मेरो व्यक्तिगत टिप्पणी

मैले जब यी लेखहरु लेख्न थालें तब मेरा पाठकहरुका लागि मेरो व्यवहार र प्रेरणाका बारेमा बताउन एउटा व्यक्तिगत टिप्पणी लेख्न आवश्यक लाग्यो ।

मैले यो गरें किनभने इन्टरनेटबाट भएको संचार अधुरो रहन्छ, यसबाट व्यक्तिलाई चिन्न सकिन्न र लेख लेख्ने व्यक्तिको विचार पूर्ण रुपमा बुझ्न पाठक असमर्थ हुन्छ ।

त्यसैले मैले सुरुवातमा विभिन्न विश्वास भएका मानिसहरुकालागि छुट्टै लेख्न थालें । तर जब मेरा लेखहरु बढ्दै गए मैले भन्नुपर्ने सामान्य कुराहरु अव्यवस्थित रुपमा लेख्नुभन्दा एउटै ठाउँमा लेखेको छु ।

कहिलेकाहीं विश्वासका बारेमा कुरा गर्दा धेरै गाह्रो हुन्छ किनभने संसारबारेमा हाम्रो धारणा हाम्रो व्यक्तित्वको यति महत्वपूर्ण अंश हो कि व्यक्ति र उसको मुल्य मान्यताको भिन्नता नै हामीलाई थाह हुँदैन ।

एउटा व्यक्तिको विश्वासलाई एक हदसम्म मात्र फरक पार्न सकिन्छ तर उसको आफ्नो इच्छालाई उसबाट अलग गर्न सकिन्न । मानिसको व्याख्या र विश्लेषण उसको धारणात्मक संसारमा रहेर नै गरिन्छ र यो भन्दा कमले उसलाई बिना अर्थको मानिस बनाउँछ ।

 मैले यो भन्नुको कारण धेरैपटक मानिसको धार्मिक विचारकाबारेमा कुरा गर्दा उसलाई व्यक्तिगत रुपमा आक्रमण गरेको जस्तो बुझ्छन् ।

तर मेरो अभिप्राय भने यो होइन । मेरो आशा प्रेम र सद्भावका साथ मानिसको मन र मस्तिष्कसम्म पुग्नु हो । मेरो इच्छा अनावश्यक बहसमा लागेर मानिसमा अनावश्यक निर्णयको भाव र क्रोध निम्त्याउनु  होइन जुन यस्तो प्रकारको बहसले ल्याउँछ ।

मलाई लाग्छ कि इन्टरनेटमा तपाईंले यस्ता कुराहरु भएका थुप्रै मंचहरु पाउनुहुन्छ र यी लेसमा अल्मलिन आवश्यक पनि हुँदैन ।

म यो स्वीकार्छु कि यी लेखहरु लेख्दा मैले सीधा रुपमा लेख्न खोजें र कहिलेकाहीं म भावुक पनि हुन्छु तर म सबैले यो बुझुन् भन्ने चाहन्छु कि म कुनै पनि प्रकारले पाठकप्रति क्रोध र घृणाले प्रेरित छुइन । मेरो लडाइ ती सिद्धान्तहरुसँग हो जसले यी गलत प्रथाहरुलाई अंगालेका छन् । मलाई थाह छ कि सिद्धान्तहरु मानिस भएका कारणले नै हुन्छन् तर मेरो प्रेम मानिसहरुप्रति छ अनि म देखावटी संस्था र सिद्धान्तहरुको विरोध गर्छु ।

यी लेखहरुमार्फत यदि मैले तपाईंमा विवेक जागरण नगरि रिस उठाएँ भने मैले तपाईंलाई आफ्नो सन्देश दिन सफल भइनं । मेरा विचारहरु कुनै समुदायप्रति आक्रामक जस्तो देखिएपनि मेरो उद्देश्य भने यो अवश्य होइन । मैले गरेका सम्पूर्ण कुराहरु यदि घृणा, हिंसा र पक्षपातको रुपमा बुझ्नुभयो भने मेरा सम्पूर्ण प्रयासहरु असफल भएका छन् र मैले हामी दूबैको समय बरबाद गरेको छु  ।

