हिन्दु धर्म र पुनर्जन्म

पुनर्जन्म धेरै पूर्वीय विचारधाराहरुले मृत्युपछिको जीवनमा आफ्नो कर्मको परिणामसँग जोडेका छन् । हिन्दुहरुले जीवनलाई जन्म, मृत्यु र पुनर्जन्मको चक्रका रुपमा लिन्छन् जसलाई सम्सरा पनि भनिन्छ जुन पहिलेको जन्मको सही अथवा गलत कामहरुसँग सिधै सम्बन्धित हुन्छ । उनीहरुको उद्देश्य मोक्ष अथवा मुक्ति पाउनु हो जुन उद्धारको एक रुप हो । त्यसैले हिन्दुहरुको अन्तिम उद्देश्य भनेको यो “जे जान्छ त्यो फर्केर आउँछ” भन्ने चक्रबाट बाहिर निस्किनु हो जसले गर्दा केही पवित्रता प्राप्त गर्न  सकियोस् । उद्धारको यो अन्तिम स्थीतिमा पुग्नकालागि केही मानिसहरुले ज्ञानका तत्व, भक्तिका आधारमा कठिन योग गर्छन् र जीवनको कठिनाइबाट आफ्नो आत्माकोलागि मुक्ति पाउनकालागि कर्महरु गर्छन् ।

तर विश्वासको यो प्रणालीलाई प्रमाणित गर्न भने असम्भव छ र यो धर्म मान्ने मानिसहरुले यी सबै कुराहरुलाई संस्कृतिका रुपमा अपनाउने गर्छन् । मैले भर्खरै मात्र एउटा लेख लेखेको थिएँ जसमा डाक्टर र यी कुराबारे खोजी गर्ने मानिसहरुको आधारमा जीवन र मृत्युकाबारेमा लेखिएको थियो । तर यी शोधका आधारमा बाइबलमा भनेजस्तै मानिसहरु अस्थायी चक्रमा परेर न्याय गर्ने भन्दा स्वर्ग अथवा नर्कको अनुभव गरे ।

के नर्क वास्तवमा छ?

सुरुवातमा भन्दाखेरि म विश्वास गर्छु कि हिन्दु धर्मले दुष्टताको समस्या र यो वास्तविकताको परिणामलाई मान्दैन । यी कुराहरु कसरी नियन्त्रित हुन्छ भन्नेबारे विचारहरु बाइबल र मैले पहिले नै भनिसकेको मृत्युनजिक पुगेका मानिसबारे मेल खाँदैन ।

रोमी १ र २मा भनिएको छ कि हरेक मानिसभित्र एउटा आचरणको दिशासूचक राखिएको छ जसले सही र गलत छुट्याउन सक्छ र हामीलाई पापको स्वभाव र न्यायबारे सूचित गराउँछ । यो ज्ञान हुनु सामान्य कुरा हो र यसले नै हामीलाई मानव पनि बनाउँछ तर यही जन्मदेखिको बुद्धिमताको कुराले क्रिस्टियन र हिन्दु विश्वासमा भिन्नता पनि ल्याउँछ । बाइबलले भन्छ कि मानिस एकचोटि मर्छ अनि उसको न्याय हुन्छ तर हिन्दु धर्मले आत्माको प्रवसनमाथि विश्वास गर्छ जसले गर्दा कुनै अस्तित्व नवीकरण हुन्छ । यो प्रणाली कारण र परिणामजस्तो सम्बन्धमा आधारित हुन्छ र ढिलो अथवा चाँडो अन्तिममा गएर आफूले चाहेकोजस्तो स्थीतिमा मानिसको अस्तित्व पुग्न सक्छ ।

