Archive for the ‘नेपाली-Nepali’ Category

आत्मवादको संसाधनहरू

Sunday, November 24th, 2013

बाइबल

Bible

Audio New Testament

 

चार आत्मिक नियमहरु

www.4laws.com/laws/downloads/NepEng4s.pdf

 

येशुको चलचित्र

Jesus Film: view in Nepali

आत्मवाद र भय

Friday, June 14th, 2013

यदि हामीले आत्मवादी विचार को पछाडी रहेको विश्वासहरू माथि विचार गर्यौं भने त्यहाँ एउटा अवास्तविक र अति नै ठूलो डर देख्छौं जसमा एउटा मान्छेलाई लाग्न सक्छ कि देवताहरूलाई दु:ख नपुर्याउन को लागि उसले उनीहरुलाई कुनै न कुनै प्रकार ले सन्तुस्ट गर्नु पर्छ│ यस्ता कति धेरै अतिरन्जित लोकगीत र अन्धविश्वास त वास्तविक अर्थबाट नै आउँछन जसको द्वारा एउटा यस्तो आध्यात्मिक आयाम को बारेमा थाह हुन्छ जुन हाम्रो शारीरिक र प्राकृतिक इन्द्रियहरूले थाह पाउन नसक्ने कुराहरू हुन्│

ती आत्माहरू जसद्वारा यस्ता धेरै संगठनहरु बनाइएका छन् उनीहरू धेरै जसो शैतानी प्रकारका छन् किनकि यी सबै अभिव्यक्तिहरुका लागि डर को माध्यम ले मानिस को हृदय मा आफ्नो लक्ष्य पूरा गर्न एकदमै आवस्यक हुन्छ र यहि कारणले मानवता नै पक्षघात को शिकार बनेर जान्छ│

शास्त्रले शैतानलाई यहि प्रकारले प्रस्तुत गर्दछ र उनीहरू चोरी गर्न, मार्न र नस्ट गर्न का लागि प्रतिबद्ध हुन्छन र उनीहरूलाई एउटा यस्तो गर्जने सिंघ को प्रतिबिम्ब मानिन्छ जो आफ्नो शिकारलाई चिर्न खोजिराखेको छ│

यदि तपाई बाइबलका पानाहरू पल्टाएर हेर्नुहुन्छ भने यस्तो क्रियाकलाप त्यहाँका कथाहरूमा पढ्न पाउनुहुन्छ जसमा सबै प्रकारका शारीरिक र भावनात्मक विकृतिहरू देखाइएका छन्│

त्यसैले म साधारण रूपमा यस्ता आत्मवादी समूहहरूसंग सहमत हुन्छु कि संघर्स गर्नकालागि संसारमा आध्यात्मिक वास्तविकताहरू छन् र आधुनिक वैज्ञानिक सिद्धान्त हरूकालागी  हरेक घटनालाई प्राकृतिक भनेर हटाउनु पहिले नै गरिएको कल्पना र अति नै धेरै सरलीकरण हुन जान्छ│यस्तो भएको कारण चाहिं यो हुनसक्छा कि बैज्ञानिक समुदायले ब्रह्माण्डको रहस्यहरूको बारेमा अलिकति मात्र जान्न पाएको छ र यहि कारणले आफ्नै सिद्धान्तहरूलाई मानेर यदि उनीहरू अरू सबै कुराको विरोध गर्छन भने त यो अहंकारको एक घिनलाग्दो चित्रण हो│ तथापि, यदि उनीहरूको विचारसंग सन्तुलन को कुरा गर्ने हो भने पनि यो पनि भन्न सकिन्छ कि हरेक झाडी को पछाडी कुनै राक्षस बसेको हुँदैन किनकि यो कुरा पनि गलत हुनेछ│

अझै भन्ने हो भने एउटा अस्ट्रेलियाई समूहले एक सर्वेक्षण गरेको थियो यो जान्न को लागि कि संसारभरि असाधारण गतिविधि माथि मानिसहरूको विश्वास कस्तो छ र अन्तर्वार्ता दिने हरू मध्ये करिब ७० प्रतिशतले यो कुरा माने कि असाधारण गतिविधिहरू हुन्छन र ठिक यसै प्रकार ले अमेरिकामा गरिएको एक सर्वेक्षणले पनि यो देखायो कि त्यहाँ पनि ७५ प्रतिशन मानिसहरूले यहि नै मान्दथे│ शायद यहि नै कारण होला कि असाधारण गतिविधि माथि आधारित टि.भी.का रेअलिटी कार्यक्रमहरू यति धेरै लोकप्रिय छन्│

