Библияда Құдай кіршіксіз және жақсы, ал адам олай емес болса да, Құдай адаммен қоса барлығын жаратты деп үйретеді. Құдай адамзатқа рухани өклдің бостандығын жасап, жақсы мен жаман арасында таңдау қабілеттігін берді. Құдайдың киелі кітабы Библияда Құдай өзі туралы ашық айтып, барлығымыз күнә жасағанымызды және оның жұмағынан құр қалғанымыз туралы айтады.
Егер мен Құдай заңдарының негізді моральды тірегінің кейбір парыздарын айта кететін болсам, Құдай заңдарына кейбір дәрежеде күнә жасамаған бірде-бір адам болмас еді. Күнә Құдай мен адамдарды бұзады, ол басқа құдайларға табыну арқылы немесе Құдайды жүрегімізбен құлай сүюде толық түсінікпен жоғары Құдайдың атын дұрыс қолданбаудан туады. Бұл уағызда өзіміздің ата-анамызды масқаралағаннан, жиіркенішті нәрсеге тең кісі өлтіру, көзімізбен жасаған және басқа зина түрі, ұрлау, көршімізге қарсы жалған куәгерлік және дұрыс емес ниет пен уәжбен басқа адамның меншігін немесе әйелін қалау талқыланады.
Заңды осылай бұзушылықтар бізді Құдайдан мәңгілік қарым-қатынасымызды үзіп немесе алыстауға себеп болды. Басқа сөзбен айтқанда, біз оны жоғалттық немесе одан алыстамыз, өйткені ол өзі әулие бола тұрып, күнәмен бірге тұра алмайды. Күнә Құдайдың қаһарын және мінараттауын, тек осында емес, сонымен қатар мәңгілікте де туғызады. Інжіл оны от жалыны сөнбеген және өте үлкен азап күтіп тұрған жер деп сипаттайды.
Осындай жағдайда барлығы үмітсіз болып көрінеді, бірақ жақсы жаңалық та бар, ол – Құдай күнәсіз Құтқарушыны жіберді. Оның қызметі Құдай алдында адамдар үшін өзінің пәни өмірін біздің атымыздан ауыстырудың бір түрі ретінде, Құдай үкімін қанағаттандырып, бізді жақтауы.
Ол біз үшін Құдаймен бейбітшілік жасап адамзат үшін қайтыс болды, бірақ Ол сонымен қатар, өлілердің ішінен қайта тірілді және қазір оған сенгендерді сол жақта қабылдауға күтіп отыр. Біз қайтыс болғанда, біздің денелеріміз өледі, бірақ біз оның қасында боламыз және осыны Інжіл мәңгі өмір деп айтады.
Бұның барлығы біздер жүрек Исаға сену парызын сезінгенін, оны біздің Құтқарушымыз ретінде тануымыз, күнәмізді жауып Құдаймен бірге бейбітшілікке әкелуінде жатырғанын білдіреді. Бұдан оны Құдай ретінде қабылдап, қазір оған бойсұнып қызмет етуімізді қамтиды.
Егер біз Исаны осы қабілетпен қабылдасақ, онда ол бізге Ақ Аруақ болып жұмақтың бір бөлігін жібереді, сенушіге, бізге өмірімізді Құдаймен бірге сүруге көмектесіп, тұрақтануға келеді.
Осы дінді қабылдау «су мазарына » тең суға шоқынып немесе сүңгуді орындау арқылы жүзеге асады. Бұл әрекет жаңадан табиғи дүниеге келуді білдіреді, осы әрекет арқылы жариялану және тәубе ету, Құдайды ішкі дүниеде еске алып, рухани өмірдің ішкі дүниесінде жаңа адам болып байланыс табуы.
Осы барысты орындау өте қарапайым мәміле ретінде көрінуі мүмкін, алайда қолдануда өте күрделі болып табылады. Иса былай деп сізді шақырады: «Шаршағандар мен ауыртпалықа түскендер, маған келіңіздер, мен сіздердің көңілдеріңді тыныштандырамын. Менің құлшылығымызды өзіңізге алыңыз және менен үйреніңіз, өйткені мен жүрегіммен момын және жуаспын, және сіз жандарыңызға тыныштық таба аласыз. Өйткені менің құлшылығым оңай және жүгім жеңіл.»
Досым менің, егер сіз бүгін оның шақырып жатқан дауысын естісеңіз, өз жүрегіңізді қатайтпаңыз, тезірек жаныңыздың діндар басшысына өміріңізді бағыттауға тырысыңыз. Ол сізді жақсы көреді және сізге айтып жеткізуге мүмкін емес, кез келген ақыл мен қуаныштан жоғары бейбітшілік береді. Бұл сіздің өміріңізде ешқандай қиыншылықтар болмайды дегенді білдірмейді, бірақ ол сізді ешқашан тастамауға және сізбен болуға уәде береді.
Қорытындылай келе, мен сізді Оған дұға оқуға, оны өзіңізді шынайы түрде оған сенуге шақырғым келеді. Егер сіз солай жүрегіңізбен бұрмалаусыз және адал жасасаңыз, сіздің көңіліңіз қалмайды, өйткені бізге метафоралық түрде Құдайдың жақсы екенін сезіп, көруге болады. Аумин.