मलाई यो पनि थाह छ कि यो लेख पढ्ने सबैलाई यसले फइदा पुर्याउने छैन तर मेरो आशा र प्रार्थना छ कि कुनै प्रकारले कसैको जीवनमा यसले फइदा पुर्याएको होस् ।

हरेक मानिसमा कुनै प्रकारको छलको भावना हुन्छ र म यो पनि भन्दिन म अरुभन्दा फरक छु । कोही पनि मानिससँग जीवनका प्रश्नहरुको हरेक उत्तर हुँदैन । यी नाकारात्मक पक्षहरुले मलाई सत्यको खोजी गर्ने, सत्यको पक्षमा बोल्ने र सत्यको बाटोमा हिंड्नबाट भने रोक्न सक्दैन । मेरो तपाईंसँग यो अनुरोध छ कि यी लेखहरुमार्फत यो बाटोमा मसँग हिँड्नुहोस् ।

“सत्य” शब्दलाई उन्मुक्त रुपमा प्रयोग गर्न पनि धेरैकालागि असहनीय हुनसक्छ विशेषगरि जब हामी राजनीतिक रुपले सही समाजमा बस्छौँ जहाँ तुलनात्मक विचारहरुको निकै नै कदर गरिन्छ ।

हाम्रो समाजको काम गराई र मानवको अस्तित्व यही सत्यमाथि निर्भर छन् । कानून र व्यवस्था अनि विज्ञानमा यसको प्रयोग देख्न हामीलाई धेरै कठिनाइ हुँदैन तर धार्मिक विश्वासमा यसलाई प्रयोग गर्न भने हामीलाई अप्ठ्यारो लाग्छ ।

हामीले आफ्नो जीवनलाई यसरी बाँड्यौँ र सत्यलाई एउटै धरातलमा रहेर सोचेनौँ भने हामीले आफैँलाई झुक्याएको हुन्छौँ र झुटो रुपमा बाँचिरहेका हुन्छौँ । तर मानव समाज र संस्कृतिको महानता ज्ञानको खोजीले गर्दा नै सम्भव भएको हो । ज्ञान पाएर त्यसको खुला प्रयोगले नै उन्नति सम्भव हुन्छ र यसले नै हामीलाई विवेक पनि दिन्छ ।

यी लेखहरु पढ्नअगाडि विवेकशील बन्नुहोस् र संस्कृतिको सीमाभन्दा बाहिर आएर सोच्नुहोस् किनभने यसले जीवनप्रतिको तपाईंको धारणालाई प्रभाव पार्दछ र जीवनमा विभिन्न मर्यादाहरु खडा गर्दछ जसमा चेतना नभइकन नै हामी विश्वास गर्दछौं ।

जीवनको बारेमा पहिलेदेखि रहेको धारणाकाबारेमा फेरि सोच्नु पनि धेरै गाह्रो र डरलाग्दो काम हो । यसमा हामीले गल्ती गर्छौं कि भन्ने डर हामीमा सधैं रहिरहन्छ र यो गल्तीले हामीलाई नराम्रो परिस्थितिमा ल्याउँछ भन्ने पनि हामीलाई थाहा हुन्छ । तर जीवनको बारेमा सूक्ष्म रुपले नसोच्नाले हामी स्वेच्छिक अज्ञानतनमा परेर छलिने सम्भावना पनि उतिकै नै रहन्छ ।

हाम्रो समाज, परिवार र सरकारकोलाई पनि हामी आँखा चिम्लेर विश्वास गर्छौं । यसमा त्रुटीहरु हुनसक्छन् र आवाज उठाउन सकिन्छ भनेर हामी ध्यान पनि दिँदैनौँ । सामाजिक प्रतिष्ठाको बारेमा हामीलाई चिन्ता हुन्छ र साधारण सामाजिक मापदण्डमा नै हामीले जीवन बाँच्न सिकेका हुन्छौँ ।