मैले हिन्दु विश्वासमा देखेका केही समस्यामध्ये एउटा यो पनि हो कि केही जनावर र रुखहरुलाई मानवभन्दा बढि मर्यादासाथ हेरिन्छ जुन मेरो विचारमा मानव जातिको पवित्रताको विरुद्धको कुरा हो । मैले तिनीहरुलाई संकेत गर्दैछु जसलाई दलित अथवा अछुत भनेर छुट्याइएको हुन्छ र यिनीहरु भारतको जनसंख्याको पाँच भागको एक भाग छन् । जातिवादको यो प्रकार धेरै अगाडि सरकारले बहिष्कार गरिसकेको छ तर भारतको धेरै भागमा भने हिन्दु विश्वासीहरुले यो प्रथालाई अझै अगाडि बढाइराखेका छन् । वास्तवमा भन्नुपर्दा यो धार्मिक दवावले आफ्नो संस्कृतिको सफलताकालागि यी तथाकथित साना जातलाई आफ्ना नीच कामहरु गर्न लगाएर समाजको राजनीतिक र सामाजिक ढाँचालाई नियन्त्रण गर्छ । साना जातका यी मानिसहरुलाई गरिने नराम्रो व्यवहारलाई सरकारले पनि आवस्यक दुष्टता भनेर स्वीकार नै गर्छ । यी मानिसहरु सानो जातमा जन्म लिनुको कारण यिनीहरुको पूर्व जन्ममा गरिएको गल्तीलाई लिइन्छ जसले यिनीहरुलाई जीवनको यो गाह्रो परिस्थीतिमा पु¥याएको छ । मलाई यो कुरा अचम्म लाग्छ कि हिन्दु धर्मको अहिंसाको नीतिलाई नमानेर कोही मानिसहरुलाई अछुत भनेर छुट्याउन सक्छ ।

क्रिस्टियन संस्थाहरुले प्रभु येशुको प्रेम यी दलितहरुलाई बाँडेका छन् र उनीहरुलाई बताएका छन् कि प्रभुले सम्पूर्ण मानव जातिलाई धेरै नै माथि राख्नुभएको छ । तर जातिवाद अपनाउने हिन्दुहरु यसको विरोधमा उत्रेका छन् र अहिंसाको नीतिलाई भुलेर क्रिस्टियन दलित र संस्थाहरुलाई आक्रमण गर्छन् । केही हिन्दुहरुकालागि मासु नखानू र बलि नदिनु भनेको नै अहिंसा हो तर हिन्दु देवहरुलाई खुशी पार्न साना जातिका मानिसलाई  यसरी त्याग गर्नु भने स्वीकारयोग्य हुन्छ ।

अर्को हिन्दु धर्मको चित्त नबुझ्ने कुरा के हो भने मानव जीवनको पतन असीमित ढंगले हुन्छ र अर्को तिर फेरि यसले सीमित पृथ्वीलाई पनि स्वीकार गर्छ । विज्ञानले पनि एक सीमित ब्रह्माण्डलाई मान्दछ र यो कुरा उनीहरुको दुरबीनद्वारा गरिएको ब्रह्माण्डको विस्तारको अवलोकनले पनि बताउँदछ र यसलाई “ठूलो विस्फोट”भनेर पनि भनिन्छ । मानिसको आत्माको सीमित ब्रह्माण्डमा असीमित रुपको अस्तित्व छ भन्ने कुरा निरर्थक हो । यदि जीवन असीमित छ भने सबैभन्दा पहिलो मानिस कहाँबाट आयो र यो कर्मको वास्तविकतामा मानिसले भाग कसरी लियो यदि तिनीहरु पहिलेदेखि थिएनन् । पहिलो जन्मलाई अर्को कुन कुराले पनि आवश्यक बनाउँछ भने पहिलेदेखि हुँदै नभएको अस्तित्वले त केही काम पनि त गर्न सक्दैन । यदि त्यसो हो भने के परमेश्वर नै ठूलो विस्फोट हुनुभयो र अब हामीले उहाँलाई नै मोक्षद्वारा फेरि सँगै ल्याउँछौँ । यदि सबै प्रमाणले समयको एउटा आरम्भकोबारेमा बताउँछ भने हामीले आज देख्ने जीवन कहाँबाट आयो र पहिलो जन्म के कारणले भयो किनभने जन्म कर्मको परिणम हो ।