सत्य एउटा यस्तो गुण हो जससंग अभिनिषेध र तक्किया ‘कवर अप’ जस्ता अवधारणाको प्रयोग गरेर इस्लामिक व्यवहारमा सम्झौता गरिएको छ |
तक्किया एउटा यस्तो विचार हो जसको प्रयोगले गर्दा इस्लामको राम्रो नामलाई बचाएर राख्नको लागि झूठ बोल्न र अरूहरूलाई धोखा दिने अनुमति दिइन्छ |
यसले आवस्यकता अनुसार यदि कुनै प्रकारको खतरा अथवा चोटको आभास भएमा कुनै पनि धार्मिक विश्वास र आवश्यकतालाई इन्कार गर्ने अनुमति पनि दिन्छ जसमा आफ्नो विश्वासलाई सम्पूर्ण तरिकाले इन्कार गर्नु पनि छ र यो कुरा सूरा १६:१०६ द्वारा मन्जूर गरिएको छ |
यसबाहेक यसमा कसम खानु पनि सामिल छ जसलाई मुस्लिम विवादकर्ताहरूको बीचमा उनीहरूको विश्वासलाई बचाउनको लागि कुरानको कुनै भागलाई लुकाउन अथवा गलत भन्ने आवश्यकता परेमा एक माध्यमको रूपमा पनि प्रयोग गरिएको छ र यसलाई त्यो समयमा पनि प्रयोग गर्न सकिन्छ जब आफ्नो विश्वासको रक्षा गर्ने आवश्यकता होस् र इस्लामलाई अगाडी बढाउने कुरा होस् |
अझ, मलाई त यो लाग्छ कि यही भ्रामक व्यवहारको कारणले नै मेरा धेरै मुस्लिम साथीहरूले आधारभूत इसाई सिद्धान्तलाई गलत सम्झिन्छन् |
यो बाहेक यसमा अभिनिषेधको सिद्धान्त पनि छ जुन पुरानो करारलाई नया करारसंग बदल्ने एउटा सजिलो तरिका हो र तैपनि यदि कुरानलाई अनन्त शब्दहरूको परिपूर्ण कार्बन कपि भनिन्छ भने यसलाई संसोधित किन गरिन्छ किनभने साँच्ची भन्ने हो भने यसको प्रत्येक शब्द श्रुतिलेख हुनुपर्ने हो | अझ यी निराकृत छन्दहरू धेरैजसो यस प्रकारले अद्ध्रित गरिएको छ जसले गर्दा कुराहरू अस्पष्ट र अनिश्चित लाग्छन् र यो पनि तक्कियाको एउटा अंश हो | त्यसै कारणले एक व्यक्तिले उसको लाभको लागि सजिलैसंग दुईवटै पक्षको उपयोग गर्न सक्छन् |
त्यसो भए यदि यी प्रथाहरूलाई नीयोजित गरिन्छ भने एउटा इमान्दार मुस्लिम उपासक कसरी यो कुरालाई लिएर आश्वस्त हुन सक्छ कि उसलाई जे भनिन्छ त्यो साँचो कुरा हो ? यो बाहेक उनीहरू यो कुरा माथि पनि कसरी विश्वास गर्न सक्दछन् कि इसाई धर्म वास्तवमा झूठो हो ? यदि कुरानका कुराहरूलाई बाङ्गो बनाएर गलत रूपले प्रयोग गर्न सकिन्छ भने यो कुरा इसाई र यहुदीहरूलाई बाइबललाई गलात ढंगले चलाएको भनेर लगाएको आरोप अथवा ‘तहरीफ’भन्दा कसरी फरक छ | विडम्बना यो हो कि सूराले पहिले चाहिं शास्त्रहरूको पुष्टी गर्यो तर पछि भने यो कुरालाई इन्कार गर्यो तर यसबारेमा बाइबलले भने आफ्नो सुरुवात र अन्तिम निर्णयमा फरक गरेन | त्यसैले सुरुवात देखि नै उनीहरू कि त सहि थिए अथवा गलत थिए किनभने उनीहरूलाई परिवर्तन गर्ने कुनै बाटो थिएन र यस्ता हजारौं बाइबलीय पाण्डुलिपिहरू छन् जुन इस्लामको समय देखि नै पुनार्दिनंकित छन् र जुन हाम्रो आधुनिक संवादसंग पनि मेल खान्छन् | यसमा कति धेरै पूर्व इस्लामिक लेखहरू पनि छन् जुन प्राचिन चर्चका पादरीहरू द्वारा लेखिएको थियो र जसले धर्मग्रन्थको सन्दर्भलाई प्रयोग गरेको छ र जसले लगभग स्वतन्त्र र सम्पूर्ण रूपले इस्लामको सुरुवात हुनुभन्दा धेरै समय अगाडि देखि नै यी बाइबलीय परिच्छेदहरूलाई दोहोर्याउँछन् | यति मात्र होइन तर इसाई र यहुदीहरू जो मूल रुपले नै एक अर्का भन्दा यति धेरै अलग छन् उनीहरूको लागि यो कुरा कत्तिको सम्भव छ कि उनीहरू एक अर्का संग मिलेर तनाख अथवा पुरानो करारलाई बदलिन सक्छन् र त्यसै पनि यी दुईवटै समूहहरूको बीचमा धर्मग्रन्थ त लगभग उस्तै छ | मैले यो बारेमा एउटा पोस्ट लेखेको छु जुन तपाईंले यहाँ पाउन सक्नुहुनेछ |
अन्तमा यदि तपाईं यो सबै कुराहरूमा विश्वास गर्नुहुन्छ भने विशेष रूपले कसले शास्त्रहरूलाई बदल्यो, कुन शास्त्र बदलियो र यो कहिले भयो ? अझ इस्लामी सोच भन्दा बाहिर यो कुराको के प्रमाण छ जसले यो दृश्यसंग मेल खान्छ ?
त्यसो भए निस्कर्षमा तक्किया ‘कवर अप’ र अभिनिषेध को अवधारणा केवल आभास हो जसले विषयगत प्रणालीको समर्थन द्वारा एउटा झूठो विश्वासको प्रणालीलाई समर्थन गर्दछ र परमेश्वर अनि साँचो धर्मलाई झूठो तरिकाले प्रस्तुत गर्दछ |
अन्तमा म तपाईंलाई यो सोध्न चाहन्छु कि यस प्रकारको झूठो व्यवहारलाई मान्ने विश्व विचारमा के तपाईं आफ्नो आत्मालाई सुम्पिन र आफूलाई त्यस्तर्फ प्रतिबद्ध गर्न चाहनुहुन्छ ?
तपाईं किन एक मुस्लिम हुनुहुन्छ ? के तपाईंले वास्तवमा यस् प्रश्नको बारेमा विचार गर्नुभएको छ अथवा सोच्नुभएको छ ? के यसको कारण यो हो कि तपाईंले व्यक्तिगत रूपले आध्यात्मिक अंतर्द्रिस्टी पाउनुभएको छ अथवा जीवनको रहस्योद्घाटन पाउनुभएको छ ? अथवा परमेश्वरसंग व्यक्तिगत अन्तरंग संबन्ध पाएको कारणले स्वाभाविक रूपले तपाईं इस्लाम धर्म तर्फ जानुभएको छ ?
के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंको संस्कृति र समाजले तपाईंलाई त्यस प्रकारले परिभाषित गरेको छ ? विचार गर्नुहोस् कि यदि तपाईं अमेरिका जसलाई बाइबल बेल्ट मानिन्छ, त्यहाँको कुनै क्षेत्रमा जन्मिनुभएको भए के हुन्थ्यो होला ? यस्तो अवस्थामा तपाईंको इस्लामी विश्वासलाई मान्ने अथवा विश्वास गर्ने कत्तिको सम्भावना हुन्थ्यो होला ?
के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंसंग छान्ने स्वतन्त्रता छैन र अन्यथा केहि छानेमा तपाईंले सबै थोक गुमाउनु हुनेछ ? एक चोटी फेरी सोच्नुहोस कि यदि तपाईं एउटा धार्मिक स्वतन्त्रताको अनुमति भएको लोकतान्त्रिक समाजमा जन्मिनुभएको भए पनि के तपाईं एक मुस्लिम नै रहन चाहनुहुन्थ्यो ?
के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंको परिवारले तपाईंसंग यही आशा गर्दछन् र तपाईंको विश्वदृस्टी र मूल्यहरूलाई पनि उनीहरूले नै परिभाषित गर्दछन् ? सोच्नुहोस् कि तपाईंको परिवारले तपाईंलाई आफ्नो स्वयम् को विषयमा निर्णय लिनको लागि सम्पूर्ण तरिकाले अनुमति दिएका भए र तपाईंको स्थितिको बारेमा कुनै चासो नराखेर तपाईंलाई स्वीकार गरेको भए के हुन्थ्यो होला ?
