तिब्बती बुद्ध धर्म जसलाई लामावाद पनि भनिन्छ, यो महायान वुद्ध धर्म, हिन्दुई बज्रयान जस्तै धेरै परम्पराहरू मिलेर बनेको छ जसमध्ये यसमा आध्यात्मिक शक्ति पाउनका लागि तन्त्र-मन्त्र को प्रयोग जस्तो गुढ प्रथाहरूको प्रयोग गरिएको छ र यसमा शमनी बोन धर्म पनि मिलेको छ जसको प्रभाव इरान जस्तो संस्कृति देखि लिएर भारत सम्म बौद्ध सोच को एक अद्वितीय अभिव्यक्ति को रुपमा छ जुन थेरवाद नामक धेरैजसो सबैभन्दा प्रामाणिक र रूढिवादी बौद्ध सोचभन्दा बिल्कुलै अलग्ग छ | बुद्ध धर्म को यो रूपले दार्शनिक अट्कलहरूभन्दा पनि अभ्यास र साकार गर्नुलाई ध्यान दिन्छ र यसको प्रमुख उद्देश्य र लक्ष्य भने आत्मज्ञानको लागि एउटा फास्ट ट्रैक दिनु हो जसले गर्दा एउटा जीवन कालमा नै निर्वाण प्राप्त गर्न सकियोस् |
यसको सत्य को दाबीको समर्थन गर्नुमा एउटा गाह्रो चाहिं के छ भने एउटा संस्कृतिको रुपमा यो शिक्षाले मौखिक संचरणको समर्थन गर्दछ, जसमा बाहिरि रूपबाट धेरै नै कमी कमजोडीहरू छन् जस्तै समय को अन्तरालसंग सूचनाहरू बदलिन थाल्छ र हराएर जान्छ अथवा यसलाई गलत तरिकाले प्रस्तुत गरिन्छ जसले गर्दा म त यो सोचिरहेको छु कि यी वंश धाराकहरू द्वारा पारित गरिएको सूचना मध्ये कति चाहिं साँच्चै नै प्रमाणिक अथवा मूल छ | यसबाहेक संचारको यो अभ्यास उनीहरूको आफ्नो विश्वासलाई सुशोभित र फेरी विकसित गर्ने कारण पनि हो जसले गर्दा एउटा नया धर्मले पनि जन्म लिन सक्छ जुन यसको वास्तविक रुपभन्दा अलग छ | त्यसोभए प्राप्ति र साकार गर्नको लागि यो अभ्यास एउटा परम आवश्यकता हो भने उनीहरूको विश्वासहरूलाई पहिलो श्रोत मानेर प्रबुद्धता प्राप्त हुन्छ भन्ने कुराको त कुनै निश्चितता नै छैन | अन्तमा भन्ने हो भने उनीहरूको भाव “टेलिफोन”को खेल भन्दा धेरै ज्ञानवर्द्धक छैन जसमा सबै सदस्यले आफ्नो कथा एकअर्कालाई सुनाउँछन् र अन्तिम व्यक्ति सम्म जब कुरा पुग्छ तब त्यो बिल्कुलै बेग्लै भइसकेको हुन्छ |
अझै एउटा समस्या यो कारणले गर्दा हुन्छ किनभने धेरै मानिसहरूले गलत रूपले आफूलाई धेरै धर्मको गुरुहरूलाई समर्पण गरिदिएका छन् जुन यो आन्दोलनसंग मिल्छ किनकि उनीहरूले भन्छन् कि उनीहरूले दिएको संदेश सम्पूर्ण तरिकाले सत्य हो, तैपनि जे कुरा सत्य हो त्यो त केबल उनीहरूको छलपूर्ण व्यवहार हो किनकि यस्ता धेरै आध्यात्मिक गुरुहरूले बहाना बनाउँछन् र झूठ बोल्छन् |
त्यसो भए म यस प्रकारको भक्ति, सम्मान अथवा श्रद्धाको सीमा माथि प्रश्न गर्छु कि तपाईं कसरी आफूलाई अर्काकोलागी त्याग्न सक्नुहुन्छ जहाँ कुनै संरक्षण पनि छैन र यो त एउटा खतरनाक तरिकाको भक्ति भयो र यो सोच्नु कि यिनीहरूले तपाईंलाई ईश्वरले जस्तै गरेर सुरक्षा र आशिर्वाद दिनमा सक्षम हुन्छन्, यो त त्यसैको बराबरको धोका भयो |
