तपाईं किन एक मुस्लिम हुनुहुन्छ ?

तपाईं किन एक मुस्लिम हुनुहुन्छ ? के तपाईंले वास्तवमा यस् प्रश्नको बारेमा विचार गर्नुभएको छ अथवा सोच्नुभएको छ ? के यसको कारण यो हो कि तपाईंले व्यक्तिगत रूपले आध्यात्मिक अंतर्द्रिस्टी पाउनुभएको छ अथवा जीवनको रहस्योद्घाटन पाउनुभएको छ ? अथवा परमेश्वरसंग व्यक्तिगत अन्तरंग संबन्ध पाएको कारणले स्वाभाविक रूपले तपाईं इस्लाम धर्म तर्फ जानुभएको छ ?

के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंको संस्कृति र समाजले तपाईंलाई त्यस प्रकारले परिभाषित गरेको छ ? विचार गर्नुहोस् कि यदि तपाईं अमेरिका जसलाई बाइबल बेल्ट मानिन्छ, त्यहाँको कुनै क्षेत्रमा जन्मिनुभएको भए के हुन्थ्यो होला ? यस्तो अवस्थामा तपाईंको इस्लामी विश्वासलाई मान्ने अथवा विश्वास गर्ने कत्तिको सम्भावना हुन्थ्यो होला ?

के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंसंग छान्ने स्वतन्त्रता छैन र अन्यथा केहि छानेमा तपाईंले सबै थोक गुमाउनु हुनेछ ? एक चोटी फेरी सोच्नुहोस कि यदि तपाईं एउटा धार्मिक स्वतन्त्रताको अनुमति भएको लोकतान्त्रिक समाजमा जन्मिनुभएको भए पनि के तपाईं एक मुस्लिम नै रहन चाहनुहुन्थ्यो ?

के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंको परिवारले तपाईंसंग यही आशा गर्दछन् र तपाईंको विश्वदृस्टी र मूल्यहरूलाई पनि उनीहरूले नै परिभाषित गर्दछन् ? सोच्नुहोस् कि तपाईंको परिवारले तपाईंलाई आफ्नो स्वयम् को विषयमा निर्णय लिनको लागि सम्पूर्ण तरिकाले अनुमति दिएका भए र तपाईंको स्थितिको बारेमा कुनै चासो नराखेर तपाईंलाई स्वीकार गरेको भए के हुन्थ्यो होला ?

के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने बाँकी सबैजनाले पनि यही गरिरहेका छन् ? यदि तपाईं एउटा यस्तो संस्कृतिको अंश हुनुहुन्छ जसले विश्वासको विविधताको अनुमति दिन्छन् ? के तपाईं अझै पनि इस्लामलाई नै अपनाउनको लागि प्रेरित रहनुहुन्छ ?

के तपाईं इस्लामलाई यस् कारणले मान्नुहुन्छ किनभने धार्मिक अधिकारी र शिक्षा प्रणालीले तपाईंलाई यो भनेका छन् कि इस्लाम नै साँचो धर्म हो ? कल्पना गर्नुहोस् कि तपाईं एक नास्तिक देशमा जन्मिनुभएको भए जहाँ ईश्वर बिनाको जीवनको बारेमा एउटा बेग्लै दर्शन छ भने पनि के तपाईं मुस्लिम नै रहनुहुन्छ ?

के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंलाई मुस्लिम नहुनु अथवा यो विश्वासलाई नमान्नुको परिणामसंग डर लाग्छ ? सोच्नुहोस् कि यदि यो भय र संकोचको सामना गर्नु नपरेको भए तपाईं के गर्नुहुन्थ्यो ?

के यो सम्भव छ कि इस्लाम एउटा यस्तो अभ्यास हो जसलाई भौगोलिक स्थानको आधारमा परिभाषित गरिएको छ ?