के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने बाँकी सबैजनाले पनि यही गरिरहेका छन् ? यदि तपाईं एउटा यस्तो संस्कृतिको अंश हुनुहुन्छ जसले विश्वासको विविधताको अनुमति दिन्छन् ? के तपाईं अझै पनि इस्लामलाई नै अपनाउनको लागि प्रेरित रहनुहुन्छ ?
के तपाईं इस्लामलाई यस् कारणले मान्नुहुन्छ किनभने धार्मिक अधिकारी र शिक्षा प्रणालीले तपाईंलाई यो भनेका छन् कि इस्लाम नै साँचो धर्म हो ? कल्पना गर्नुहोस् कि तपाईं एक नास्तिक देशमा जन्मिनुभएको भए जहाँ ईश्वर बिनाको जीवनको बारेमा एउटा बेग्लै दर्शन छ भने पनि के तपाईं मुस्लिम नै रहनुहुन्छ ?
के तपाईं एक मुस्लिम हुनुहुन्छ किनभने तपाईंलाई मुस्लिम नहुनु अथवा यो विश्वासलाई नमान्नुको परिणामसंग डर लाग्छ ? सोच्नुहोस् कि यदि यो भय र संकोचको सामना गर्नु नपरेको भए तपाईं के गर्नुहुन्थ्यो ?
के यो सम्भव छ कि इस्लाम एउटा यस्तो अभ्यास हो जसलाई भौगोलिक स्थानको आधारमा परिभाषित गरिएको छ ?
के यो सम्भव छ कि एक व्यक्तिलाई कुनै धार्मिक प्रणालीमा यति धेरै एकीकृत गर्न सकिन्छ कि यसको प्रभावबाट मुक्त हुनु उसको लागि लगभग असम्भव भएर जाओस् ?
के यो सम्भव छ कि हामी त्यो कुरामाथि अन्ध-विश्वास गरौँ जुन कुरा हामीलाई मान्नको लागि भनिएको छ र त्यसको बारेमा केहि सोधपूछ गर्नुमा पनि रोक लगाइएको छ ?
के एउटा व्यक्तिलाई कुनै संस्कृतिले यति धेरै अलग गर्न सक्छ कि उसलाई बाहिरको श्रोतले प्रभावित नै गर्न सक्दैन ?
के धर्मलाई मानिसहरूलाई नियन्त्रित गर्ने र हेरफेर गर्ने एउटा तरिका बनाउन सकिन्छ जसले गर्दा कुनै राजनीतिक एजेन्डा पूरा गर्न सकिओस् ?
के एउटा धर्म तपाईंको आफ्नो व्यक्तिगत पहिचानको भावना गुमाउनुको कारण बन्न सक्छ ?
तपाईं इमान्दारीसंग आफूलाई बताउनुहोस् कि यो ब्लग को माध्यमबाट सोचे पछि पनि तपाईं इस्लाम प्रतिको आफ्नो विश्वासमाथि अडिग हुनुहुन्छ अथवा तपाईंलाई त्यस माथि कुनै शंका छ ? यदि तपाईं अझै पनि ती विश्वासहरूमा समर्पित हुनुहुन्छ भने के तपाईं त्यो घमण्डको कारणले एउटा मुस्लिम रहन सक्नुहुन्छ जुन घमण्डले तपाईंलाई कहिल्यै पनि गलत हुन दिंदैन ? अथवा तपाईंको अधिक विश्वासले तपाईंलाई धोखा दिइरहेको छ ?
त्यसो भए तपाईं मुस्लिम हुनु पछाडि साँचो प्रेरणा के हो त ? वास्तवमा के यो सांचै नै सत्यको मामिला हो अथवा यो संस्कृतिद्वारा परिभाषित गरिएको छ ?
इस्लामको विकास धेरैजसो सैन्य विजय र बच्चाहरूको जन्मको माध्यमले भएको हो | के यो विश्वास तिर वास्तवमा नै एउटा गम्भीर अथवा वैध दृस्टीकोण हो ?
त्यसो भन्ने हो भने यस्ता मुस्लिमहरू पनि छन् जसले इस्लाममाथि शंका गरे र चमत्कारिक ढंगले येशुमा विश्वासद्वारा मुक्त भए | मैले आफ्नो ब्लग साइटमा एउटा लिंक दिएको छु जसमा पूर्व मुसलमानहरूको गवाही छ जसले आफ्नो सन्देह र भयसंग लड्ने एउटा अर्को तरिका पाए |
समापनमा म तपाईंलाई एउटा चुनौती दिन्छु कि तपाईं यी गवाहीहरूलाई पढ्नुहोस् र परमेश्वरसंग सोध्नुहोस् कि येशुलाई तपाईंसामू उहाँले प्रकट गर्नुभएको होस् र त्यो पनि यस्तो रूपमा कि तपाईं उहाँलाई प्रभु र उद्धारकर्ताको रूपमा स्वीकार गर्न सक्नुहोस् | कुनै पनि प्रकारको डरले तपाईंलाई यो गर्नबाट रोक्न नदिनुहोस् र यो नसोच्नुहोस कि यो गरेर तपाईं त्यो स्वर्गमा प्रवेश पाउनुहुन्न जसमा पुग्ने त्यसै पनि निश्चित छैन |
के मुहम्मद एउटा झूठो भविष्यवक्ता हो ? कति धेरै धर्म र उपासनाहरू छन् जसमा एक व्यक्तिले आफू सत्यको मध्यस्थ भएको र आफूले विशेष रहस्योद्घाटन प्राप्त गरेको दावा गर्दछ | तैपनि हामीले यस्तो परिस्थितिमा यो पता लगाउनु पर्दछ कि के साँचो हो र कुन कुरा झूठो हो | परमात्माबाट ज्ञान पाएको भनेर कसैले पनि बयान दिन सक्छ, तर कतिपय ठाउँमा यी दावाहरूलाई निरीक्षण गरेर हेर्नुपर्ने हुन्छ कि पछि आउने चुनौतीहरूको अगाडी ती दावाहरू उभिन सक्छ अथवा सक्दैन | एउटा गवाही त्यति मात्र राम्रो हुन्छ जति त्यो गवाही दिने मान्छे राम्रो हुन्छ | यदि तपाईंले न्यायको अदालतमा एउटा गवाही दिने मानिसलाई उभ्याउनुहुन्छ भने सबैभन्दा पहिले तपाईं त्यो मानिसको योग्यताको स्तर निर्धारित गर्नुहुन्छ | त्यो मानिसको चरित्र विश्वसनीय भएमा मात्र उसलाई गवाही दिने मानिसको रूपमा भरोसा गर्न सकिन्छ, नत्रभने त उसलाई एक अयोग्य गवाहको रूपमा हेरिनेछ ?