मती १५:१४ : “तिनीहरूलाई छोड़ीदेओ: ती अन्धा अगुवाहरू हुन् | यदि एउटा अंधाले अर्को अन्धालाई डोर्याउंछ भने, दुवै खाडलमा पर्नेछन् |”
चोग्यम त्रुन्ग्पा रिन्पोचे जसलाई आधुनिक समयको एउटा एकदमै महत्वपूर्ण बौद्ध शिक्षक मानिन्छ, उहाँसंग जोडिएको शम्बाला नामक बौद्ध परम्परामा यस्तो पहिले नै भइसकेको छ | यो शिक्षकको ठाउँ पछि उनकै जेठा छोरा सक्योंग मिफाम रिन्पोचेले लिएका थिए जसको जन्मको नाम ओसल रंग्द्रोल मुक्पो थियो र उनलाई सक्योंग र एक श्रद्धेय तिब्बती लामा मिफामको पुनर्जन्म पनि मानिन्छ | यो आन्दोलनको भित्रको घोटाला भने रिन्पोचे र उनका धार्मिक वारिस (त्रुन्ग्पस वज्र रीजेंट) ओसल तेन्जिन अथवा थोमस रिच द्वारा दर्शाइएको अनैतिक व्यवहार थियो | यो सबै कुकर्म पूरै अनैतिक रूपले र नियमनिष्ठ को विपरित गरिएको थियो जस्तै तेंजिनलाई एड्स भएको थियो र उसले आफ्नो यौन साथीहरूलाई यसको बारेमा केहि भनेको भने थिएन | यसबाहेक उनको एक प्रसिद्ध शिष्य पेमा चोद्रोंले भनेअनुसार उनी रक्सी र यौन संग जोडिएको आफ्नो जंगली बानीहरुकोलागि पनि बदनाम थिए र उनले सबै नैतिक मापदण्डहरूलाई पनि खारिज गरिदिएका थिए अनि यो पनि भनिएको छ कि उनलाई पागल मानिस पनि मान्न सकिन्छ, तैपनि यो सब भन्ने मान्छे अहिले सम्म एउटा भक्त नै हो र यो बाट के थाह हुन्छ भने यो केवल एउटा असन्तुष्ट साझेदारको निराधार टिप्पणी मात्र होइन | विडम्बना त यो हो कि कति धेरै लामाहरूलाई घोटाला, भ्रस्टाचार र नराम्रो कामको विचारसंग जोडिएको छ; कति अपराध त यस्ता छन् जसमा यी व्यक्तीहरूलाई प्रकोपी बोधिसत्वको रूपमा दर्शाइएको छ र यी नैतिक कमजोडीहरूलाई गलत रूपले खारिज गरिएको छ, तापनि मेरो विश्वास त यो हो कि यी कार्यहरूलाई असली रूपमा बाइबलको सन्दर्भमा अरू राम्रो प्रकारले चित्रित गर्न सकिन्छ |
मती ७:१५-२०
“झूठा अगमवक्ताहरूदेखि होशियार बस | तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन् | तर भित्र त तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन् | तिनीहरूको फलले तिमीहरू तिनीहरूलाई चिन्नेछौ | के मानिसहरूले काँडाका बोटहरूबाट अंगूर अनि सिउँडीबाट नेभारा टिप्छन् ? यस्तै किसिमले, असल रूखले असल फल फलाउँछ, तर खराब रूखले फलाउन सक्दैन, अनि एउटा खराब रूखले असल फल फलाउन सक्दैन | असल फल नाफलाउने हरेक रूख काटेर ढालिनेछ अनि आगोमा हालिनेछ | यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ |”
१ यहुन्ना ४:०१
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनकि संसारमा धेरै झूठा अगमवक्ताहरू निस्किआएका छन् |
