हिन्दु ईश्वरहरु

हिन्दु धर्मभित्र मानिसहरुका विभिन्न विचारहरु हुन सक्छन् । कोही ईश्वरमाथि विश्वास गर्दैनन् भने कोही ३३ करोड ईश्वर हुन्छन् भनेर विश्वास राख्छन् । यी विभिन्न ईश्वरबारे विचारहरुमा अझ धेरै आयामहरु पनि हुन्छन् जसमा एकसत्तावाद, सर्वेश्वरवाद, जीववाद आदि छन् ।

धेरै ईश्वरहरु भएको विश्वासलाई विश्लेषण गर्दा त्यहाँ थुप्रै विरोधी विचारहरु हुन्छन् जसले विवेकपूर्ण तर्कलाई स्वीकार नै गर्दैनन् ।

यी धेरैजसो देवताहरु छुट्टा छुट्टै जातिहरुको विश्वास र ऐतिहासिक कुराहरुमा आधारित भएकाले पक्का रुपमा मान्न सकिन्न । यिनीहरुको अस्तित्व विश्वास अथवा अन्धविश्वासको दन्त्यकथामा आधारित छन् ।

आफ्नो जीवन कुनै यस्तो कुरामा आधारित बनाउनु जसको बारेमा जानकारी पाउन पनि गाह्रो छ र जो न्यायसंगत छैन, यो मानव विवेककोलागि एक धोका हो । यसले हिन्दु विश्वासलाई चेतनाहीन विचारहरुको आत्मिक संस्कृतिको संस्थाजस्तै बनाइदिन्छ ।

धर्म र दर्शनभन्दा बाहिर रहेर सोच्दा मलाई यो लाग्दैन कि यस्तो असन्तुष्टपूर्ण विश्वास राख्ने मानिस आफ्नै हरेक दिनको जीवनमा यो विश्वासमा आधारित रहेर बाँच्न सक्छ । आखिरमा तपाईं कुनै हिन्दु इन्जीनियर, जसले हिन्दु विश्वासका आधारमा गणितिय समिकरण गर्छ उसलाई आफ्नो घर बनाउन दिनुहुन्छ । वास्तवमा यसले तपाईंलाई बस्न नसकिने अज्ञानताको हुरीले भत्किनलागेको ढाँचा दिन्छ ।

अन्तमा म आशा गर्दछु कि मैले आफ्नो प्रत्यक्ष र स्पष्ट लेखले तपाईंलाई निराश बनाइनँ । मलाई थाह छ कि धेरैले यी विश्वासहरु कुनै पवित्रता र समर्पणबिना नै राख्छन् । 

म यो पनि बुझ्दछु कि कुनै संस्कृतिप्रतिको प्रण एक बलियो गाँठोजस्तो हो जसले विभिन्न मानिसहरुलाई बाँधेर राख्दछ । तैपनि म तपाईंलाई आफ्नो समाजको साँस्कृतिक बन्धन, जसले तपाईंको ज्ञानलाई सिमांकन गर्दछ, त्यसबाट बाहिर निस्केर सोच्न प्रोत्साहन दिन्छु ।

तथापि म तपाईंलाई संसारको एक अर्को दर्शन येशु, उनको व्यक्तित्व र उनको कामकोबारे खोज गर्न प्रोत्साहन गर्दछु जसमाथि विश्वास गर्न केही प्रमाणहरु पनि छन् ।

carm.org/answers-for-seekers

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

jesusandjews.com/wordpress/2010/01/20/gods-of-hinduism/

Leave a Reply