जे भए पनि जब यी आत्मवादी मानिसहरूले यो डर माथि बलिदानको माध्यम ले आफ्नो प्रतिक्रिया जनाउंछन् तब यो कुरा नया करार को यस कुरा संग पूरै मेल खान्छ जहाँ यो भनिएको छ कि कुबुद्धि राक्षसहरूलाई प्रसादको रुपमा बलिदान दिनु एउटा चाल हो र सहि कुरा त यो हो कि राक्षसहरू यहाँ हाम्रो राम्रोकालागि छैनन् किनकि उनीहरूलाई दिईने पर्याय शब्द नै अभियोक्ता, निन्दक र विरोधी हो│ शैतानलाई झूठ को पिताको रुपमा पनि दर्शाइएको छ किनकि ऊ एउटा धोखेबाज हो र झूठो सत्य देखाउने एक ठग हो│

उसले तपाईलाई कुनै तरीकाले आशंकाको मार्फतले यो सोच्नलाई बाध्य बनाउँछ कि उसलाई पूजा गर्नु अथवा उससंग डराउनु र उसलाई सम्मान गर्नु आवस्यक छ र ऊ यसको लायक छ तर वास्तवमा खास कुरा त यो हो कि ऊ पनि सर्वशक्तिमान परमेश्वोर को अगाडी केवल एक जीव हो र प्रसंशा को लायक त मात्र परमेश्वर हुनुहुन्छ│

अझै भन्ने हो भने मलाई यो विश्वास छ कि आत्मवादी समाज डराउँछ किनकि केहि श्रेणीसम्म उनीहरू एउटा सर्वशक्तिमान व्यक्तित्व अथवा कानून दाताको आवस्यकतालाई बुझ्छन│ यो सहज भाव उनीहरूको मनको मुख्य फ्रेममा जोडेर राखिएको छ जसले गर्दा उनीहरूलाई यो कुरा थाह होस् कि उनीहरू एउटा जिम्मेवार नैतिक जीव हुन् र उनीहरूलाई सही र गलतको बारेमा थाह छ र उनीहरुलाई आफ्नो कर्मकालागी जिम्मेवार ठहराउन सकिओस्│ यो वास्तविकतालाई मानिसको चेतना सम्म संचार गरिन्छ र उनीहरुको दिमागमा पनि यो कुरा सधैं रहन्छ जुन कारणले उनको आत्मा को धागोमा सधैं आफू अपराधि हुनुको भावना रहन्छ र यहि कुराले गर्दा उनीहरुले कि त यो सत्यलाई दबाउन खोज्छन अथवा सत्यसंग सम्झौता गर्न पुग्छन│

परिणामस्वरूप यो नैतिक ज्ञानको एक परम उद्देश्य यो हो कि यसले हामीलाई परमेश्वोर को खोजी गर्नकालागि प्रोत्साहित गरोस्│

यसको अतिरिक्त यदि यो पोस्टलाई तपाईं पढ्दै जानुहुन्छ भने तपाईंलाई यो लाग्न सक्छ कि भय को बारेमा मेरो बयानमा केहि कपट अथवा विरोधावास छ│ तापनि वास्तविकता त के हो भने परमेश्वरको एक स्वस्थ ‘भय’ पनि छ जून आत्मा अथवा झूठा देवताको दमनकारी “डर” को विपरित छ│ यहाँ असमानता यो हो कि “भगवान को डर”ले हामीलाई पश्चाताप गर्न तर्फ लान्छ जसले प्रेम को आधारमा काम गर्छ तर दुश्मन को डरलाई भने तपाईं माथि आक्रमण गर्नकालागि प्रयोग गरिन्छ जुन द्वेष र बदलामाथि आधारित छ│ यसको अन्तिम परिणाम चाहिं यो हो कि भगवान को “डर”ले मुक्ति दिन्छ तर शैतान को “डर”ले केवल निन्दा मात्र गर्छ│

त्यसो भए यसको मतलब यो भयो कि ती आत्मवादीहरू जो यस प्रकारको दैनिक उत्पीडनमा बस्छन, तिनीहरूको यी आध्यात्मिक जीवहरुसंग स्थायी र सांचिकैको शान्ति छैन र त्यो येशु क्रिस्टमार्फत सर्वशक्तिमान परमेश्वरको प्रेम नै हो जसले यो डरलाई सम्पूर्ण रूपले भगाउँछ किनकि डर त न्यायसंग जोडिएको हुन्छ│