यो बाहेक जसलाई दलाई लामाको रूपमा मानिन्छ र तथाकथित रूपले तिब्बती बौद्ध परम्पराको मुताबिक तुल्कुस नामक एउटा वंशक्रमको पुनर्जन्म पनि भानिन्छ, उनलाई करुणाको बोधिसत्वको प्रकटीकरण मानिन्छ र राष्ट्रिय संरक्षक देवता अवलोकितेश्वर पनि भनिन्छ | गेगुल अथवा गेगुल-देहात जसलाई पहेंलो रंगको टोपीको सम्प्रदाय पनि भनिन्छ, त्यहाँ दलाई लामा अहिले पनि एउटा महत्वपूर्ण र प्रासंगिक व्यक्ति हुन् तर उहाँले त अब सन्यास लिई सक्नुभएको छ तर यो कुरालाई लिएर म निश्चित छुइन कि एउटा महत्वपूर्ण व्यक्ति कसरी आफ्नो व्यक्तित्व र मिशनबाट टाढीन सक्छन् | हुन त उहाँलाई ज्यादै नै धेरै सम्मान गरिन्छ त एक व्यक्तिको रूपमा उनका धेरै सीमाहरू छन् र मैले पहिले नै यो बारेमा एउटा लेख लेखेको छु |
अब अगाडी बढ्ने हो भने त कर्म को बारेमा उनको विश्वासहरूमा विसंगतिहरू छन् किनकि चीनको साम्यवादको भ्रस्टाचार अन्तर्गत तिब्बती भिक्षु र भिक्षुनीहरूले उत्पीडन र साम्यवादको सामना गर्नु परेको थियो जसबाट दलाई लामा आफै पनि निकै प्रभावित थिए | त्यसैले यदि तपाईं यस् तर्कमा विश्वास गर्नुहुन्छ भने त यो प्रश्न उठ्छ कि के वास्तवमा यस जीवनमा अथवा अर्को कुनै जीवनमा ज्ञान प्राप्त गर्ने के कुनै आशा छ विशेष गरेर ती सबै धार्मिक रूपले समर्पित मानिसहरूलाई देखेपछी जसको कर्मको नियम अन्तर्गत न्याय भएको छ र यो कुरा त उनीहरूलाई पनि थाह भइसकेको होला कि तिनीहरू पूरै समय एउटा भांचिएको वाहनमा चढेका थिए र त्यो पनि उल्टो दिशामा गइरहेको थियो | यदि व्यक्तिगत हिसाबले भन्ने हो भने म यो भन्छु कि मेरो विचारमा यो पूरै धारणालाई नै कायम राख्न सकिंदैन र यो सबै कुरा भित्र तिर नै विष्फोट हुन्छ किनकि उनीहरूको आफ्नो सिस्टमले उनीहरू आफैलाई नै विनाश गरिसकेको थियो र यही कारणले मानिसहरूमा सबै कुरा भाग्यमाथि नै छोडिदिने एक किसिमको विश्वासको जागरण भएको थियो र मानिसहरूले आफ्नो जीवनको सम्पूर्ण नतीजाहरूलाई कारण र परिणाम अथवा जस्तो रोप्यो तेस्तै काट्यो भनेर स्वीकार गर्दछन् | अरू चेतनाशील प्राणीहरूको मदत गर्नु र अरूहरूको दु:खमा दया देखाउनु पनि त अरूहरूको ज्ञानोदयमा अवरोध पुर्याउनु भयो किनकि कर्म को बल को नियमको हिसाबले त उनीहरूले जीवनमा दु:ख र सजाय पाउनुपर्ने हो त उनीहरूलाई दया, करुणा र प्रेमले हेर्नु त यसको विपक्षको कुरा भयो | अन्त्यमा कसरी एउटा मानिस त्यस कुराको लागि जिम्मेवार हुन सक्छ जुन उसले अन्जानमा पछिल्लो जन्म अथवा अस्तित्वमा गरेको थियो ? अन्तमा यस प्रकारको दर्शनको दुविधाले गर्दा तिब्बती “लोकप्रिय धर्म”लाई प्रतिक्रियावादी प्रतिकृया को रूपमा भनिएको छ जसले कारनीय अथवा कर्मको हेरफेर गर्दछ र विभिन्न प्रकारको देवताहरूलाई खुशी गर्नको लागि विभिन्न प्रकारको कर्मकाण्ड गर्दछन् जुन यस्तो पद्धतिको बाबजुद दार्शनिक विरोधाभासको लागि उपयुक्त प्रमाणित भएको छैन |
