कि सूराले पहिले चाहिं शास्त्रहरूको पुष्टी गर्यो तर पछि भने यो कुरालाई इन्कार गर्यो तर यसबारेमा बाइबलले भने आफ्नो सुरुवात र अन्तिम निर्णयमा फरक गरेन | त्यसैले सुरुवात देखि नै उनीहरू कि त सहि थिए अथवा गलत थिए किनभने उनीहरूलाई परिवर्तन गर्ने कुनै बाटो थिएन र यस्ता हजारौं बाइबलीय पाण्डुलिपिहरू छन् जुन इस्लामको समय देखि नै पुनार्दिनंकित छन् र जुन हाम्रो आधुनिक संवादसंग पनि मेल खान्छन् | यसमा कति धेरै पूर्व इस्लामिक लेखहरू पनि छन् जुन प्राचिन चर्चका पादरीहरू द्वारा लेखिएको थियो र जसले धर्मग्रन्थको सन्दर्भलाई प्रयोग गरेको छ र जसले लगभग स्वतन्त्र र सम्पूर्ण रूपले इस्लामको सुरुवात हुनुभन्दा धेरै समय अगाडि देखि नै यी बाइबलीय परिच्छेदहरूलाई दोहोर्याउँछन् | यति मात्र होइन तर इसाई र यहुदीहरू जो मूल रुपले नै एक अर्का भन्दा यति धेरै अलग छन् उनीहरूको लागि यो कुरा कत्तिको सम्भव छ कि उनीहरू एक अर्का संग मिलेर तनाख अथवा पुरानो करारलाई बदलिन सक्छन् र त्यसै पनि यी दुईवटै समूहहरूको बीचमा धर्मग्रन्थ त लगभग उस्तै छ | मैले यो बारेमा एउटा पोस्ट लेखेको छु जुन तपाईंले यहाँ पाउन सक्नुहुनेछ |

Is The Bible Reliable

अन्तमा यदि तपाईं यो सबै कुराहरूमा विश्वास गर्नुहुन्छ भने विशेष रूपले कसले शास्त्रहरूलाई बदल्यो, कुन शास्त्र बदलियो र यो कहिले भयो ? अझ इस्लामी सोच भन्दा बाहिर यो कुराको के प्रमाण छ जसले यो दृश्यसंग मेल खान्छ ?

त्यसो भए निस्कर्षमा तक्किया ‘कवर अप’ र अभिनिषेध को अवधारणा केवल आभास हो जसले विषयगत प्रणालीको समर्थन द्वारा एउटा झूठो विश्वासको प्रणालीलाई समर्थन गर्दछ र परमेश्वर अनि साँचो धर्मलाई झूठो तरिकाले प्रस्तुत गर्दछ |

अन्तमा म तपाईंलाई यो सोध्न चाहन्छु कि यस प्रकारको झूठो व्यवहारलाई मान्ने विश्व विचारमा के तपाईं आफ्नो आत्मालाई सुम्पिन र आफूलाई त्यस्तर्फ प्रतिबद्ध गर्न चाहनुहुन्छ ?

 

 

परमेश्वरसंग कसरी एउटा सम्बन्ध बनाउने?

 

अन्य संबंधित लिंक

मुस्लिम र इस्लामी संसाधनहरू

येशु र इस्लाम

Honesty in Islam

 

 

Beyond Opinion, Sam Soloman Ch.4, Copyright 2007, published in Nashville Tennessee, by Thomas Nelson

Leave a Reply