दलाई लामा

दलाई लामाले संसारभरिका समुदायहरूबाट सम्मान पाएका छन् तर यसको मतलब यो होइन कि उहाँको विश्वास र शिक्षा साँचो छ│

दलाई लामा एक मानिस हुन् र उहाँले आध्यात्मिक प्रसिद्धि कमाएपनि र शान्तिको लागि नोबेल पुरस्कार पाए पनि उहाँ नाशवान हुनुहुन्छ जसलाई दिशा र मार्गदर्शनको आवस्यकता पर्दछ│

केहि मानिसहरूले उहाँलाई एक राजा-देवताको मानद उपाधि पनि दिएका छन र उहाँलाई एक पवित्र भगवानको रूपमा हेर्छन्│

तर पनि अहिलेसम्म उहाँको आफ्नै गवाहिले पनि यस्ता उपाधि र लक्षणहरूलाई साँचो भनेर समर्थन गर्दैन│

उदाहरणको लागि उहाँले दाबी गर्नुहुन्छ कि उहाँले कहिल्यै कुनै आस्चर्यकर्म गर्नुभएको छैन र कहिल्यै कुनै आस्चर्यकर्म देख्नुभएको पनि छैन र यहाँसम्म कि उहाँको शीर्ष सहायक तेन्जिन तक्ल्हाले पनि यो कुरा अस्विकार गर्छन कि उहाँसंग जादुको शक्ति छ│ जब उहाँलाई सोधियो कि के उहाँ निष्पाप हुनुहुन्छ अथवा परिपूर्ण हुनुहुन्छ तब उहाँले यो कुरालाई ‘नचाहिने कुरा’ भनेर हाँसोमा उडाइदिनुभयो│

आफ्नो आत्मकथामा उहाँले यो दाबी गर्नुभएको छ कि उहाँलाई आफ्नो रिसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ र धेरै अन्तर्वार्तामा उहाँले यो पनि भन्नुभएको छ कि उहाँले वासनासंग संघर्ष गर्नुपरेको छ│

यो बाहेक उहाँको विचारको बारेमा कुरा गर्ने हो भने उहाँलाई यो लाग्दैन कि बुद्ध धर्ममा परिवर्तन हुनु सम्पूर्ण रूपमा आवस्यक छ र उहाँले बुद्ध धर्मलाई एक सार्वभौमिक धर्मको रूपमा समर्थन गर्नुहुन्छ│ उहाँले यस्तो दाबी गर्नु पछाडिको कारण चाहिं यो हो कि बुद्ध धर्म को आफ्नो दार्शनिक शिक्षामा नै विरोधाभास छ जुन संक्षेपमा भन्ने हो भने आफ्नो विचारमा सम्पूर्ण रूपले सन्तोषजनक हुनसक्दैन│ त्यसैले उहाँले यो निस्कर्ष निकाल्नुहुन्छ कि यो आवस्यक छैन कि बुद्ध धर्म नै सबैकलागी राम्रो हुन्छ तर अन्तिममा कुरा के आउंछ भने बुद्ध धर्मले तपाइंको लागि चाहिं काम गर्छ कि गर्दैन│

दलाई लामा बुद्ध ज्योतिष र ब्रह्माण्ड विज्ञानको बारेमा पनि संदेह्मा हुनुहुन्छ र तसर्थ उहाँले सबै बुद्ध शिक्षालाई स्वीकार गर्नुहुन्न│

उहाँले यो पनि भन्नुभएको छ कि बुद्ध स्वयम्ले पनि तिब्बती बुद्ध धर्म सिकाउनु भयो तर त्यो सम्भव हुन सकेन किनकि यो प्रकार को बुद्ध धर्ममा र पुरानो बुद्ध धर्ममा धेरै विरोधाभास थिए│

एउटा अन्तर्वार्तामा उहाँले यो पनि स्विकार्नु भयो कि येशु पूर्ण रूपले प्रबुद्ध हुनुहुन्थ्यो तर मलाई उहाँको यो कुरा सुनेर आश्चर्य लाग्छ किनकि येशुको शिक्षा त बुद्धको शिक्षा भन्दा पूर्ण रूपले फरक थियो, बुद्ध जो उहाँ भन्दा केहि शताब्दी अगाडी बाँचेका थिए│ तर पनि यदि येशुले सत्य भनिरहनुभएको छ भने के बुद्ध धर्म मान्नेहरूले येशुको शिक्षालाई पनि बराबर रूपमा मान्नु पर्दैनथियो?