त्यसै पनि यस प्रस्तुतिमा म मृत्यु पछिको जीवनको बारेमा एउटा अर्को विचार पनि प्रस्तुत गर्न चाहन्छु र म मृत्युको निकटको घटनाहरूलाई जारी गर्न चाहन्छु जसले पुनर्जन्मको दर्शनलाई नै खण्डन गर्दछ किनकि बाइबलले त यो भन्छ कि मृत्युपछि एउटा मानिसलाई अनन्तको न्याय मिल्छ र ऊ कुनै अर्को जीवनकाल अथवा पापमोचन सम्बन्धि अस्तित्वको कुनै अस्थायी मध्यस्थ मन्चमा प्रवेश गर्दैन | यहाँ मैले एउटा पूर्व नास्तिकको विडियो सामिल गरिरहेको छु जसको एक चिकित्सकको रूपमा नैदानिक अनुभवले संसारमा पुरानो शास्त्रीय बौद्धको स्थिति बाहेक एउटा अर्को सत्यको पनि प्रमाण दिएको छ |
यस आन्दोलनसंग जोडिएको अन्य कति विवाद यस्ता कति धेरै प्रथाहरू र विश्वासहरूको वरिपरी घुम्दछ जुन यस समूहको नेतृत्वबाट असंगत छ र यो त पारम्परिक बौद्ध सिद्धान्तको विचारहरूको पनि विपरित छ जसको उदाहरण दलाई लामाको आफ्नो अनुयायीहरूलाई ज्योतिष र ब्रह्माण्ड विज्ञानसंग जोडिएको अन्धविश्वासबाट बच्ने सूचना हो | यहाँसम्म कि बुद्ध आफैले पनि जादूसंग जोडिएको प्रथाहरूलाई सानो कला भन्दै त्यसको निन्दा गरेका छन् | यो बाहेक सिद्धार्थ गौतमले कहिले पनि आफूलाई देवता अथवा परमात्माको रूपमा मानेनन् र सबैभन्दा राम्रो रूपमा उनी भगवानको अवधारणासंग सम्बन्धित आफ्नो विचारमा नास्तिक थिए | यसबाहेक विचलित गर्ने तान्त्रिक अनुष्ठानका व्यवहारहरू पनि छन् जस्तै प्रकोपी देवताहरूलाई स्पस्ट यौन मुद्रामा कल्पना गर्नुको बौद्ध धर्मको पौराणिक रूपसंग कुनै सामन्जस्य छैन |
जुन कुराले यस धर्मलाई अझै धेरै गाह्रो बनाउँछ त्यो हो यसको “लोकप्रिय धर्म”संगको एकीकरण र समन्वयता जुन कहिलेकाहीं त यो संग संगत रहन्छ तर धेरैजसो त यो मान्यता विदेशी हो | यस् प्रकारले यो कुरा त पूरै स्पष्ट छ कि तिब्बतीहरू र शुद्ध बौद्ध सोचको बीचमा कुनै निरपेक्ष स्थिरता छैन किनकि यसमा ज्यादै नै धेरै परिवर्तनीय कुराहरू छन् जसले उनीहरूको विचारसंग सामन्जस्य त राख्दछ तर यस सम्प्रदायको सर्वोच्च नेतृत्वसंग भने यसको संघर्ष छ |
यी सबै कुराहरूको साथमा उनीहरूको कति धेरै विश्वास क्षेत्रीय किंवदन्तीहरू, अन्धविश्वासहरू र उनीहरूको तत्कालको संस्कृतिको लोककथाहरूले गर्दा अँध्यारोमा छन् किनकी उनीहरूले स्थानीय देवी देवताहरूको पूजा गर्दछन् | उनीहरूको विभिन्न कथाहरूमा उड्ने भिक्षुहरू र दंतकथाहरूमा शम्बालाको राज्य अथवा लुकेको घाटीहरू थिए जसलाई हिमालयको रहस्यमयी ठाउँहरूमा सम्पर्कविहिन गरेर राखिएको थियो र यसमा ल्हासाको मन्दिर पनि सामिल थियो जसको बारेमा यो भनिएको छ कि उनी जोवो शाक्यमुनीको छविको सम्पर्कले गर्दा धन्य भएका थिए |