कर्मसँग सम्बन्धीत अर्को कुरा यो पनि हो कि मानिसलाई उसले पूर्वजन्ममा गरेको कुराबारेमा उसलाई कसरी थाह हुन्छ र थाह नै नभएको कुरासँग मानिसलाई कसरी जिम्मेबार बनाउन सकिन्छ । उसलाई यो पनि कसरी थाह हुन्छ कि उसले यो जन्ममा गरेको कर्म उसको पूर्वजन्ममा गरेको पापलाई सन्तुलन गर्न पुग्छ कि पुग्दैन । कसलाई थाह छ कि ऊ कहाँ छ, कहाँ जान्छ र कहाँ गएर ऊ सिद्धिन्छ । यसले एउटा मानिसलाई निराशातर्फ नै धकेल्छ र अन्त्यमा ऊसँग  कुनै यस्तो योजना हुँदैन जसले उसलाई मोक्ष प्राप्त गर्न सफल बनाओस् । ती मानिसहरुको निराशाको चाहिँ के गर्ने जो किरा र जनावर जस्ता सानो प्राणीको रुपमा यो पृथ्वीमा आउँछन् र ढलमा हिँड्ने मुसाको भविष्यको उसको जीवनबारे के आशा छ ।

यदि भारतको संस्कृति नै विश्वको आध्यात्मिक केन्द्र हो जसमा धेरै जान्ने गुरुहरुको पहुँच छ भने भारतमा त्यति धेरै कार्मिक पापीहरु किन छन् । कुष्ट रोग लागेका तीन भाग मध्ये एक भाग मानिस र भारतका आधा अन्धा मानिसहरु यही विश्वास त राख्छन् । अन्त्यमा, विश्वासको यो तोडिएको चक्रले ती आराधकहरुको भार थाम्न सक्दैन जसले गाईलाई आफ्नो अन्तिम गनतव्यसम्म पु¥याउने साधनको रुपमा लिन्छन् । फेरि पनि  यो संसार एक मायाजाल पनि त हुनसक्छ जसमा मानिसलाई यो मान्न बाध्य गराइन्छ कि कुनै कुरा वास्तविक छैन भनेर पनि हिन्दु धर्मले नै भन्छ ।

म यो भन्न चाहन्छु कि मैले धेरै कठोर शब्दहरुको प्रयोग गरें र म आफ्ना हिन्दु साथीहरुलाई कुनै प्रकारले अनादर गर्न पनि चाहन्न तर म उनीहरुलाई आफ्नो संस्कृतिको सीमाभन्दा बाहिर गएर सोच्नमात्र अनुरोध गर्न चाहन्छु जुन विश्वासले तिनीहरुको धार्मिक मर्यादाभन्दा बाहिर निस्केर सोच्न दिँदैन । म फेरि पनि यदि मैले कसैलाई चोट पु¥याएँ भने म माफि माग्दछु तर कसैलाई चोट पु¥याएजस्तो नदेखिएर चुनौती दिन पनि त गाह्रै हुन्छ र म विश्वास गर्छु कि तपाईंले आत्मिक यात्राका केही क्षण यी कुराहरुको वास्तविकताबारे सोच्न बिताउनुहुन्छ ।

निष्कर्षमा म विश्वास गर्छु कि येशु प्रभुमा हुने सबैजनाका लागि आशा छ तर यो कुनै धर्मका नियमहरु पालना गरेर भने होइन तर साधारण रुपले उहाँ र उहाँको काममा विश्वास गरेर हो जसले तपाईंलाई तपाईंको आत्माको खालिपनादेखि र मनमा रहेको गल्तीको भावनादेखि छुट्कारा दिन्छ र तपाईंलाई नयाँ जन्मतिर डोर्याउँछ । प्रभु येशुले मती ११:२८–३०मा भन्नुभयो “ म कहाँ आऊ । जो थकित औ कष्टले दविएकाहरु हो, म तिमीहरुलाई आत्माको निम्ति विश्राम दिनेछु । मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक । म विनयी र विनम्र हृदयको छु । अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौ । हो , मेरो काम कुरो ग्रहण गर्नु सजिलो छ । तिमीहरुलाई दिइने भार हल्का छ । ”

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

jesusandjews.com/wordpress/2010/02/16/hinduism-and-reincarnation/

 

 

Copyright permission by Bridge-Logos “The School of Biblical Evangelism”

Copyright permission by Random House Inc./Multnomah on New Birth or Rebirth by Ravi Zacharias

Leave a Reply