खास भन्ने हो भने सुसमाचार अथवा राम्रो समाचार को महत्व नै यहि हो कि येशु बन्दीहरूलाई छोडाउनकालागि आउनुभयो र उनीहरूलाई मुक्त गर्न आउनुभयो जो आफ्नै जीवन र आत्माको बन्दीगृहमा कैद थिए र उहाँले तिनीहरूलाई पनि निको पार्नुभयो जो शैतानको अत्याचारका कारणले घायल भएका थिए│

येशु एक मध्यस्तकर्ता हुनुहुन्छ र उहाँको मिसन तब पूरा भयो जब उहाँले मानवजातिलाई उनीहरूको पाप / अपराधहरू बाट छुटाएर उनीहरूकालागि बलिदान दिनुभयो र परमेश्वरसंग हामीहरूलाई शान्तिमा ल्याउनुभयो र उहाँले शैतानको हाम्रो आत्माप्रतिको अध्यर्थनलाई पनि सिध्याइदिनुभयो र यो उहाँले हाम्रो आत्मालाई मृत्युको अन्तिम गढबाट छुटाएर गर्नुभयो र हाम्रो निम्ति परमेश्वर र सृस्टीकर्तासंगको अनन्त जीवनलाई उपलब्ध गराउनुभयो│

परमेश्वरले हामीलाई प्रेम गरेर हाम्रो निम्ति पापबाट मुक्त हुनकालागी एक माध्यम बनाउनुभयो र हामीलाई येशु जो हाम्रो निम्ति मर्नुभयो, उहाँको अनन्त बलिदानको माध्यमले धर्मी भनेर घोषणा गर्नुभयो र यो कुरा शैताम को झूठ जस्तो होइन जसमा कायम रहनकालागी अबिरल लागत लगाइराख्नु पर्छ तर यसको ठीक बिपरित वास्तवमा येशुले आफ्नो जीवन फिरौतीको रूपमा सित्तैमा सधैंकलागि दिनुभयो│

उहाँले हाम्रो अपराधलाई आफूमाथि एउटा पापी जस्तै लिनुभयो र उहाँले अति नै धेरै पीडाको सामना गर्दै मानिसको ठाउँमा क्रूसमा मृत्युको सामना गर्नुभयो│ यो नै त्यो मूल्य थियो जून हामीले तिर्न सकेनौं अथवा तिरेनौं जसको कारणले परमेश्वरले आफै संसारसंग आफूलाई मिलाउनकालागी बलिदान दिनुपर्यो र यो उहाँले येशुको बलिदानी जीवनको मार्फतले गर्नुभयो जसले हाम्रो लागि आफ्नो जीवन दिनुभयो│

यो सबै केबल यो कारणले सम्भव हुनसक्यो किनकि परमेश्वरको प्रकृति र चरित्र दयालु र विनम्र छ र उहाँ अति नै धेरै गहिरो प्रेमका साथ् हामीलाई हेर्नुहुन्छ र उहाँले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि हामीहरुलाई आफूमा नै मिलाउन चाहनुहुन्थ्यो त्यो पनि यस्तो समयमा जब हामी अझै पनि उहाँको शत्रु नै थियौं│

यसै कारणले पवित्र र धर्मी क्राइस्ट मारिनुभयो र यो एक संकेत हो कि धर्मी धर्मभ्रस्टकालागि पिडित हुनुपर्यो│

त्यसै पनि जब तपाईं क्राइस्ट माथि आफ्नो प्रभु र उद्धारकर्ताका रुपमा विश्वास गर्नुहुन्छ, तब यी आध्यात्मिक अँध्यारोको विरुद्धमा तपाइंले प्रतिरक्षा पाउनुहुन्छ│ बाइबलले अझ यो कुरालाई यस्तो प्रकारले प्रस्तुत गर्दछ कि हामी विजेताहरू भन्दा पनि ठूला हौँ│

येशुले भन्नुभयो कि नर्कको द्वार हाम्रो विरुद्धमा जित्न सक्दैन र संसारमा भएको (झूठ को दुस्ट आत्मा) भन्दा उहाँ जो हामीमा हुनुहुन्छ (सत्यका पवित्र आत्मा) महान हुनुहुन्छ│ अझ बाइबलले यो पनि भनेको छ कि हाम्रो विरुद्धमा गठित कुनै पनि हतियार समृद्ध हुन सक्दैन र युद्धकालागि हामीसंग भएका आध्यात्मिक हतियार पनि कम्जोर भने अवस्य छैनन् बरू उनीहरूमा शक्तिशाली गढ़लाई पनि तल तान्न सक्ने शक्ति छ│