यो धार्मिक आन्दोलनको नराम्रो पक्ष यो हो कि उनीहरू विभिन्न तान्त्रिक गतिविधिहरूमा सामेल थिए जस्तै पेशनीगोई, अट्कल र जादुई क्षमता पाउनको लागि उर्जाको संकलन |
सारांशमा भन्नुपर्दा यो सबै कुराहरूले शायद तपाइंको आत्मालाई सताइरहेको होला र यो पनि हुन सक्छ कि तपाईंको मनमा विभिन्न प्रथाहरू र अनुष्ठानहरूको वास्तविकताको बारेमा सन्देह छ होला कि के यो साँचो हो कि यो सबै गरेर ज्ञान प्राप्त गर्न सकिन्छ जसमा निम्नलिखित विभिन्न गाह्रो कार्यहरू सामिल छन्:
दीक्षा, श्रद्धा अथवा पस्रिनु, प्रसाद र दान, प्रार्थना, तन्त्र र मन्त्र, गायन, गूढ कल्पनाहरू, एकाग्रता र सांस लिने व्यायाम, समारोहहरू, उत्सवहरू, वस्तुहरू र अवशेष, मुद्राहरू र हाथको इशाराको उपयोग, उनीहरूको देवताहरूको चित्र र लौकिकसंगको मण्डला, सूत्र पढ्नु, प्रार्थनाको पांग्रालाई घुमाउनु, प्रार्थनाको झण्डा, कैलाश पर्वत अथवा तसा री जस्ता पवित्र स्थान अथवा वस्तुहरू र व्यक्तिहरूको परिक्रमा गर्नु, दीपक र धूप चढाउनु, पशुहरूको बलि, भारत र नेपालमा विभिन्न पवित्र स्थलको भ्रमण गर्नु र विभिन्न पवित्र शहरहरू, तीर्थ, मन्दिरहरूक मठहरू, गुफाहरू र पहाडहरू घुम्नु आदि, आदि, आदि|
अनि यो कर्म र आर्जित योग्यताको सतत चक्रको प्राप्तिको कुनै मानक छैन र यो त यस कुरामा सिमित छ कि एउटा मानिसलाई कहिले पनि यो थाह हुँदैन कि निर्वाण प्राप्त गर्नको लागि उसले पर्याप्त गरिसकेको छ अथवा त्यो सबै उसले कहिले पनि प्राप्त गर्न सक्छ कि सक्दैन | यो सबैको पछि कस्तो असर होला यदि तपाईं आफ्नो जीवनको अन्त सम्म पुग्नुभयो र प्रबुद्धत्ताको प्राप्ति तपाईंबाट टाढा जस्तो देखियो भने र त्यसलाई पाउने सबै सम्भावना तपाईंभन्दा टाढा देखियो भने तपाईं के गर्नुहुन्छ ? अनि यस्तो अवस्थामा के होला यदि एउटा मनिसलाई लाग्यो कि उसले प्रबुद्धता पाइसकेको छ तर वास्तवमा उसंग धोका भएको रहेछ अथवा त्यो मानिसको के होला जसलाई यो लागेको थियो कि ऊ आफ्नो अन्तिम गणतव्यसम्म पुगिसकेको छ तर वास्तवमा आफ्नो आध्यात्मिक लक्ष्यसम्म पुग्नमा ऊ विफल भएको रहेछ ? यो प्रणालीले त अन्तिममा गएर मृत्युको आड लिएर मानिसहरूलाई दबाउँछ किनकि यसले मानिसलाई कर्तव्य र भयको भावनाको हिसाबले अधिक भार दिन्छ र यो दमनकारी व्यवस्था यी महत्वपूर्ण मानिसहरूको जीवनमा निराधार दर्शनको साथ् हावी छन् | पछाडि फर्केर हेर्ने हो भने यो धार्मिक वास्तविकताको