मलाई लाग्छ कि पहिलो कुरा जसको बारेमा म विचार गर्न चाहन्छु त्यो हो इस्लामका प्रवर्तक अथवा संस्थापकको चरित्र जसले इस्लामलाई एक धार्मिक आन्दोलनका रूपमा परिभाषित गरे |
मुहम्मद एक यस्तो व्यक्ति थिए जो ध्यान र अध्यात्मिक विषयको चिन्तनको लागि समर्पित भइसकेका थिए | यही क्रममा अन्तमा उसको भेटघाट एउटा यस्तो दैविक प्राणीसंग भयो जो उसको हिसाबले एउटा जिन थियो | यी कुराहरूले गर्दा ऊ माथि यति धेरै दबाव भइरहेको थियो कि उसले दुई पटक आत्महत्या गर्ने विचार समेत गर्यो र यो सबै कारणले उसले यो थाह पाउन सकिरहेको थिएन कि एउटा पागल अथवा कवि मध्ये उसले आफूलाई के मान्दा ठिक हुन्छ | अझ यो बाहेक पुरानो इस्लामी राज्यको तर्फबाट हेर्ने हो भने जब उसले सुर ५३ लेखिरहेको थियो तब ऊमाथि पैशाचिक प्रभाव थियो र मेरो लागि यो कुरा उसको दावाहरूको वैधता माथि नै प्रश्न उठाउने एउटा कारण हो |
यहाँ त यी दावा र व्युत्पत्तिहरू र तिनीहरूको श्रोतको प्रकृतिको बारेमा मात्र प्रश्न छैन, हामी त उसको व्यक्तिगत विशेषता र चरित्रमा पनि सम्पूर्ण रूपले प्रश्न देख्छौं| आफ्नो मान्यता र विश्वासको प्रचार गर्नको लागि आवश्यक परेको खण्डमा उसले सैन्य बल र दबाबको प्रयोग पनि गर्यो | यो एउटा यस्तो धर्म थियो जसले अगाडी गएर जिहाद अथवा ‘पवित्र युद्ध’को रुप लिने वाला थियो र आज पनि इस्लामलाई टिकाउनको लागि यहि रणनीति नै प्रयोग गरिन्छ | यो रक्तपातसंग सुरू भयो र यसले आज पनि रगत नै बगाइराखेको छ | त्यसो भए त यो एउटा यस्तो धर्म हो जसले आफ्नो पहिचान प्रेम भन्ने मानव अभिव्यक्तिको उच्च स्थानबाट गरेको छैन तर मानव महारतमा केन्द्रित छ र यसबाट नै आफ्नो पहिचान गरेको छ जुन मानवता को विनाश र शोषण तर्फ जान्छ |
सत्ताको यस्तो दुरूपयोग त उसले गर्यो नै, साथमा एउटा सानो बच्चीको पनि लाभ उठायो जसलाई उसले बिहे गर्यो र त्यस बालिकाको उमेर ९ वर्ष हुँदा नै उससंग बिहे गर्यो र त्यो बालिका आफ्नो यौवनमा पुग्नुभन्दा अगाडि नै उससंग संभोग पनि गर्यो | मानव अधिकारको उल्लङ्घनको अन्य उदाहरणमा त आवश्यक परेमा महिलाहरूलाई अलि-अलि पिट्नुलाई पनि उसले ठीक भनेको छ |
अब अझ धेरै जाँच नगरिकन यो त भन्न सकिन्छ कि यस धर्मलाई एउटा संदिग्ध व्यक्तिले स्थापना गरेको हो जसमा स्थीरताको अभाव थियो |
इतिहासमा हेर्ने हो भने यस्ता अरू धेरै व्यक्तिहरू पनि छन् जस्ले राजनीतिक र धार्मिक मंचको प्रयोग गरेर आफ्नो उद्देश्य र आदर्शलाई पूरा गरेका छन् | यी आदर्शहरूले मानव जातिको नरसंहारको लागि धेरै बर्बादी र पूर्वाग्रहहरूलाई अनि असहिष्णुतालाई जन्म दिएको छ जुन कुरा मानवको प्रभाव र क्षमता भन्दा माथिका कुराहरू हुन् | केहि कुराहरू त अझ यति धेरै मूर्ख छन् कि यसलाई त प्रकृतिमा केवल राक्षसी मात्र मानेर वर्णित गर्न सकिन्छ | स्टालिन र हिट्लर जस्ता व्यक्तिहरू पनि थिए जो झूठा भाविश्वक्ता थिए र उनीहरूमा पूर्ण अधिकार थियो जसको कारणले उनीहरू सम्पूर्ण तरिकाले भ्रस्ट भइसकेका थिए र आफ्नो योजनालाई पूरा गर्नमा लागेका थिए | यो त अति नै आश्चर्यजनक कुरा हो कि कसरी मानिसहरू हिटलरलाई आश्चर्यको नेतृत्व गर्ने व्यक्तिको रूपमा बताउँदथे जो वास्तवमा आफै मानसिक रूपले अस्थिर भैसकेको थियो | यी कुराहरूलाई हेर्दा खेरि हामीहरूलाई आश्चर्य लाग्छ कि वीसौं शताब्दीमा यस्तो नराम्रो प्रकृतिको काम कसरी सम्भव छ र सम्पूर्ण तरिकाले आफै ठगिने गरि मानिसहरूले यस्ता कुराहरूलाई कसरी विश्वास गर्न सक्छन् | दुर्भाग्यले आज पनि यी घटनाहरू इस्लाममा भैरहेका छन् | यो पागलपनले मानवता र संस्कृतिको हरेक पक्षलाई संक्रमण गरिरहेको छ | यसको दावाहरूलाई मानिसहरूले मान्दै आइरहेका छन् र यो कुरा कसैले पनि बुझ्न खोजिरहेको छैन कि हिटलरको राज्य जस्तै एक दिन सबै कुरा विनास हुनेछ |
यी नीच र दुष्ट पुरुषहरूले जुन ठूला-ठूला गलती र अपराधहरू गरेका छन् त्यो पूरै संसारलाई थाह छ र पर्दा पछाडी तिनीहरूले गरेका गलत काम र दुष्कर्मको बारेमा पनि सबैलाई थाह छ जसले गर्दा तिनीहरूलाई ठूला दोषीको रूपमा संसारले चिनेको छ | इस्लाम एउटा यस्तो धर्म हो जसको संसारभरि प्रभाव छ र यसले महामारीको रूपमा पूरै मानव जातिलाई नै संक्रमित गरेको छ| संसारभरिमा यस्ता हजारौं मानिसहरू छन् जो गलत रूपले पीडित हुन्छन् र मारिन्छन् किनभने एउटा व्यक्तिले संदिग्ध प्रेरणाको सपना देख्यो |