त्यसो भए जब तपाईं मदतको माग गर्न चाहनुहुन्छ तब ती दुख दिने आध्यात्मिक बल बाट मुक्त हुनकालागि राक्षसी संस्थाहरूको अधीनमा रहने जादुगरसंग परामर्श लिनु आवस्यक छैन│ जादुगरले आध्यात्मिक प्राणीहरूसंग हेरफेर गर्नसक्छ तर यसको मतलब यो होइन कि उसको यो कार्य सम्पूर्ण प्रकारले मुक्त छ किनकि उसको प्रभाव सुरू देखि नै एउटा यस्तो शक्तिको तल सिमित छ जसले यस्तो धेरै नै अपवादहरूको गठन गरेको छ│ बोक्सी चिकित्सक, औषधि मानिस र जादुगर शैतानको काम गर्ने भाँडाहरू हुन् जसले सुरक्षाको झूठो भावना दिन्छ│ पाप र पीडा जीवनको दुखत परिणाम हुन् तर येशुमा मुक्ति पाउनु ती शैतानी शक्तिहरू माथिको सर्वोत्तम जीत हो│

हामीले यो पनि सोच्नुपर्छ कि एउटा जादुगर जो आफै मृत्युको अधिनमा छ ऊसंग कति शक्ति होला जबकी तपाईं येशुको सेवा गर्नसक्नुहुन्छ जो मरेकाहरूबाट फर्केर आउनुभयो र जसले तपाइंको लागि तब पनि प्रार्थना गर्नुहुन्छ जब त्यो जादुगर मरिसकेको हुन्छ? जादुगर भने अस्थायी र स्थानिक हो, तर येशु अनन्त र सर्वव्यापी हुनुहुन्छ│

त्यसो भन्ने हो भने पनि त्यो जादुगरले तपाईंको लागि कस्तो बलिदान दिएको छ र बरू उसले तपाइंको संसाधनहरू तपाईंबाट लिएर तपाइंको दुरुपयोग गरेको छ त्यो पनि आफ्नो जीविकामा लाभ पाउनको लागि र येशु त त्यसै पनि कपटी हुनुहुन्न किनकि उहाँ केहि लिन आउनुभएको छैन तर आफ्नो जीवन अरू धेरै मानिसहरूको निम्ति फिरौतीको रुपमा दिनकोलागी आउनुभएको हो│ येशुले तपाइंलाई ठिक बनाउनुहुन्छ र कृपाले भर्नुहुन्छ र यसैकारणले जादुगरको कठिन र कठोर कर्मकाण्ड माथि निर्भर हुनु आवस्यक छैन│

अन्तमा, यदि जादुगर शैतानको नोकर हो, जसको न्याय गरिएको छ र जसको भविष्यमा सजाय सुनाइने छ र जसलाई आगो को तालमा फालिने छ त्यसोभए यो कसरी सम्भव हुनसक्छ कि यो नोकरले ती मानिसहरूलाई मुक्त गर्नसक्छ जो दुस्टताको अधिनमा छन् किनकि उनीहरु आफै एक बन्दि र कैदी छन्? बरू परमेश्वरले तपाइंको सबै आवस्यकतालाई आफ्नो महिमाको धनले पूरा गर्नुहुन्छा र उहाँले त्यसको बदलामा त्यो सबै कुरा दिनुहुनेछ जसले हामीलाई भक्ति को जीवन बाँच्नमा मदत गर्नेछ│ र यस प्रकारले हामीलाई यो निर्देशन दिइएको छ कि यदि हामीले पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर्छौं भने उहाँले हाम्रो जीवनका सबै आवस्यक कुराहरू हाम्रो निम्ति पुर्याईदिनुहुन्छ│

तपाईं अपवित्र आत्महरूसंग त परिचित नै हुनुहुन्छ होला तर यदि तपाईं परमेश्वरको शिशु बन्नुहुन्छ भने तपाइंले पवित्र आत्मा पाउनुहुन्छ जसले तपाइंलाई आराम दिनुहुन्छ र एक मार्गदर्शकको रुपमा तपाइंलाई सबै सत्यको बारेमा बताउनुहुन्छ र उहाँले तपाइंलाई एक नया प्रकृति पनि दिनुहुन्छ जो राम्रो कुराहरूकालागि सधैं तत्पर रहनुहुन्छ र जसले परमेश्वरलाई पनि प्रसन्न बनाउनुहुन्छ│