जन्मजात अथवा स्वयम् स्पष्ट ज्ञानसंग लड्ने एउटा प्रणाली हुनसक्छ तैपनि मात्र मानिसहरूको कल्पना र अट्कलको आधारमा आफैलाई अड्कलबाजीको शिकार बन्न दिनु सांस्कृतिक रूपले स्वीकार्य त हुन सक्छ, तर अन्तमा गएर यो गलत र बेकार प्रामाणित हुन्छ | यो बाहेक आध्यात्मिक हुनुले यो कुराको गारन्टी दिंदैन कि तपाईं आत्मिक रूपले सक्षम हुनुहुन्छ अनि इमान्दार हुनुको यो मतलब होइन कि तपाईं इमान्दारीसंग गलत हुन सक्नुहुन्न र अनिवार्य रूपले कोही सधैं सही पनि त हुन सक्दैन |
समापनमा म तपाईंलाई चुनौती दिन चाहन्छु कि तपाईं विश्लेषात्मक ध्यान गर्दै आफ्नो महत्वपूर्ण सन्देहलाई कायम राख्नुहोस र तिब्बती बौद्ध शिक्षाको बारेमा आफ्नो प्रश्नहरू पनि जारी राख्नुहोस र यो सबैले तपाईंलाई आफ्नो वर्तमान धार्मिक विश्वदृष्टीबाट अलग गरेर नयाँ अवसर र सम्भावनाहरूको लागि खोलेर तपाईंलाई पुरस्कृत गर्न सक्छ | म तपाइंलाई प्रोत्साहित गर्न चाहन्छु कि तपाईं यहाँसम्म खुला र तैयार रहनुहोस कि अमान्य विश्वासहरू माथि पुनर्विचार गर्नुहोस् र जाने बुझेर अनि हिम्मत गरेर गलत व्यवहार वाला कुनै पनि शंकालु आवेदन र अभिव्यक्तिलाई त्यसको व्यवस्थित शिक्षाहरू र सिद्धांतको साथमा अस्वीकार गर्नुहोस् |
अन्तमा प्रतिक्रियाको रूपमा म आशाको एउटा घोषणा गर्न चाहन्छु र तपाईंलाई आश्वस्त गर्न चाहन्छु कि आध्यात्मिकतालाई बचाउन सकिन्छ किनकि येशु परम सत्य हुनुहुन्छ र यदि तपाईं उहाँमा आराम लिनको लागि तैयार हुनुहुन्छ भने तपाइंले आफ्नो हृदयको खजानाको बारेमा थाह पाउनुहुन्छ जुन पहिलेबाट चाहिं लुकेको थियो र तपाईंलाई यसको बारेमा थाह थिएन त अब “बाटो”को रूपमा खुला रूपले सबैलाई यसको बारेमा थाह छ |
मती ११: २८-३०
“हे सबै थाकेकाहरू र बोझले दबिएका हो, मकहाँ आओ, अनि मा तिमीहरूलाई विश्राम दिनेछु | मेरो जुवा आफैमाथि लेओ अनि मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको लागि विश्राम पाउनेछौ | किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुंगो छ |”
यो सब यस कारणले पनि सम्भव भएको हो किनकि यसमा कुनै सेन्सरशिप छैन र परमेश्वरले आफ्नो संदेश कुनै स्थानीय हाशिये धर्म अथवा कुनै गुप्त समाजसमा मात्र सीमित गर्नुभएको छैन, तर यी अद्भूत जातीय तिब्बती सहित उहाँले सबै जनजाति, जीव र देशलाई माया गर्दै सबैलाई अंगाल्नु हुन्छ |
यूहन्ना ३:१६
“किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् |”