के तपाईं साँच्चै नै मृत्यो र विनाशको यो मार्गको अनुशरण गर्दै जान चाहनुहुन्छ ? यदि तपाईं इस्लामको एउटा कर्ता हुनुहुन्छ भने म केवल तपाईंलाई केवल यो भन्न चाहन्छु कि जुन कुरालाई तपाईं पवित्र मान्नुहुन्छ त्यसको बचावमा सोच्न छोड्नुहोस् र परमेश्वरसंग प्रार्थना गर्नुहोस् कि उहाँले आफूलाई तपाईंको सामू प्रकट गर्नुभएको होस् जो जीवन दिनका लागि आउनुभयो र त्यो पनि प्रशस्त मात्रामा र जसको नाम येशु हो |
यदि हामी कुरानको पवित्रताको बारेमा विचार गर्न चाहन्छौं भने यसलाई अन्य कुनै साहित्यको अंश जस्तै विश्लेषण गरेर यसलाई प्रमाणित गर्नुपर्छ |
इस्लाम भित्र कुरानलाई एउटा यस्तो उच्च स्थान दिइएको छ कि यो आस्थालाई मान्ने धेरै मानिसहरूको बीचमा यो एउटा मूर्ती पूजाको वस्तु बनेको छ |
अझ यो बाहेक इस्लामले आफ्नो प्रेरणाको बारेमा यस्ता-यस्ता दावाहरू गरेका छन् जुन कुरालाई शास्त्रको शाब्दिक प्रमाणले प्रमाणित गर्न सक्दैन |
मैले मोर्मोनिस्म धर्मको अद्ध्ययन गर्ने बेलामा यसको इसलामका परम्पराहरूसंग केहि समानताहरू पाएँ | मोर्मोनहरू सुनमाथि लेखिएको एउटा स्वर्गीय शिलालेखमा विश्वास गर्छन् जसलाई एउटा स्वर्गीय दुतले दिएको हो र यी शिलालेखहरूलाई लिप्यांतरणको लागि सुरक्षित राखिएको छ |
अझ भन्ने हो भने जोसेफ स्मिथ एउटा साँचो विश्वास खोज्नतिर लागेका थिए र यही कारणले उहाँले कति धेरै तथाकथित साँचो विश्वाससंग सामना पनि गर्नु परेको थियो | यी सबै दिव्य रहस्योद्घाटनहरू भए पनि “मोर्मोन को किताब” कुरान जस्तै एउटा सम्पूर्ण शास्त्र अथवा कागजात भन्दा कम नै छ |
मुस्लिमहरू यो दावा गर्न सक्छन् कि कुरान सबैभन्दा सही तथा सुन्दर साहित्यको स्रोत हो जुन कुरा इस्लामको अनुसार आन्तरिक दैवी प्रेरणाको माध्यमबाट प्रमाणित हुन्छ |
मोर्मोनको किताब अहिलेसम्म लेखिएको किताबहरू मध्ये सबैभन्दा सही हो भनेर भन्ने बेलामा जोसेफ स्मिथको स्थिति पनि यहि नै रहेको थियो होला |
सहीमा भन्ने हो भने यो दुईवटै ग्रन्थ उनीहरूको दावा भन्दा त धेरै नै कम छन् किनकि दैविक स्थापनाको उनीहरूको दावामा कुनै सत्यता छैन| दावा मात्र गर्नु र वास्तवमा हुनु भनेका दुईवटा बेग्ला-बेग्लै कुराहरू हुन् र व्यक्तिले कि त यो कुरालाई प्रमाणित गर्नुपर्छ नत्र भने कम्तीमा एउटा प्रशंसनीय प्रमाण दिनुपर्छ जसले गर्दा उसको दावा प्रमाणित होस् |
सुरुवातबाट नै भन्ने हो भने कुरानको स्रोत नै एउटा एकल संस्थापकले सुरू गरेका थिए जसको आफ्नो चरित्र नै संदिग्ध छ |
यो सबै कुराको प्रकाश पाएको बेला देखि नै मुहम्मदले आफ्नो स्वयम् को विवेकमाथि शंका गर्दथे र उसलाई यो थाह थिएन कि ऊ एउटा पागल मान्छे थियो अथवा एउटा कवि थियो | ऊ आफु शैतानिक शक्तिहरूले भरिएको थियो कि भनेर आफूसंग नै प्रश्न गर्दथ्यो र यसको कारण चाहिं उसंग सम्बन्धित कति धेरै शैतानिक अभिव्यक्तिहरू थियो जस्तै मुखबाट फीज निस्किनु अथवा ऊँट जस्तो गर्जिनु | यस नवीको बारेमा एउटा अरू प्रश्न पनि छ कि अल्लाहले आफ्नो शिक्षित सत्य सुनाउनको लागि एउटा अनपढ मानिसलाई किन छान्नुहुन्छ, जुन सत्य उसको आफ्नो जीवनकालको बेला संकलित पनि गरिएको थिएन |
यो बारेमा मैंले यो लेखमा अझै धेरै चर्चा परिचर्चा गरेको छु |
कुरानको बारेमा अर्को एउटा कुरा यसमा लेखिएको कुराहरूको मौलिकताको बारेमा हो किनभने यसले आफ्नो साहित्य अरू स्रोतहरूबाट लिएको छ | यी स्रोतहरू बाइबल तथा अन्य विधर्मी पाठहरू हुन् जस्तै जुदेव इसाईको मनगढ़ंत साहित्य जुन विश्वास भन्दा बाहिर थिए भनेर उनीहरूको मान्यता थियो किनकि यिनीहरूमा दैविक प्रेरणा थिएन | यी लेखहरूलाई यहूदी र इसाई संस्कृतिभन्दा बाहिर गरिएको थियो र यिनीहरूलाई कहिल्यै पनि गम्भीर रूपमा लिईएन |
यी लेखहरू भन्दा बाहेक यसमा फारसी पारसीक मौखिक परम्पराहरूका प्रभाव थियो जसलाई पनि कुरानको लेखहरूमा सामेल गरिएको थियो |
त्यसो भए अल्लाहले आफ्नो स्वर्गीय संदेश कसरी सांसारिक दुत र मानव परम्पराहरूबाट उधारो लिन सक्छन ?
मानिसले आफ्नो कल्पना अथवा आविष्कारबाट कस्तो पूर्णता अथवा चमत्कार पाउने आशा गर्न सक्छ जसलाई समाजले अस्वीकार गरिदियो किनभने त्यो साहित्य त पूर्ण थिएन ?
यदि इस्लाम सर्वोच्च धर्म हो भने यसको आफ्नै स्रोत सामग्रीको उत्पत्ति किन भएन र यसले अन्य धार्मिक आन्दोलनको इतिहास र संस्कृतिबाट बचेका कुराहरू किन उधारो लियो जुन इस्लामको आफ्नै समयका थिए ? यो कस्तो मौलिकता हो ?