झूठा आत्मा र देवताहरूलाई, जो मूल रुपमा राक्षसी र लौकिक छन् उनीहरुलाई सर्वोत्क्रिस्ट परमेश्वर को उद्भव को रुपमा मान्नु उनको पवित्रताको विरुद्धमा एउटा भ्रम र विरूपण हो र यसको फलस्वरूप ती मानिसहरू र परमेश्वरका अन्य शत्रुहरूको न्याय पनि अवस्य गरिनेछ│

अब पुनर्जन्मको विषयको बारेमा कुरा गर्ने हो भने आत्मवादी अस्तित्वको यो रुपको बारेमा अनिश्चित छ र यसै कारणले म तपाइंलाई एउटा पोस्ट संग छोड्न चाहन्छु जुन मैले मृत्यु को नजिक को अनुभव र मृत्यु पछीको जीवनको बारेमा लेखेको थिएँ र त्यसपछि त्यो विडियोको लिंक छ जसमा ती मानिसहरूलाई देखाइएको छ जसले यो सत्यलाई अनुभव गरे│ यो कुराले तपाइंलाई आस्वस्त गराउँछ कि साँची नै क्राइस्टमा आशा छ जून आज र मरेपछि पनि कायम नै रहन्छ│ अझ, मैले ती आत्मवादीहरूको गवाही पनि सम्मिलित गरेको छु जसको जीवन तब बदलियो जब येशुले उनीहरूलाई चमत्कारिक रूपले ठीक बनाउनुभयो र यो कुराको नयाँ करारको मर्कुसको पुस्तकमा पनि पुस्टि गरिएको छ│ म यो लेखको पनि एउटा लिंक तल दिन गइरहेको छु│

अन्तमा म तपाइंलाई आफ्नो व्यक्तिगत गवाही पनि दिन चाहन्छु जसमा येशुले मेरो आफ्नै जीवनमा पनि आश्चर्यजनक तरीकाले हस्ताक्षेप गर्नुभयो│

के नर्क वास्तवमा छ?

Testimony

Testimony 2

बाइबल

येशुसँग मेरो व्यक्तिगत गवाही

अन्तमा म यो भन्न चाहन्छु कि परमेश्वरलाई जान्न सकिन्छ र तपाईं उनको शक्ति, उपस्थिति र प्रेमको अनुभव पनि गर्नसक्नुहुन्छ र उहाँसंग एकजुट पनि हुनसक्नुहुन्छ│ एउटा विश्वासी हुनुको फाइदा यो हो कि उहाँ सधैं हामीसंग रहनुहुन्छ र अन्त सम्म पनि उहाँले हामीलाई कहिल्यै छोड्नुहुन्न र त्याग्नुहुन्न│ त्यसैले हामी परमेश्वरको जति नजिक जान्छौं उहाँ पनि हाम्रो त्यति नै नजिक आउनुहुन्छ र उहाँ हाम्रो एउटा यस्तो मित्र हुनुहुन्छ जो एउटा भाइ भन्दा पनि बढी हाम्रो नजिकमा रहनुहुन्छ│

अन्तमा मा तपाइंलाई केवल यो सोध्न चाहन्छु कि तपाईं येशुलाई प्रार्थना गर्नुहोस् कि उहाँले आफूलाई तपाईं सामु ठोस र साँचो रूपमा प्रस्तूत गर्नुभएको होस् जसले गर्दा उहाँमाथि तपाईं विश्वास गर्नसक्नुहोस् र यो कुरा जान्न सक्नुहोस् र देख्नसक्नुहोस कि प्रभु असल हुनुहुन्छ│

 

रोमी ८:३८-३९

“किनकि म निश्चय छु – नता मृत्यु, नता जीवन, नता स्वर्गदूतहरू, नता दुष्ट आत्माहरू, नता वर्तमान, नता भविष्य, न कुनै शक्तिहरू, न कुनै उचाई वा गहिराइ; नता सृस्टि भएको कुनै चीजले, ख्रिस्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमदेखी हामीलाई अलग गर्नासक्छ│”

 

 

परमेश्वरसँग व्यक्तिगत सम्बन्ध कसरी बनाउने

आत्मवादको संसाधनहरू

Animism and Fear