अन्तमा येशु अन्त सम्म पुग्ने साधन हुनुहुन्छ किनकि उहाँ सबै मानिसलाई पाप र गलतबाट मुक्त गर्नुहुन्छ र यो उहाँको प्रभावशाली काम द्वारा पूरा हुन्छ अनि यो अरूहरू जस्तो छैन जसको अपूर्ण प्रयास आफ्नै प्रभावशाली कामद्वारा सबै हासिल गर्नुपर्ने भनेर हुन्छ | यो नै अनन्त काल देखि येशुको मन्त्रालय थियो जस्तो कि उनको नामले बताउँछ कि उहाँको जीवनको बोलावट नै अरूहरूलाई परमात्माको निर्णयबाट बचाउनु थियो र यसको लागि उहाँले आफ्नो अवतारको माध्यमले बलि दिइने बाख्राको भूमिका निभाउनु भयो र उहाँले हाम्रो लागि मारेर बलि मोचंको अन्तिम मूल्यको भुक्तान दिनुभयो जुन एउटा आदर्श फिरौती थियो र उहाँको योग्यताले गर्दा हामीले अनन्त जीवन पाउन सक्यौं |
यो लेन-देनको अभ्यास प्रामाणिक पश्चातापको माध्यमले हुन्छ जसको लागि हजारौं अभ्यासित शब्दहरूको आवश्यकता पर्दैन तर साँचो मनले गरिएको सोच नै काफी हुन्छ किनकि यस्तो भनिएको छ कि “जो कोही जसले परमेश्वरको नाम पुकार्दछ उसलाई बचाइनेछ |”
त्यसैले म आशा गर्दछु कि तपाईंले मेरो यस प्रस्तावमाथि ध्यान दिनुहुन्छ कि तपाईं दीक्षा र अनुभवको सुरुवातको माध्यमले अनि प्रार्थनाको माध्यमले परमेश्वरसंग कुरा गर्न सक्नुहुन्छ र उहाँलाई भन्न सक्नुहुन्छ कि उहाँले येशुलाई परम वास्तविकता र ज्ञानको पथको रूपमा तपाईंको अगाडी प्रस्तुत गर्नुभएको होस् | आखिरमा यस प्रकारको संवाद र विचार भन्दा टाढा रहनु त्यस गम्भीर सोच भन्दा पनि अलग रहनु हो जसले गर्दा तपाईं आफ्नो परोपकारी रूपले आफूलाई तर्कबाट निर्देशित हुनको लागि समर्पित गरिदिनुभएको छ चाहे त्यो पूरै नया दिशा नै किन न होस् जसमा तपाईंले आफूलाई गुरूहरू, संस्कृति र समाजलाई आफ्नो विश्वास र प्रथाहरूलाई चलाउन न दिएर यो काम सत्यलाई गर्न दिनुहुन्छ |
यसबाहेक म यो प्रार्थना गर्दछु कि यो नया प्रकाशलाई हेर्न र बुझ्नको लागि तपाइंको ध्यान केन्द्रित रहोस् र तपाईं येशुलाई आफ्नो प्रभु र उद्धारकर्ताको रूपमा मानेर शान्तिमा स्थायी रूपमा रहन सक्नुभएको होस् |
त्यसो भए संक्षिप्तमा भन्ने हो भने त येशुले ब्रह्माण्डका निर्माताको रूपमा सारा श्रीष्टि र सारा जीवनको उत्पत्ति गर्नुभएको हो र सत्यको अवतारको रूपमा यो नै सही पाठ हो र खास भन्ने हो भने एकमात्र “बाटो” हो | येशु नै “विश्वको प्रकाश”को रूपमा रोशन र उज्जवल स्तम्भ हुनुहुन्छ जो मानिसहरूको मन र मस्तिस्कमा चम्किनु भएको छ र यी व्यक्तिहरूलाई उहाँले मुक्त गर्नुहुन्छ र बदल्नुहुन्छ | यो त येशुको सम्पूर्ण पवित्रताले गर्दा भएको हो जुन उहाँको अनुयायीहरूलाई हस्तान्तरित गरिएको छ जो उहाँको लागि सम्पूर्ण तरिकाले समर्पित छन् र उहाँको उद्धार कार्यमा विश्वास गर्दछन् र उहाँले उनीहरूको पापी प्रवृतीको कमजोडीहरूबाट स्वतन्त्रता दिनुहुन्छ जुन पापले गर्दा सबैजनाले परमेश्वरको उल्लङ्घन गरेका छन् | अनिवार्य रूपले व्यक्तिगत योग्यताको आधारले यो सबै पूरा गर्न सकिन्न त्यसैले राम्रो समाचार त यो हो कि कानुनी रूपले पनि उचित यो लेनदेन प्राप्तकर्तालाई विशेष अनुग्रहको रूपमा दिइएको छ किनकि येशुले पूरै दया र करूणाका साथ् आफ्नो भक्तलाई यो सित्तैको उपहार दिन्छन् |