एउटा अर्को प्रश्न पनि उठ्छ कि मानिएको पवित्र पाठ हड्डी, लट्ठी, छाला, पात, तथा चट्टान जस्ता कमजोड र अल्पविकसित कुराहरू माथि किन निर्भर छ |
कुरानलाई स्मृति र भाषण जस्ता अविश्वसनीय गवाही द्वारा एकजुट गरिएको थियो र यसको शुद्धता र यथातथ्यतालाई बचाएर यसलाई खस्नबाट बचाउनको लागि यो पूरै याद हुनु आवश्यक छ |
त्यसोभए यो पुस्तकलाई “सबै पुस्तकहरूको आमा”को रूपमा वर्णित गर्ने पर्याप्त प्रमाण छ अथवा यो वास्तवमा मात्र एउटा प्राचिन साहित्यको अन्य कुनै भाग भन्दा अलग छैन |
यो कुरा त कहिल्यै प्रमाणित भएन कि कुरान मुहम्मदको जीवनको बेला अथवा उसको मृत्यु पछि तुरुन्तै एकजुट गरिएको थियो, बरू प्रमाणबाट के थाह हुन्छ भने यस नवीको मृत्युको १५० देखि २०० वर्ष सम्म यसको विकास गरियो र आठौँ अथवा नवौं सताब्दीमा यसलाई बाहिर ल्याइएको थियो |
विध्वानहरूको यो निस्कर्ष छ कि कुरानका कुराहरू कुनै एक मानिसद्वारा नभएर बरू सय अथवा दुई सय वर्षको अवधिमा मानिसहरूको एउटा समूहद्वारा एकजुट गरिएको थियो |
कुरानको सबै भन्दा पुरानो प्रति इस्वी संवत ७९० मा मेल लिपिमा लेखिएको थियो जुन मुहम्मदको मृत्युको लगभग १५० वर्ष पछिको कुरा हो |
यहाँसम्म कि कुरानको सबैभन्दा पुरानो पाण्डुलिपिले नै उसलाई मुहम्मदको समय भन्दा लगभग सय वर्षले अलग गरिरहेको छ |
यसबाहेक उथमानका प्रतिहरू पनि अब अस्तित्वमा छैनन् जसको बारेमा इस्लामी विध्वानहरूले अन्यथा दावा गर्छन् तर वास्तविकता भने यो हो कि जुन कुफिक लिपि यी विवादास्पद ग्रन्थहरूमा प्रयोग गरिएको छ त्यो त्यस समयमा प्रयोगमा थिएन र उथमानको मृत्युको १५० वर्षसम्म पनि देखिएको थिएन |
अझ यो पनि मानिन्छ कि अरबी भाषा अल्लाहको स्वार्गीय भाषा हो र कुरानको पनि सुरुवात अल्लाहसंग नै भएको थियो, यदि यो सबै सही हो भने किन कुरानले आफ्नो कुराहरू भन्नको लागि अकादियन, अश्शूरि, फ़ारसी, सिरिएक, हिब्रू, ग्रीक जस्ता विदेशी भाषाहरूको उपयोग गरेको छ |
यदी कुरान यति धेरै प्रमाणिक छ भने त्यसको एउटा मूल पाठ अहिले सम्म पनि उपलब्ध किन छैन जबकि इस्लामको सुरुवात देखि नै रहेका सबै दस्तावेज एकदमै सुरक्षित छ? निश्चित रूपमा अल्लाहले आफ्नो सम्प्रभुतामा आफ्नै पवित्र पाठको संरक्षण निश्चित रूपमा गर्न सक्नुहुन्थ्यो |
कुरानको इतिहासको सम्बन्धमा यो मानिएको छ कि यसको संरचना जैद इब्न थाबित अन्तर्गत भएको थियो जो मुहम्मदको लागि एउटा निजी सचिव थिए | अबु बकरको निर्देशन अनुसार जैद मुहम्मदका कुराहरू लिएर एउटा दस्तावेज तयार गरेका थिए |
यसको नतीजा हेर्ने हो भने उथमानको शासनकालको क्रममा त्यहाँको तेस्रो खलिफाले जानेर अनि बुझेर यो प्रयास गरे कि कुरानलाई मानकीकरण गरिओस् र पूरै मुस्लिम समूदायमाथि यो दस्तावेज लागु गरिओस र यसको लागि जैदका त्यही दस्तावेजहरूको अन्य प्रतिहरू पनि बनाइयो र सबै प्रतिस्पर्धी दस्तावेजहरूलाई नस्ट गर्ने प्रयास पनि गरियो |
अब यो पाठलाई कसले मानक भन्न सक्छ किनकि यसमा एउटा मानिसलाई अन्तिम अधिकार दिइएको थियो जसको बनाम ती सबै विश्वासीहरूको समुदाय थियो जसमा कति धेरै मुहम्मदका व्यक्तिगत साथीहरू पनि थिए |
अब हामीसंग यो पहिले देखि नै भएको पाठको प्रति माथि प्रतिहरू छन् | हामीलाई यो कसरी थाह हुन्छ कि हामीसंग भएको दस्तावेजले वास्तवमा कुरानको प्रतिनिधित्व गर्छ अथवा गर्दैन र के मुहम्मदले पनि यो दस्तावेजको सम्पूर्ण सामग्रीलाई मान्यता दिन्थे होला ?
यो बाहेक धेरै प्रमाणहरूलाई नष्ट गरिनुका कारण अमिश्रित पाठलाई पुनर्निर्माण गर्ने एउटा कुनै सटीक तरिका पनि त छैन |
ज़ैद, अब्दुल्ला इब्न मसूद, अबू मूसा, र उबय्यका अहिले भएका पाठहरूको बीचमा पनि मतभेद छ | तिनीहरूमा विचलन र विलोपन पनि थिए तैपनि यी पाठका सृस्टिकर्ता मुहम्मदका सम्बन्धमा एक विश्वसनीय व्यक्ति थिए |
अब्दुल्लाह मसुदलाई मुहम्मदद्वारा कुरान पाठको एउटा शिक्षकको रूपमा नियुक्त गरिएको थियो र उब्यय नवीका एउटा सचिव पनि थिए |
मेरो प्रश्न यो मात्र हो कि नवीका चेलाहरूको बीचमा नै कसको पांडूलिपि सही अथवा अधिक आधिकारिक थियो ?