के यो सम्भव छ कि एक व्यक्तिलाई कुनै धार्मिक प्रणालीमा यति धेरै एकीकृत गर्न सकिन्छ कि यसको प्रभावबाट मुक्त हुनु उसको लागि लगभग असम्भव भएर जाओस् ?

के यो सम्भव छ कि हामी त्यो कुरामाथि अन्ध-विश्वास गरौँ जुन कुरा हामीलाई मान्नको लागि भनिएको छ र त्यसको बारेमा केहि सोधपूछ गर्नुमा पनि रोक लगाइएको छ ?

के एउटा व्यक्तिलाई कुनै संस्कृतिले यति धेरै अलग गर्न सक्छ कि उसलाई बाहिरको श्रोतले प्रभावित नै गर्न सक्दैन ?

के धर्मलाई मानिसहरूलाई नियन्त्रित गर्ने र हेरफेर गर्ने एउटा तरिका बनाउन सकिन्छ जसले गर्दा कुनै राजनीतिक एजेन्डा पूरा गर्न सकिओस् ?

के एउटा धर्म तपाईंको आफ्नो व्यक्तिगत पहिचानको भावना गुमाउनुको कारण बन्न सक्छ ?

तपाईं इमान्दारीसंग आफूलाई बताउनुहोस् कि यो ब्लग को माध्यमबाट सोचे पछि पनि तपाईं इस्लाम प्रतिको आफ्नो विश्वासमाथि अडिग हुनुहुन्छ अथवा तपाईंलाई त्यस माथि कुनै शंका छ ? यदि तपाईं अझै पनि ती विश्वासहरूमा समर्पित हुनुहुन्छ भने के तपाईं त्यो घमण्डको कारणले एउटा मुस्लिम रहन सक्नुहुन्छ जुन घमण्डले तपाईंलाई कहिल्यै पनि गलत हुन दिंदैन ? अथवा तपाईंको अधिक विश्वासले तपाईंलाई धोखा दिइरहेको छ ?

त्यसो भए तपाईं मुस्लिम हुनु पछाडि साँचो प्रेरणा के हो त ? वास्तवमा के यो सांचै नै सत्यको मामिला हो अथवा यो संस्कृतिद्वारा परिभाषित गरिएको छ ?

इस्लामको विकास धेरैजसो सैन्य विजय र बच्चाहरूको जन्मको माध्यमले भएको हो | के यो विश्वास तिर वास्तवमा नै एउटा गम्भीर अथवा वैध दृस्टीकोण हो ?

त्यसो भन्ने हो भने यस्ता मुस्लिमहरू पनि छन् जसले इस्लाममाथि शंका गरे र चमत्कारिक ढंगले येशुमा विश्वासद्वारा मुक्त भए | मैले आफ्नो ब्लग साइटमा एउटा लिंक दिएको छु जसमा पूर्व मुसलमानहरूको गवाही छ जसले आफ्नो सन्देह र भयसंग लड्ने एउटा अर्को तरिका पाए |

समापनमा म तपाईंलाई एउटा चुनौती दिन्छु कि तपाईं यी गवाहीहरूलाई पढ्नुहोस् र परमेश्वरसंग सोध्नुहोस् कि येशुलाई तपाईंसामू उहाँले प्रकट गर्नुभएको होस् र त्यो पनि यस्तो रूपमा कि तपाईं उहाँलाई प्रभु र उद्धारकर्ताको रूपमा स्वीकार गर्न सक्नुहोस् | कुनै पनि प्रकारको डरले तपाईंलाई यो गर्नबाट रोक्न नदिनुहोस् र यो नसोच्नुहोस कि यो गरेर तपाईं त्यो स्वर्गमा प्रवेश पाउनुहुन्न जसमा पुग्ने त्यसै पनि निश्चित छैन |

 

 

परमेश्वरसंग कसरी एउटा सम्बन्ध बनाउने?

 

अन्य संबंधित लिंक

मुस्लिम र इस्लामी संसाधनहरू

येशु र इस्लाम

Why are you a Muslim? 

Leave a Reply