यो बाहेक एक धार्मिक संगठन जसले आध्यात्मिकताको भावनालाई सधैं प्रोत्साहन गर्छ उसले आफ्नो भागको परिवादात्मक शिक्षकहरू र संगठनहरू पाइसकेको छ│

जस्तै ओम शिनरिक्यो आन्दोलन, जसको गुरु नेता आशारा शोको थिए, त्यसले गरेको सरिन गैसको विषालु काण्ड जसको समर्थन दलाई लामाले गरेका थिए तर समूहको कार्यवाहीको कारणले पछी त्यस कुरालाई उहाँले त्याग गरेका थिए│

त्यस्तै हों-मिंग चेन पनि हुनुहुन्छ जो चेन ताओको नेता हुनुहुन्छ जसलाई “सत्य बाटो” पनि भानिन्छ जसले यो दाबी गर्नुभयो कि परमेश्वरले आफूलाई टेलिभिजनमा प्रकट गर्नुहुन्छ र त्यसको केही दिनपछि आफूलाई संसारको सामू प्रस्तूत गर्नुहुन्छ भनेर पनि दाबी गर्नु भयो तर त्यो दिन कहिल्यै पनि आएन│

यो धार्मिक आन्दोलनका अरू नेताहरूले यौन शोषण गरेका छन्, रक्सी सेवन गरेका छन् र केहिले त आत्महत्या समेत गरेका छन्│ यी गुरुहरूका साथमा त्यस्ता मानिसहरू पनि छन् जसले आफ्नो हॉलीवुड व्यक्तित्वको मदतले पर्दाको अभिनयको पेशाको भ्रस्टाचारलाई अपनाएका छन् जून कुराले बुद्ध धर्मको सोचको पांच सिद्धान्तलाई उल्लङ्घन गर्दछ│

अझ भन्ने हो भने बौद्ध अतिवादीहरू पनि छन् जसले इसाइहरूलाई सताइरहेका छन् जुन उनीहरूको “कसैलाई हिंसा नगर्ने” नीतिको सोझो उल्लङ्घन हो│

बुद्ध धर्मलाई संसारको एक धर्मको रूपमा सम्मान गरिए पनि त्यसको दर्शन र नेताहरूको कमजोडीका कारणले यो धर्मको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ│ एउटा बुद्धिस्टको रूपमा भक्तिको जीवन बाँच्न चाहनेहरूलाई म सावधान गर्न चाहन्छु र यस धर्मको पछाडी रहेको सत्यको बारेमा गम्भीरताका साथ विचार गर्नको लागि अनुरोध गर्न चाहन्छु│ ती मानिसहरू जो यस आन्दोलनको एक भाग बनिसकेका छन्, म तपाईंहरूलाई केवल अनुरोध गर्न चाहन्छु कि यो विषयमा आफ्नो अवस्थाबारे दोहोर्याएर सोच्नुस र सोच्ने बेलामा येशुको बारेमा पनि ध्यान दिनुहोस् जसलाई थिच न्हत हंहले अपनाएका छन् र जसलाई दलाई लामा आफैले पूर्ण रूपमा प्रबुद्ध भएको भनेर मानेका छन् र जसलाई “संसारका ज्योति” भनेर मानद शीर्षक दिइएको छ│

यूहन्ना ८:१२ “फेरी मानिसहरुसंग बोल्नुहुँदा येशुले भन्नुभयो, “मा संसारको ज्योति हुँ│ जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिंडडुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ│””

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

 

अरु सम्बन्धित विषयहरु

तिब्बती बौद्ध संशाधनहरू

नेपाली

Dalai Lama

 

 

 

“Reprinted by permission.  “(Nelson’s Illustrated Guide to Religions), James A. Beverley, 2009,Thomas Nelson Inc. Nashville, Tennessee.  All rights reserved.”

Leave a Reply