शुद्धताको अन्तिम प्राधिकारी बन्नको लागि उथ्मान को थिए जबकि अन्य प्रमाणिक ग्रन्थहरू पनि छन् जसलाई अन्य समुदायद्वारा मान्यता प्राप्त थियो |
यो बाहेक पाठ संकलित गर्ने समयमा जैदले “ढुंगाले हान्नु” संग सम्बन्धित केहि कुराहरू त्यहाँ राख्न बिर्सिए |
यी सबै पाठहरूलाई एकजुट गर्नको लागि गरिएको संघर्ष पछि अल हज्जत द्वारा यसको समिक्षा र संशोधन गरियो जो त्यहाँका गवर्नर अथवा कुफा पनि थिए |
उसले सुरुमा ११ वटा ग्रन्थमा संशोधन गर्यो र अन्तमा आफ्नो परिवर्तनलाई कम गरेर ७ मा मात्र सिमित गरिदियो |
यो कार्य पछि हफ्साह पाठ जुन मूल दस्तावेज थियो र जसबाट अन्तिम पाठ लिइएको थियो, त्यसलाई मिर्वानले नष्ट गरिदिए जो मदीनाका गवर्नर थिए |
यस बाहेक कुरानमा अभिनिषेधका धेरै घटनाहरू छन् जुन आन्तरिक विरोधाभासको लागि राखिएको थियो र यसलाई सुधारको रूपमा व्याख्या गरिएको छ |
म त यही नै सोचिरहेको छु कि पहिले देखि नै पूर्ण कुरालाई तपाईं कसरि सुधार गर्न सक्नुहुन्छ किनकि यस रहस्योद्घाटनलाई अगाडी आउन केवल २० वर्ष मात्र लाग्यो र यसलाई आफ्नो सांस्कृतिक मानकहरूको विकासको आवस्यकता पनि परेन |
अभिनिषेधको संख्या ५ देखि ५०० को बीचमा छ | धेरै मानिसले यो भन्छन कि यो २२५ को नजिक छ | हामीलाई यहाँबाट यो थाह हुन्छ कि अभिनिषेधको विज्ञान वास्तवमा एउटा अयथार्थ विज्ञान हो, किनभने कसैले पनि वास्तवमा यो जान्दैन कि त्यहाँ कतिवटा छन्द निराकृत छन् |
अझ, आन्तरिक विरोधाभास भन्दा यसमा वैज्ञानिक तथा व्याकरणक त्रुटीहरू पनि छन् |
यी भिन्नताहरू बाहेक हदीथहरूको बढ्दो संख्या पनि छ जुन अचानक ९औं सताब्दीमा देखिए जुन यो घटनाभन्दा २५० वर्षपछिको कुरा हो |
मौलिक रूपमा ६००००० वटा हदिथका भनाईहरू त्यो समयमा प्रचलनमा थियो जसमध्ये ७००० भन्दा अलि बढि मात्र बच्यो र बाँकी ९९ प्रतिशतलाई गलत भनेर हटाइयो |
त्यसो भए यदि ९९%लाई गलत भनियो भने बाँकी १% माथि हामीले कसरी भरोसा गर्न सक्छौं जसलाई अल बुखारीले मंजूरी दिएका थिए ?
मुस्लिम परम्परा कथा भन्नेहरूले गर्दा अथवा कुस्सासको मौखिक संचरणले गर्दा पनि विकसित भएको हो जसलाई आठौँ सताब्दी पछि एकजुट गरिएको थियो | यी कथाहरूलाई साधारण लोकगीतहरूबाट लिइएको थियो र यस प्रकारले इस्लाममा एउटा ठुलो विरूपण आयो |
यसबाहेक यदि तपाईंले कहिल्यै टेलिफोनको खेल खेल्नुभएको छ अथवा एकले अर्को लाई कुनै एउटा कुरा सुनाउंदै एउटा ठुलो समूहमा सुनाउनुभएको छ भने धेरैजसो अन्त्यमा सुन्ने मानिसले सुरुवातमा भन्दा एकदमै अलग्ग कथा सुन्ने गर्छन् |
अब सय अथवा दुई सय वर्षमा यदि यो कुरा फैलिएको हो भने तपाईंलाई के लाग्छ यसको अन्तिम परिणाम के होला ?
कुरानलाई अल्लाहको खाका मान्नु अथवा यो भन्नु कि यसको कुनै साहित्यिक बराबरी छैन र यो सबैभन्दा ठुलो चमत्कार हो भन्नु धेरै नै विषयहरूमा निराधार छन् |
कुरानले उत्तरको तुलनामा अति नै धेरै प्रश्नहरू छोड्छ |
के कुरान साहित्यको एउटा शानदार टुकडा हो अथवा यो आफ्नो प्रसिद्धिको दावाहरू भन्दा कम नै छ ?
के यो साहित्यको अन्य कुनै टुकडासंग बराबरी नै गर्न नसक्ने गरि सुन्दर छ ? यो कुरा त हेर्नेहरूकै लागि छोडिएको एउटा विचार हो जसरी अरू धेरै वटा शास्त्रीय साहित्यलाई पनि छोडिएको छ, जसबाट कुरानले आफ्नो आधार लिएको छ र अरूहरूको विचारको आधारमा साहित्यिक क्षेत्रभन्दा पनि बाहिर जान्छ |
एउटा किताब जसलाई अरू कुनै पुस्तकको अगाडी दोस्रो नमानिनु पर्ने हो भनिएको छ, त्यसलाई धेरै नै ठाउँहरूमा असम्बद्ध र गलत तरीकाले सम्पादित गरिएको छ र कुरान यस्ता मानिसहरूको आलोचना र जांचमा पास हुनको लागि सक्षम पाइएको छैन जो यसको प्रामाणिकतालाई आफ्नो उद्देश्य बनाएर हेर्नको लायक छन् |
विश्वासको समुदाय भित्रका मानिसहरूका लागि त आज्ञाकारी बनेर मूर्ख रूपले यसको सबै कुराहरू मान्नु आवश्यक छ जसले यसको पूजा गर्ने मानिसहरूलाई यसको वास्तविक लेखको बारेमा गम्भीरतासंग सोच्ने मौका दिंदैन |
यसको लेखमाथि प्रश्न उठाउनु भनेको अल्लाह र उनको नवी माथि प्रश्न उठाउनु हो जुन मुस्लिम सोच भन्दा धेरै नै बाहिरको कुरा हो र यसलाई विश्वासघात र अवज्ञाको रुपमा हेरिन्छ जसको परिणामस्वरूप अनन्तका नतीजाको साथमा अरू गम्भीर परिणाम पनि हुन्छ |
तपाईं यो भन्न सक्नुहुन्छ कि कुरान इस्लामको संक्रमणकालको यो सबै चरणहरूबाट बच्यो र यो सबै प्रमाण भएर पनि कुरान एउटा दिव्य रहस्योद्घाटन हो भनेर विश्वास गर्नु मेरो लागि एउटा चमत्कार नै हुनेछ |
अन्त्यमा म कुरानको बारेमा अरू कुनै पनि टिप्पणी गर्न चाहन्न | म केवल एउटा कुरा मात्र भन्न चाहन्छु कि मलाई आशा छ कि मैले आफ्नो सीधा कुरालाई बढाएर र कुराहरू आफ्नो तर्फबाट थपेर भनेको छैन र मैले आफ्नो मुस्लिम साथीहरूप्रति अनादर देखाएको छैन |
यो गर्नु निकै नै कठिन छ किनकि जब कुनै धर्म मानिसको मानसिकता र विश्वासमा गहिरो रूपमा गडिएको छ भने यसलाई मानसिकताको नै एउटा चुनौतीको रूपमा लिइन्छ र धेरैजसोले यसलाई खतरा अथवा शत्रुताको रूपमा नै लिन्छन् |