यो हामीले पहिले विश्वास गरेर अनि त्यो विश्वासलाई बचाउन नै आफ्नो जीवन केन्द्रित गरेजस्तो हो । मेरा सबै लेखहरुको प्रमुख अभिप्राय मानिसहरुलाई भनिराख्नु आवश्यक पनि छैन कि परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ । यहुन्ना ३:१६ ले भन्दछ “ परमेश्वरले संसारलाई यति साह्रो माया गर्नुभयो कि आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् र त्यसले अनन्त जीवन पाओस् । ”

यो कटु सत्य कुरा हो कि हरेक संस्कृति, भाषा र जातिका मानिसहरु छन् जसले उहाँमाथि विश्वास गर्छन् । यो विश्वास कुनै डरमा परेर अथवा बाध्य भएर होइन तर परमेश्वरको प्रेमले गर्दा उनीहरुमा आएको हो जसले गर्दा उनीहरुको जीवन परिवर्तन भएको छ ।

परमेश्वरको प्रेम यो कुरामा पनि देखिन्छ कि उहाँले प्रभु येशुलाई हामीले व्यक्तिगत रुपमा चिन्न सकौं भनेर व्यवस्था पनि गरिदिनुभएको छ । उहाँको कामले उहाँलाई एक प्रभावकारी मानिस अथवा एक भविष्यवक्ता मात्र नभएर मसिहाको रुपमा चिनाउँदछ जसले मानिसलाई नशा, व्यभिचार, चोरी गर्ने प्रविति र अरु थुप्रै सामाजिक कुरितिबाट मुक्ति दिनुहुन्छ । उहाँले मेरो लगायत गन्नै नसकिने लाखौं जीवन परिवर्तन गर्नुभएको छ र मैले उहाँको जीवित शक्तिलाई आफ्ना लेखहरुमा अस्वीकार गर्नु भनेको तपाईंप्रति बैरी र बेइमान भावना राख्नु हो । प्रभु येशुले मानिसहरुलाई परमेश्वरको नजिक ल्याउन उनीहरुको अगाडि सर्तहरु राख्नुहुन्न , न त मानिसको योग्यता हेरेर श्रेय विभाजन गरेर उनीहरुबाट चुन्नुहुन्छ हामीले केबल प्रभु येशु जो धार्मिक हुनुहुन्छ, उहाँमाथि विश्वास गनुपर्छ र उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार्नुपर्छ ।

येशुले भन्नुभयो “हे सबै मिहिनेत गर्ने र बोझले दबिएकाहरु मकहाँ आओ, म तिमीहरुको आत्मालाई विश्राम दिनेछु किनभने मेरो जुवा र बोझ हलुका छ ।”

उहाँले हामीलाई अनन्त शान्ति दिने वाचा गर्नुभएको छ जसको कारण हामीले कमाएको धर्म होइन र त्यो धर्म हामी कहिले पूरा गर्न पनि सक्दैनौं तर उहाँले क्रुशमा बगाएको रगत हो । उहाँले परमेश्वरको सजाय आफूले भोग्नुभयो र हाम्रो पाप आफूमाथि लिएर त्यसको ऋण तिरिदिनुभयो र परमेश्वरसँगको हाम्रो सम्बन्ध अनुकूल बनाइदिनुभयो ।

अन्तमा म तपाईंहरुलाई अनुरोध गर्दछु कि यी लेखहरु पढ्दा कृपया खुला सोच राखिदिनुहोला र परमेश्वरलाई इमान्दारी र गम्भीरताका साथ खोजीदिनुहोस् । मैले यो क्रममा कुनै कुराहरु मेरो स्तरभन्दा बढी भन्नगएछु भने मलाई माफ गरिदिनुहोला । मैले कसैलाई चोट पुग्ने कुनै पनि कुरा गर्दिन र मेरो उद्देश्य समाजकोलागि कष्ट हुने कुरा नगरेर फाइदा हुने कुरा गर्नु हो ।

 

 

परमेश्वरसँग सम्बन्ध कसरी बनाउने

हिन्दु श्रोतहरु

हिन्दु-धर्म

A note to all

Leave a Reply