अब परमेश्वरसंगको यस सम्बन्धका साथमा मानिसको जिन्दगीमा जीवन परिवर्तन गर्ने घटना पनि आउँछ जसमा अनुयायीले एउटा नयाँ प्रकृति पाउँछ जसले गर्दा ऊ राम्रो र पुण्य कर्म गर्नकालागी सक्षम हुन्छन् र यो कुरा उनीहरूको विश्वासको प्रकटीकरण पनि हो | यो ज्ञान, बरू यसले बौद्ध धर्मको परिभाषासंग मेल खांदैन, तर विश्वाससंग तुरुन्त आउँछ र पूरा हुनको लागि यसले पूरै अथवा आंशिक जीवनको समय पनि लिंदैन तर विश्वासीले यो तुरुन्त पाउन सक्छ | यो बाहेक यस वास्तविकतालाई परमेश्वरको आत्मा द्वारा सत्यापित गर्न सकिन्छ जो हरेक मानिस जसले यो संदेश पाएका छन् कि उनीहरू वास्तवमा नै साँचो र जीवित परमेश्वरका सन्तान हुन् उनीहरूकालागि व्यक्तिगत रूपले गवाह बन्नुहुन्छ | अनि परमेश्वरको यो संघ कनै प्रकारको ध्यान अथवा योगले गर्दा पाइंदैन, तर मसीहको मध्यस्थताले गर्दा पाइन्छ जसबाट हामीले अनन्त जीवनको प्रतिज्ञा पनि पाउँछौं जसले गर्दा मानिस मरेपछि समाधिपछि पनि बाँच्दछ किनकि हामीलाई कुनै अर्कै आयाममा स्थानान्तरित गरिन्छ जुन वर्तमान अन्तरिक्षको प्रतिबंधले गर्दा सीमित छैन, अनि यो वास्तविक हो जसलाई स्वर्गीय निवास पनि भनिन्छ |
अन्तमा मित्रहरू तपाईंहरू पनि म संगै हिंड्न सक्नुहुन्छ जहाँ तपाईंले आफ्नो आत्माको धार्मिक तड़पलाई पूरा गर्नको लागि पूर्ण शान्ति, खुशी र प्रेम को परिपूर्णता पाउनुहुन्छ |
भजन ३४:८
परमप्रभुलाई पारख गरेर हेर,
कि उहाँ कति भला हुनुहुन्छ|
उहाँमा शरण लिने मानिस धन्यको हो|
परमेश्वरसँग सम्बन्ध कसरी बनाउने
अरु सम्बन्धित विषयहरु
Encyclopedia of Religion Second Edition, copyright 2005 Thomson Gale a part of The Thomson Corporation, Lindsay Jones Editor in Chief, Vol.2, pgs.1150-1159, Matthew T. Kapstein
Encyclopedia of Religion Second Edition, copyright 2005 Thomson Gale a part of The Thomson Corporation, Lindsay Jones Editor in Chief, Vol.13, pgs.9181-9187, Per Kvaerne
Encyclopaedia Britannica,Inc., copyright 1993, Vol.11, pg.756-757, Tibetan Buddhism
AMG’s World Religions and Cults, AMG Publishers, Chattanooga, Tennessee
“Reprinted by permission. “(Nelson’s Illustrated Guide to Religions), James A. Beverley, 2009,Thomas Nelson Inc. Nashville, Tennessee. All rights reserved.”