तपाइंले जुन पाठलाई पवित्र मान्नुहुन्छ त्यसको दिशामा तपाइंको शंका नबढाएर मैले यदि तपाइंको रिसलाई मात्र बढाएको छु भने म चाहन्छु कि मलाई कृपया माफ गरिदिनुहोस्|
मेरो इच्छा कसैको अपमान गर्नु होइन तर सत्यको रक्षा गर्नु हो र सत्यको बाटोमा हिंड्नु हो र त्यो बाटोमा हिंड्नु हो जहाँ सत्यले हामीलाई अन्तत: डोर्याएर लान्छ|
अन्तमा मा यो विषयमा अझ धेरै जानकारीको लागि स्मिथ द्वारा लेखिएको लेखहरू पढ्ने सल्लाह दिन्छु जसको बारेमा मैले माथि पनि भनेको छु|
यो त सत्य कुरा हो कि इस्लामले अल्लाहलै साँचो परमेश्वर को रूपमा अपनाएको छ, तर अहिले पनि आफ्नो बहुदेववादी अतीतलाई उनीहरूले आफूबाट अलग गर्न सकेका छैनन्|
काबा मक्कामा स्थित घनजस्तो एउटा भवन हो जुन इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र थलो हो तर इस्लाम को आगमन भन्दा अगाडी यसलाई एक मन्दिरको रूपमा प्रयोग गरिएको थियो|
यो संरचनाको आधारशीला एउटा कालो उल्का हो जुन स्वर्गबाट खसेको थियो भनेर भनिएको छ र यो पनि भनिएको छ कि यो मानव पापको अँध्यारोसंग सम्बन्धित छ| आज मुसलमानहरूले हजको बेला यसलाई पूजा गर्छन अथवा पूजाको एक अधिनियमको रूपमा यस ढुंगाको चुम्बन गर्छन|
पूरानो इस्लामिक संस्कृतिमा प्राचिन अरबहरू वस्तुकामुक थिए जो यस कालो ढुंगालाई आफ्नो प्रथा अथवा कर्मकान्डको एक भागको रूपमा मूल्यवान मान्दथे|
अरबहरू ढुंगाका उपासक थिए जसमा उनीहरूको आदिवासी समूहहरूको काबाको आफ्नै अभयारण थियो जसले आफ्नै कालो ढुंगाको पूजा गर्दथे|
काबासंग जोडिएको अनुष्ठान मन्दिरको परिक्रमा हो| यो बुतपरस्त अभ्यासको सुरुवात कसरी भयो भन्ने बारेमा एउटा सिद्धान्त छ कि आदिवासी समूहहरूले काबाको परिक्रमा गर्दथे र यो कुरा चन्द्रमा, सूर्य र ताराहरूको पूजासंग सम्बन्धित छ| यो अभ्यासको क्रममा यस ढुंगामा देवता अथवा आत्माको निवास मानिएको थियो र यसलाई चुम्बन पनि गरिन्थ्यो| उनीहरू यो सोच्दथे कि यस ढुंगालाई छुनाले अथवा चुम्बनले आशिर्वाद पाइन्छ|
काबाको कालो ढुंगाको बारेमा यो बाहेक चन्द्रमा भगवानको पूजासंगको सम्बन्ध पनि थियो|
अरब संस्कृतिको उनीहरूको प्राचीन बुतपरस्त अरब समाजको बारेमा भन्नुपर्दा अतीतसंग जोडिएको अरू कुराहरू पनि छन् जस्तै मीना माथि ढुंगा “भाग” सफा र मारवा जसलाई केवल काफिरको दुइटा मूर्तीको बीचमा चलाउनको प्रयोग गरिएको थियो र यो कानूनको एउटा नवीकरण हो, र अन्तमा “स्तूती गर” जुन आफ्नो मृत पूर्वजहरूको प्रसंशा गर्नको लागि प्रयोग गरिन्थ्यो र अब यो कार्यले अल्लाहलाई झन् प्रसंशाको साथ् पुन: निर्देशित गरेको छ|
अरब संस्कृति आफ्नो बुत्परस्त अतीतबाट अलग हुन पाएको छैन तर उनीहरू आफ्नो एकेश्वरवादको नया व्यानर मुनि सबै कुरा भएको दावा गरेका छन्| इस्लाम धर्ममा अरब संस्कृतिलाई मिसाउने यो अभ्यास आफ्नो धार्मिक घटकको लागि शुद्धता नभएर झन् एउटा मिलावट जस्तो लागिरहेको छ र काबा एउटा प्रमुख स्तम्भको रूपमा रहनुले यो थाह पाइन्छ कि उसको धार्मिक संरचनामा केहि गलतीहरू छन्|
त्यसो भए एउटा साँचो श्रद्धाको रूपमा आफ्नो पहिचान बनाउने कुरामा इस्लाम कति टाढा पुगेको छ? यो त स्पस्ट छ कि यसको संरचना जुदेव इसाई विश्वासबाट उद्धार लिइएको छ र यसले आफ्नो बुत्परस्त अतीतले आफूलाई भरेको छ?
के यो वास्तबमा साँचो श्रद्धा हो अथवा अन्य विभिन्न धार्मिक दुनियाबाट लिइएको स्थानीय धर्मको अभ्यासबाट एकजुट गरिएको विचारहरूको समूह हो?
के तपाईं इस्लामलाई आफ्नो पूरै हृदयाबाट स्वीकार गरेर यसलाई अपनाउनकोलागि तैयार हुनुहुन्छ जो आफ्नो नराम्रो इतिहासबाट अलगिन पाएको छैन? के इस्लामले मूर्ति पूजालाई एउटा नया रुप दिएर यो स्वर्गदुत द्वारा दिइएको एउटा नया धर्मको रूपमा स्थापित छैन? इस्लामको कपडाको पछाडी देवताहरूको एउटा टोटेम पोलको विरुद्धमा अध्यक्ष मूर्ति लुकेको छ|
यो लेख लेख्ने क्रममा मैले बेग्ला-बेग्लै यससंग सम्बन्धित धेरैवटा संसाधनहरूलाई जम्मा गरें र डाटा संकलन गरेर एउटा इमान्दार र निस्पक्ष मूल्यांकन गर्ने प्रयास गरेको छु|
म चाहन्छु कि तपाईं यस लेख को सामग्रीलाई केवल मानहानीको साधनको रूपमा खारिज नगर्नुहोस्| म तपाइंलाई यो बारेमा आफ्नो स्वयम्को अनुसन्धान गरेर एउटा खुला मन राखेर सोच्नको लागि प्रोत्साहित गर्दछु|
यो लेखको माध्यमले मैले इस्लामी विश्वासको लागि एउटा चुनौती पेश गरेको छु, र मैंले अनावश्यक बदनामी तथा मुसलमानहरू र जसलाई तिनीहरूले पवित्र मान्छन उनीहरू माथि झूठो आरोप लगाउने प्रयास गरेको भने होइन| म जान्दछु कि मेरा धेरै मुसलमान साथीहरूले परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले मान्छन् र म यो कुराको पूर्ण रूपमा सम्मान गर्दछु| तैपनि म उनीहरूलाई तथ्यात्मक जानकारी दिएर उनीहरूलाई निष्ठाको बारेमा निर्णय बनाउनमा मदत गर्ने प्रयास गर्न चाहेको छु|
अन्त्यमा, यदि तपाईं एक मुस्लिम हुनुहुन्छ भने म तपाईंलाई प्रोत्साहित गर्दछु कि प्रार्थनाको माध्यमबाट तपाइंले इस्लामी विश्वास र अभ्यासको बारेमा रहेको सत्यको बारेमा परमेश्वरसंग सोध्नुहोस|